मोरङ, ३ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–८ स्थितबाट लागू औषध गाँजा बरामद गरेको छ ।
असोज २ गते राती प्रदेश १.०२.००१ च १६६६ नम्बरको कार बाटोमा शंकास्पद अवस्थामा रहेको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोला बाट खटिएको प्रहरी टोलीले कारबाट १५ वटा बोरामा राखिएको ५ सय ३८ किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसंगै चालक र कारोबारमा संलग्नहरुको खोजतलाश भई रहेको छ ।
Facebook Comments Box


