
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ४ असोज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय एकता नै स्थायित्वको आधार भएको बताउँदै सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ । बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित ‘मौजुदा संविधान र यसका चुनौतीहरू’ विषयक अन्तर संवादमा उहाँले संविधान विपरीत हुने कार्य अस्वीकार्य हुने स्पष्ट पार्नुभयो । कांग्रेस नेता शशाङ्क कोइरालाले लामो सङ्घर्षपछि जारी भएको संविधानलाई कमजोर पार्ने कार्य स्वीकार्य नहुने प्रस्ट पार्नुभयो । उहाँले हाल देखिएका घटनाबारे उल्लेख गर्दै भन्नुभयो, “जेनजी आन्दोलन परिकल्पनाभन्दा बाहिरको घटना भएको हुँदा यसलाई संयमित भएर समीक्षा गर्न जरुरी छ ।” केन्द्रीय सदस्य पुष्पा भुसालले समाजले माग गरिरहेका…
झापा, ४ असोज । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा, क्यानेडियन…
झापा, ४ असोज । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भएको बताए । सबैभन्दा राम्रो गुणस्तरको ‘बोल्ड’ अलैँची अहिलेको बजार भाउ प्रतिमन ९२ हजार, सामान्य गुणस्तरको अलैँची ‘चालु’को भाउ ८१ हजार र मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन ८४ हजार रहेको छ । भदौ पहिलो साता अलैँचीको बजार मूल्य प्रतिमन ९४ हजारसम्ममा अलैँची खरिद–बिक्री भएको थियो । नेपालको ४२ जिल्लामा अलैँची खेती हुने गरेको छ । कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा,…
झापा, ४ असोज । आज दिउँसो र राति पनि देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम महाशाखका अनुसार आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाड भेगमा साधारणतया बदली रही बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ । कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश,…
शिवसताक्षी, ३ असोज । संविधान दिवसको अवसरमा नेकपा (एमाले) शिवसताक्षी नगर कमिटीले शुक्रबार मौन र्याली निकालेको छ । र्यालीले शिवसताक्षीको दूधे बजार परिक्रमा गर्दै संविधानको रक्षाका लागि जनचेतना जगाउने उद्देश्य राखेको थियो । र्यालीमा सहभागीहरूले “संविधानको रक्षा हाम्रो कर्तव्य”, “संविधान हाम्रो पहिचान”, “संविधान विपरीत कुनै सम्झौता मान्य छैन”, “सशक्त नागरिक सुरक्षित संविधान”, “संविधान नै लोकतन्त्रको आधार” र “संविधान संकटमा देश संकटमा” जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए । र्यालीपछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद राधाकृष्ण खनालले हालैको जेनजी आन्दोलनपछि संविधानको मर्म र भावना विपरीत सरकार गठन भएको दाबी गरे। उहाँका अनुसार, जेनजी…
सृजन अधिकारीलेखक/ युवा विश्लेषक १. जनसञ्चारको पुस्ता – ‘Gen Z’ को उदय सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवाहरूलाई ‘Gen Z’ भनिन्छ। प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल माध्यम र नवीन वैज्ञानिक सोचमा हुर्किएको यो पुस्ता नेपालको सन्दर्भमा भने विडम्बनापूर्ण रूपमा भ्रष्टाचार, कुशासन र राजनीतिक विकृतिका बीचमा हुर्किएको छ। यसैले गर्दा यो पुस्ता अब राजनीतिको कुरुप यथार्थलाई ‘स्वीकार’ होइन, ‘परिवर्तन’ गर्न उत्प्रेरित बनेको छ। ‘हुन्छ कि हुँदैन?’ भन्ने प्रश्नलाई सतही रूपमा स्वीकार नगर्ने यो पुस्ताले २०८२ सालको भदौ २३ र २४ मा भएको ऐतिहासिक आन्दोलनमार्फत् आफ्नो सामर्थ्य, संगठन र चेतनशीलता देखाएको छ। केवल ३२ घण्टाको आन्दोलनले जसरी प्रभावकारी परिणाम दिन सफल…
उदयपुर, ३ असोज । जिल्ला प्रहरी कार्यालय उदयपुरले ट्याक्टर चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । असोज ३ गते ०१ः०० बजे उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडवा का देब नारायण चौधरीको घर अगाडी पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको जानकारी पाउनासाथ तत्काल खोजतलाशमा खटिएको प्रहरी टोलीले असोज ३ गते बिहान ३ बजे त्रियुगा(१३ फुलजोर स्थितबाट ट्याक्टर र ट्याक्टर चोरीमा संलग्न उदयपुको चौदण्डिगढी नगरपालिका–७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डिगढी(५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दन कुमार चौधरीलाई निजहरुले प्रयोग गरेको बा६३प ५४७५ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको…
मोरङ, ३ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–८ स्थितबाट लागू औषध गाँजा बरामद गरेको छ । असोज २ गते राती प्रदेश १.०२.००१ च १६६६ नम्बरको कार बाटोमा शंकास्पद अवस्थामा रहेको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोला बाट खटिएको प्रहरी टोलीले कारबाट १५ वटा बोरामा राखिएको ५ सय ३८ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसंगै चालक र कारोबारमा संलग्नहरुको खोजतलाश भई रहेको छ ।
पछिल्लो समय नेपालमा उच्च रक्तचापको समस्याले मुटु रोगीको संख्या बढाइरहेको छ । उपचारमा हुने हेल्चक्य्राइँले यो समस्यालाई झनै गम्भीर बनाएको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका पूर्वनिर्देशक तथा मुटु रोग विशेषज्ञ डा.चन्द्रमणि अधिकारी बताउँछन् । डा. अधिकारीका अनुसार उच्च रक्तचाप नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न र रक्तचापका कारण हुने जोखिम कम गर्न विभिन्न टिप्स अपनाउन सकिन्छ । १.नियमित रक्तचाप परीक्षण : ७९ प्रतिशत वयस्कलाई रक्तचाप भएकै थाहा हुँदैन । त्यसैले नियमित रूपमा आफ्नो रक्तचाप जाँच गराउनुहोस् । यो नै पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो । २.नुन कम खाने : नेपालीको खानामा नुनको प्रयोग अत्यधिक हुन्छ । विश्व स्वास्थ्य संगठनले दिनमा…
दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट १९ सेकेन्डको ट्रेलर एक्सनप्रधान छ । नेपाल आमालाई गिद्देदृष्टि लगाउनेविरुद्ध नायकले लिने बदलाको कथा यसमा छ । नायकको भूमिकामा समीर भट्टले अभिनय गरेका छन् । देश र आमामाथि अन्याय, अत्याचार गर्ने पात्रविरुद्ध मुख्य पात्रले गरेको संघर्ष यसको केन्द्रीय द्वन्द्व हो । ट्रेलर हेर्दा ‘बलिदान’ राजनीतिक, सामाजिक र देशभक्ति भावनामा आधारित फिल्मजस्तो लाग्छ । अर्पण थापा भ्रष्ट नेताको भूमिकामा देखिएको छ । दक्षिण भारतीय शैलीको एक्सन कोरियोेग्राफी यसमा देख्न सकिन्छ । फिल्मको द्वन्द्व निर्देशन पनि भारतीय प्राविधिकले गरेका थिए । पोस्ट(प्रोडक्सन पनि भारतमै भएको थियो । ट्रेलरको…