
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २८ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई नेपालीमा भावानुवाद गरेर प्रस्तुत गरेको ‘रामायण’ नेपाली जनतामाझ लोकप्रिय छ। उक्त रामायण अझै पनि घरघरमा सस्वर पाठ गरिन्छ। नेपाललाई भौगोलिक रूपमा एकीकरण गर्ने काम राजा पृथ्वीनारायण शाहले गरेझैं, भानुभक्तले भाषा, साहित्य र संस्कृतिका माध्यमबाट सांस्कृतिक एकीकरण गर्नुभएको मानिन्छ। उहाँ विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएको थियो। रामायण र भानुभक्तको प्रेरणाभानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भन्ने प्रेरणाबाट रामायण नेपालीमा रचना गर्ने उत्साह मिलेको मानिन्छ।…
झापा, २९ असार । आज पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसमविद्ले गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा–हिमपातको सम्भावना छ । त्यस्तै, आज राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।…
झापा, २८ असार । पत्रकारिताको माध्यमबाट खेलकुदको विविध क्षेत्रमा योगदान पुर्याएको भन्दै न्यूज सञ्जाल डटकमका सम्पादक एवं नेपाल खेलकुद पत्रकार मञ्च झापाका संस्थापक अध्यक्ष रमेश समदर्शी राईसहित मोरङ र सुनसरीका सञ्चारकर्मी अभयकुमार राई, सुमन सुस्केरा तथा रमा दाहाललाई कोशी प्रदेश खेलकुद विकास बोर्डले जनही रु १० हजारसहित सम्मान गरेको छ। विराटनगरमा आयोजित कार्यक्रममा उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीलाई पनि जनही रु ५ हजारदेखि रु १२ हजारसम्म नगदसहित सम्मान गरिएको थियो। राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश तथा राष्ट्रियस्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरियो। निजी क्षेत्रबाट खेल प्रवर्धनमा योगदान पुर्याएको भन्दै उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई जनही रु ११…
झापा, २८ असार । आकर्षक तलबको लोभ देखाएर अल्बानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ बस्ने उदयपुर त्रियुगा नगरपालिका–९ की ३५ वर्षीया विमला दनुवार र नागार्जुन नगरपालिका–१ बस्ने कास्की पोखरा महानगरपालिका–२६ की ४८ वर्षीया रामकुमारी रोक्का मगर रहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। दनुवारले चार जनाबाट रु ८ लाख र रोक्का मगरले दुई जनाबाट रु २ लाख लिएर सम्पर्कविहीन भएको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। दुवै जनालाई वैदेशिक रोजगार विभाग, ताहाचलमा अनुसन्धान तथा कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ। त्यस्तै, डलर…
झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको छ । आज यहाँ आयोजित जग्गा धनीपूर्जा वितरण कार्यक्रममा उहाँले नगरका पाँच जनालाई जग्गा धनीपूर्जा वितरण गर्नुभयो । यस पटक २०८ जनालाई धनीपूर्जा वितरण गर्न लागिएकोमा प्रम ओलीले पाँच जनालाई धनीपूर्जा वितरण गरेर सुरुवात गर्नुभएको हो । प्रम ओलीले भूमि सम्बन्धी सबै समस्या समाधान हुने बताउनुभएको छ । कानूनी केही जटिलताले काम गर्न जग्गा धनीपुर्जा वितरण गर्न समय लागेको बताउनुहुँदै उहाँले अब सबै प्रकारका जटिलताको समाधान गरिने बताउनुभयो । कार्यक्रममा भूमि आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म सबै…
ताप्लेजुङ, २८ असार । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित थाक्पाखोलामा हालैको बाढीले क्षति पुर्याएको लघु जलविद्युत् परियोजनाको मर्मत कार्य आजदेखि सुरु गरिएको छ। बाढीले झण्डै १५० मिटर कुलो बगाउँदा दुई सयभन्दा बढी घरधुरी विद्युत् सेवाबाट वञ्चित बनेका थिए। वडाध्यक्ष पेम्बा टाँसी शेर्पाका अनुसार पहरामा ड्रिलिङ र आरसीसी प्रविधिबाट कुलो पुनर्निर्माण गर्नुपर्ने भएकाले मर्मत कार्य सम्पन्न हुन एक महिना बढी लाग्ने अनुमान छ। विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयवासी एक महिनादेखि अँध्यारोमा बस्न बाध्य भएका छन्। मर्मतका लागि अनुमानित लागत २० लाख रुपैयाँ रहेको छ। यसमध्ये पाँच लाख रुपैयाँ विपद् व्यवस्थापन कोषबाट, फलामको रड रिभर साइड हाइड्रोपावर कम्पनीबाट, सिमेन्ट र बालुवा पालिकाबाट व्यवस्थापन…
१.तनाव कम गर्छ – चुम्बनले मानसिक तनाव कम गर्ने एक अध्ययनले देखाएको छ । चुम्बन गर्ने ब्यक्ति र नगर्ने ब्यक्ति बिच गरिएको अध्ययनमा चुम्बन गर्ने ब्यक्तिमा तनाव कम पाइयो ।२. रोग प्रतिरोधी क्षमता बढाउँछ – विज्ञहरुका अनुसार चुम्बनले मानिसमा रोगप्रतिरोधी क्षमता बढाउँछ । पाकक्रिडामा प्रसस्त चुम्बन गरेर मात्र यौन सम्पर्क गर्ने मानिसहरुमा यौनजन्य रोगको संक्रमणको खतरा घट्ने विभिन्न अनुसन्धानले देखाएको छन् । ३. खुसी बनाउँछ – चुम्बनका बेला मानिसमा इन्डोफिन तथा इन्डोफिर्न हर्मोन पैदा हुन्छन् । जसले मानिसको मूडलाई रिल्याक्स बनाउँछ । जसका कारण मानिसमा खुसी पैदा हुन्छ । तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस्, एकाएक मूड फ्रेस हुन्छ…
गायक अशोक दर्जीले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘मन बिनाको धन’ आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार फिल्मकी निर्मात्री बिष्णुमाया मैनाली र वितरक कम्पनीहरूबीच भएको सम्झौतापछि फिल्मलाई उक्त मितिमा प्रदर्शन गर्ने निधो गरिएको हो । नेपालभित्र फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशनमा बनेको यो फिल्ममा अशोकसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा ,पार्वती अधिकारी, उत्सव सापकोटा, शंकर श्रेष्ठ, प्रियंका झा, बिना राउत लगायतको अभिनय रहेको छ । यसमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन छ…
झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुभएको छ । बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो । नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उहाँका छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईँले बताउनुभयो । स्व। भागीरथा न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा अस्पतालको नामकरण गरिएको हो । अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार…
काठमाण्डौ, २८ असार । नेपालले टी–२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ गते छनोट प्रतियोगिता शुरू हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । आज प्रकाशन भएको खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ जापानसँग खेल्नेछ । सुपर सिक्सको शीर्ष तीनमा रहने राष्ट्रले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने विश्व कप खेल्नेछ । नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउने तयारीमा छ । छनोटको तयारीका क्रममा नेपालले अस्ट्रेलिया भ्रमण तथा वेस्ट इण्डिजसँगको टी(२० आई सिरिज खेल्नेछ ।…