
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका…
मोरङ, २६ असार । मोरङको धनपालथान गाउँपालिका- १ स्थितबाट प्रहरीले ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद गरेको छ । असार २५ गते साँझ साढे ६ बजे लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र प्रहरी चौकी अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका- १ स्थित गदिया खोला नजिकै रहेको उखुबारी भित्र २६ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद गरेको हो । गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा थप अनुसन्धान भइरहेको छ ।
झापा, २६ असार । लागुऔषध नियन्त्रण अभियान अन्तर्गत झापाको विभिन्न स्थानबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले असार २५ गते साँझ ४ः३० बजे झापा गाउँपालिका–१ सुडुखुट्टुमा भारतको बिहार राज्य किसनगञ्ज जिल्ला सिंगीमारी पञ्चायत वडा नं. ५ का ६० वर्षीय गबरी साहलाई नियन्त्रणमा लिएको हो । साइकलमा नेपाल प्रवेश गर्दै गरेका साहको ट्रयाकसुटको बायाँ गोजीमा लुकाइ राखिएको ९८.४० ग्राम खैरो लिसाइलो पदार्थ (प्लास्टिकसहित) फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्लास्टिक बाहेक उक्त पदार्थको तौल ९३.३० ग्राम रहेको छ। हाल उनलाई पाँच दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको छ। त्यसैगरी, असार २६ गते राति १२ः३०…
झापा, २६ असार । झापाको बिर्तामोड नगरपालिका–२ रामचौक नजिक सडक छेउमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। घटना मिति २०८२ साउन २५ गते राति १०:४५ बजेको हो। अनारमनी प्रहरीचौकीबाट गस्तीमा खटिएको टोलीले तत्काल नाम, थर नखुलेका ४०–४५ वर्षका एक पुरुषलाई गम्भीर घाइते अवस्थामा फेला पारी बिर्तासिटी अस्पताल पुर्याएको थियो। टाउकोसहित शरीरका विभिन्न भागमा चोट भएका ती व्यक्तिलाई अस्पताल ल्याउनासाथ राति १०:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। पछिल्लो अनुसन्धानबाट घटना मिति साउन २६ गते दिउँसो १२:०० बजे काकरभिट्टा बसपार्कबाट बा ५ ख ६८०३ नम्बरको हायस गाडी र चालक रोशन तामाङ (मकवानपुर, थाहा नगरपालिका–७ निवासी)लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको…
झापा, २६ असार । रोटरी क्लव अफ बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लव बिर्तामोडको पदस्थापन सम्पन्न भएको छ । बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको १२ औं तथा रोट्रयाक्ट क्लव बिर्तामोडको ११ औं पदस्थापन सम्मपन्न भएको हो । पदस्थापन समारोहमा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष राजेन्द्र अग्रवालले नव निर्वाचित अध्यक्ष पुष्पाञ्जली ठकुरी सिन्हालाई रोटरी चेन पहि¥याएका थिए भने रोट्रयाक्टका अध्यक्ष संजय अग्रवालले अमन मित्तललाई रोट्रयाक्ट चेन पहि¥याएका थिए । रोटरी क्लव ३२९२ का डिष्ट्रिक गर्भनर विनोद कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष सिन्हाले सपथ लिएसंगै नव गठित समितिलाई सपथ गराएकी थिइन् । रोटरी…
झापा, २६ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा धान, मकै, सुपारी, माछा, रबर र सागसब्जीसहित छवटा ‘जोन कार्यक्रम’ सञ्चालनमा छन् । कार्यक्रम सञ्चालनपछि यहाँका किसान परम्परागत खेतीक छाडेर सामूहिक रूपमा व्यावसायिक खेतीमा लागेका छन् । बीउ, मल, सिँचाइ र भण्डारणमा प्राप्त अनुदानबाट उनीहरू कलाभान्वित भएका छन् । यहाँ चार हजार १०० हेक्टरमा धानखेतीको सुपरजोन सञ्चालन छ । कचनकबल गाउँपालिकाको सबै सात वडाबाट धानको सुपरजोन कार्यक्रम सुरु भएको थियो । हाल जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम विस्तार भइसकेको छ । कुल ३० वटा वडाको तीन सयभन्दा बढी कृषक समूहका पाँच हजार किसान परियोजनामा आबद्ध रहेको परियोजनाका झापा प्रमुख रवीन्द्र…
झापा, २६ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। माता…
महोत्तरी, २६ असार । धार्मिक एवं पारम्परिक चाडपर्वको समृद्ध संस्कृतिले भरिएको मधेशको प्राचीन मिथिला क्षेत्रमा आज गुरुपूर्णिमा पर्व मनाइँदैछ। हिन्दू परम्पराका अनुयायी मैथिल समुदायले यस पर्वमा गुरुप्रति श्रद्धा, भक्तिभाव र कृतज्ञता व्यक्त गर्छन्। गुरुपूर्णिमा पर्वमा वेद, गायत्री मन्त्र र विशेष दीक्षाको शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गरिन्छ। मिथिला अर्थात् विदेहभूमि प्राचीन कालका विद्वान अष्टावक्र, याज्ञवल्क्य, राजर्षि जनक, गार्गी तथा मैत्रेयीको तप, साधना र ज्ञानको केन्द्रभूमि रहँदै आएको छ। मिथिला संस्कृतिका जानकारहरूका अनुसार यो पर्व परम्पराको निरन्तरता मात्र नभई पारिवारिक र सामाजिक अनुशासनको स्मरण गराउने अवसर हो। लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णव भन्छन्, ‘गुरुकुल परम्पराको शिक्षाले चराचर जगत्…
झापा, २६ असार । वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक क्रोएसिया पुगेका ११ जना नेपाली कामदार फिर्ता आएका छन् । क्रोएसिया प्रवेश भिसामा अत्यन्तै छोटो अवधिको कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाइएको हो । उनीहरूलाई चार दिन अनुसन्धानमा राखेर नेपाल फर्काएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत एवं सूचना अधिकारी अञ्जन न्यौपानेले कामका लागि क्रोएसिया पुगेका उनीहरूको भिसा छोटो अवधिको देखिएपछि त्यहाँका अध्यागमन अधिकारीले शंकास्पद भन्दै फिर्ता पठाएको जानकारी दिए । उनीहरू व्यक्तिगत प्रयासमा गएका हुन् वा म्यानपावर कम्पनीबाट भन्ने विषयमा सोधखोज नगरिएको उनले बताए । अन्यायमा परेको भए उनीहरू आफैंले सम्बन्धित निकायमा उजुरी गर्ने…
मेचीनगर, २६ असार । झापाको मेचीनगरमा पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । गएराति ८ः३५ बजे मेचीनगर–५ स्थित सितापुरमा सोही स्थानका ३७ वर्षीय उत्तम सुब्बा घरदेखि तीन सय मिटर दक्षिण रहेको पैनीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । पैनीमा डुबेर मृत अवस्थामा रहेको २०ः४० बजे इलाका प्रहरी कार्यालय जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका काँकरभिट्टाबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।