jhapaonline add

झापा, ३ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–८२ मा रु तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ४० प्रतिशतले बढी हो । कार्यालयले आव २०८०–८१ मा रु तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०८१–८२ मा अघिल्लो आवको भन्दा रु ३० करोड २४ लाख ९१ हजारको बढी राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । कार्यालयले आव २०८१–८२ मा रु चार अर्ब आठ करोड ५३ लाख ६० हजार राजस्व उठाउने लक्ष्य राखेको थियो…

Read More

तुलसी प्राय सबैको घरघरमा रोपिएको देख्न सकिन्छ । हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पुजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । तुलसीको सफा पातलाई पिँधेर त्यसमा ५–१० मिलि मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ । साधारण पेट दुखाइमा, कब्जियत हुँदा, खान मन नहुँदा रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बिउलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ ।…

Read More

काठमाडौँ, ३ साउन । नेपाल मेडिकल कलेज, काठमाडौँले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरू माग गरेको हो । प्रकाशित सूचना अनुसार कलेजले इलेकट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर, हेल्थ असिस्टेन्ट समेत माग गरेको छ । कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको बताइएको छ । माग गरिएका पदहरूमा उम्मेदवारले असार १२ गतेभित्र दरखास्त पठाउन सक्नेछन् । इमेल मार्फत व्यक्तिगत विवरण सङ्कलन गरी सर्टलिस्टमा परेकाहरूलाई अन्तरवार्ताका लागि बोलाइने अस्पताल प्रशासनले जनाएको छ ।रासस

Read More

माला पालुङवा ताप्लेजुङ, ३ साउन । लिम्बु समुदायको धार्मिक,आध्यमिक,सभ्यताको उद्गम विन्दुको रुपमा रहेको तमोर क्षेत्रमा हाइड्रोपावर निर्माणले समस्या ल्याएको भन्दै स्थानीयले कार्यक्षेत्रमा बिरोध प्रदर्शन गरेका छन् । माथिल्लो जलविद्युत् आयोजना निर्माणले लिम्बु सभ्यता नष्ट हुने भन्दै कार्यक्षेत्रमा काम रोक्न भन्दै शुक्रबार प्रदर्शन गरेका हुन ।आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समिति नै गठन गरेर विरोध प्रदर्शन गर्दै आएका छन् । स्थानीयले आफ्नो सभ्यताको संरक्षणका लागि स्थानीय सरकार, प्रदेश तथा संघ सरकारलाई ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको सङ्घर्ष समितिका संयोजक बिरबल लिम्बुले बताउनुभयो । फक्ताङलुङ गाउँपालिकाको लिङखिमको सिस्ने खोलामा आयोजना स्थलमा पुगेर आफ्ना सभ्यता रक्षाका लागि पटक—पटक गरीको…

Read More

झापा , ३ साउन । झापा र सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०२ गते दिउँसो साढे २ बजे झापाको अर्जुनधारा नगरपालिका– ४ का ३५ बर्षीय दिपक पाण्डेले बिर्तामोड– २ स्थितमा बिजुलिको ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको बि.एण्ड.सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सुनसरीको रामधुनी नगरपालिका– ६ की १८ बर्षीय स्मृती चौधरीले आफ्नै घरमा रहेको कल चलाउने क्रममा करेन्ट लागि मृत्यु भएको हो । घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

सुनसरी, ३ साउन। सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २ गते सुनसरीको कोशी गाउँपालिका– १ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा कोशी गाउँपालिका–२ का ३२ बर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ बर्षीय रंजित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै ईनरुवा नगरपालिका– ४ बाट बराक्षेत्र नगरपालिका– ९ का १९ बर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका– ९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिससहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी…

Read More

सुनसरी, ३ साउन । सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । साउन ०२ गते बिहान पौने १० बजे सुनसरीको इटहरी उप–महानगरपालिका– २० स्थित प्रदेश न. २.०१.००३ प २७२८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सिरहा लाहान– ८ का ५० बर्षीय बिमल कुमार साहको उपचारको क्रममा बि।पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमाट मृत्यु भएको हो । त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका– ५ स्थितमा प्रदेश १.०२.००२ ख ०२४० नम्बरको टिफरले प्रदेश १.०२.०४३ प १३३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिंह– ३ का ३५ बर्षीय सुदिन यादवको उपचारको क्रममा जिल्ला…

Read More

१. घ्यूकुमारीको सेवनले गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ । २. यसको सेवनले शरीरमा रोगप्रतिरोधात्म क्षमतामा बृद्धि गर्छ । यसमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन तत्व पाईन्छ । ३. यसलाई काटेर ३–४ चम्चा रस निकालेर खाली पेटमा खानाले दिनभर शरीरमा शक्ति र स्फूर्ति पैदा हुन्छ । ४. शरीरको कुनै भागमा आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ । ५. आजकल घ्यूकुमारीलाई कस्मेटिक प्रोडक्टका रुपमा बजारमा यसको जेल, बडीलोशन, हेयरजेल, स्किनजेल, साबन, फेशियल फोम, ब्यूटीक्रिमका रुपमा पनि उपयोगमा ल्याइएको पाउन…

Read More

फिल्म ‘मैझारो’ को छायाङ्कन इलामबाट सुरु भएको छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा शुभमुर्हूत गर्दै फिल्मले आजबाट छायाङ्कन सुरु गरेको हो । फिल्मका निर्देशक अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ हुन् । उनले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको छायाङ्कन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुने छ । पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको फिल्मको कथा, पटकथा समेत निर्देशक राई स्वयंको छ । फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुष्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाषसिंह ठकुरी लगायत कलाकारको अभिनय छ । अनमोल…

Read More

काठमाण्डौ, १ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्यान्डको वेलिङ्टन फोनिक्स एफसी क्लबमा अनुबन्ध भएकी छिन् । सावित्राले दुई सिजनका लागि वेलिङ्टन फोनिक्ससँग सम्झौता गरेकी हुन् । सावित्रालाई अनुबन्ध गर्न पाउँदा गर्व महसूस भएको क्लबले जनाएको छ । वेलिङ्गटन न्युजिल्यान्डको क्लब भए पनि यसले अस्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ । यसअघि सावित्राले फ्रान्सेली क्लब एन अभान्ट गुइनगाम्पबाट दुई सिजन खेलेकी थिइन् । उनले भारत र माल्दिभ्समा पनि खेलिसकेकी छिन् ।यसैबीच सावित्राले गुइनगाम्पसँग अलग भएको घोषणा गर्दै सहकार्यका लागि धन्यवाद दिएकी छिन् ।

Read More