
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
एजेन्सी । चीनका वैज्ञानिकहरुले विश्वमै पहिलो पटक हड्डी जोड्ने ग्लू अर्थात् बोन ग्लू तयार पारेका छन् । यो ग्लूले भाँच्चिएको हड्डीलाई २÷३ मिनेटमै जोडिदिन्छ । उक्त हड्डी जोड्ने ग्लू सामुद्रिक सिपीबाट प्रेरित छ । यो पूर्णरुपमा बायोडिग्रेडेबल छ, अर्थात् ६ महिनामा शरीरमै घुल्दछ । यो ग्लूको प्रयोगले भाँच्चिएका हड्डी जोड्नका लागि धातुको इम्प्लान्ट आवश्यक पनेर्छैन । चिनियाँ वैज्ञानिकहरुले बोन ०२ नामक उक्त जैविक पदार्थको विकास गरेका हुन्, जो हड्डीहरुलाई जोड्नका लागि प्रयोग गरिन्छ । यो सामुद्रिक सिपीबाट प्रेरित छ, जुन समुद्रमा बलियो सँग टाँसिएको हुन्छ । डाक्टर लिन जियानफेंगले समुद्रमा लहर तथा ज्वारभाटामा समेत सिपी नामक जीव नबहेर अडिग रहनसक्ने तथ्यको आधारमा रगतले भरिएको माहोलमा हड्डीलाई पनि…
झापा, १६ असोज (एजेन्सी) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा–सम्पन्न राष्ट्र कतारलाई सुरक्षाको ग्यारेन्टी दिने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । आदेशले आवश्यकता परेमा अमेरिकाले कतारको रक्षा गर्न कूटनीतिक, आर्थिक तथा आवश्यक अवस्थामा सैन्य उपायहरू प्रयोग गर्ने प्रतिज्ञा गर्दछ । यद्यपि यो वाचा कति कानूनी तवरले बाध्यकारी हुन्छ भन्ने विषय भने स्पष्ट छैन । ह्वाइट हाउसको वेबसाइटमा बुधबार सार्वजनिक तर सोमबार मितिको आदेशमा अमेरिकाले कतारको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई सुनिश्चित गर्ने उल्लेख गरिएको छ । आदेशमा भनिएको छ, “कतारको भू–भाग वा महत्त्वपूर्ण पूर्वाधारमाथि कुनै पनि सशस्त्र आक्रमणलाई अमेरिकाको शान्ति र सुरक्षाका लागि खतरा मानिनेछ ।” यस्तो अवस्थामा…
झापा, १५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर…
झापा, १५ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्वको अवसरमा तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने तथा टिकटको कालोबजारी गर्ने यातायात व्यवसायीमाथि तत्काल कारबाही गरिने चेतावनी दिएका छन्। चाडबाडको मौका छोपी यात्रुहरूबाट स्वीकृत दरभन्दा बढी भाडा असुल्ने, टिकटको कालोबजारी गर्ने लगायतका गुनासा निरन्तर आइरहेका सन्दर्भमा मन्त्री घिसिङले सम्बन्धित निकायलाई कडा निर्देशन दिएका हुन्। उनले यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने अवसरको रूपमा प्रयोग नगर्न आग्रह गर्दै सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। मन्त्री घिसिङले भने, “देशको विषम परिस्थितिमा यात्रुहरूलाई सहज सेवा दिनु सबैको दायित्व हो। स्वीकृत भाडा दरभन्दा बढी असुल गर्ने र टिकटमा कालोबजारी गर्ने कार्य सह्य…
वीरगन्ज, १५ असोज । वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलबार राति दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवकको ज्यान गएको छ । पर्सा प्रहरीले दिएको जानकारी अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर सुरु भएको विवाद हिंसात्मक रूप लिँदा २० वर्षीय गोल्डेन नाम गरेका युवकको मृत्यु भएको हो । मृतकको पूर्ण सनाखत भने अझै हुन बाँकी छ । प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबीच विवाद सुरु भएको थियो । सोही विवाद राति झगडामा परिणत हुँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो । गम्भीर घाइते भएका उनलाई नारायणी अस्पताल पुर्याइएको भए पनि राति नै उनको…
झापा, १५ असोज । झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ५ स्थित माईखोलाको बीच भागमा एक अन्दाजी ५५–६० वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतकको नाम, थर तथा वतन हालसम्म खुल्न सकेको छैन । बुधबार बिहान करिब ११ः४० बजे स्थानीयहरूले पानीमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा शवलाई घटनास्थलबाट करिब १०० मिटर पूर्वतर्फ निकालेर सुरक्षित राखिएको थियो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएको थियो। दिउँसो १ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । तर, अस्पतालमा शव राख्ने…
झापा, १५ असोज । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। नवरात्रको नवौँ दिन आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदैछ। महानवमीका दिन घटस्थापनाका बेला राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर, कोत, देवी मन्दिर तथा शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ पनि गरिन्छ। शाकाहारी भक्तहरूले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल बलि दिई पायस चढाउने परम्परा निर्वाह गर्छन्। कतिपय स्थानमा महाष्टमीमा बलि दिइए पनि महानवमीमा मार हान्ने चलन छ। मार्कण्डेय पुराण अनुसार यही दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकी थिइन्,…
झापा, १५ असोज । हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी र तराई भूभाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यस्तै, आज राति सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग लगायत मधेश प्रदेशका…
झापा, १४ असोज । झापाको भद्रपुर नगरपालिका–१ मा ग्रेण्डर मेसिनले राँगाको खुट्टा काट्ने क्रममा आफ्नै खुट्टा काटिएपछि एक जनाको मृत्यु भएको छ । सोमबार साँझ भद्रपुर–१ का रमेश परियारको राँगाको खुट्टा काट्ने क्रममा आफ्नै खुट्टा काटिएपछि अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आफ्नै घरमा साँझ ५ बजे राँगाको खुट्टा काट्ने क्रममा ग्रेण्डर मेसिनले अचानक बायाँ खुट्टा काटिएपछि गम्भीर घाइते भएका परियारलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा साँझ ८ बजे उच्च रक्तस्रावका कारण उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…
झापा, १४ असोज । हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश पहाडी भूभागका तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यस्तै, आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश,…