jhapaonline add

झापा, २७ असार । निजी तथा आवसीय घर निर्माण तथा खरिदको लागि बैंकहरूले दिन पाउने ऋणको सीमा बढाइएको छ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। अहिले यस्तो घर निर्माणमा २ करोड रूपैयाँसम्मको कर्जा उपलब्ध गराइएको छ। तर राष्ट्र बैंकले थप एक करोड कर्जा बढाएर ३ करोड रूपैयाँ पुर्‍याएको हो। त्यस्तै, पहिलो घरको लागि सम्पत्तिको मूल्यको आधारमा दिइने कर्जा अनुपात (कर्जा मूल्य अनुपात) ८० प्रतिशतसम्म दिन सकिने व्यवस्था गरिएको छ। त्यस्तै अन्यको हकमा भने ७० प्रतिशतसम्म दिने व्यवस्था गरिएको छ। यसअघि यस्तो अनुपात ७० – ६० प्रतिशत रहेको थियो। यसले घर जग्गको…

Read More

चन्द्र बस्नेत  कनकाई, २७ असार । झापाको कनकाई-३ सुरुङ्गामा विद्युतीय सवारी साधनको सुविधासहितको अत्याधुनिक चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।  पूर्व-पश्चिम राजमार्गको कनकाई-३ नयाँ बस्ती स्थित सुरुङ्गा पुलको सय मिटर पश्चिममा कन्चन ई.भि. यातायात प्रा.लि. नै दर्ता गरि विद्युतीय सवारी साधनको सुविधा सहितको अत्याधुनिक फाष्ट चार्जिङ स्टेशन सञ्चालनमा आएको हो । स्थानीय ५ युवा व्यवसायीको करीब ३ करोड ५० लाख बढीको संयुक्त लगानीमा सुरु गरिएको विद्युतीय सवारी साधनको सुविधा सहितको अत्याधुनिक फाष्ट चार्जिङ स्टेशनको शुक्रबार एक संङ्क्षिप्प्त कार्यक्रमको आयोजना गर्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गर्नुभएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले चार्जिङ स्टेशन सञ्चालनमा आउनु विद्युतीय…

Read More

काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताउनुभयो । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ । ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई छ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो । मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा रू दुई करोडबाट बढाएर रु तीन…

Read More

काठमाडौँ, २७ असार। तीन किलो चार सय ग्राम लागू औषध कोकिनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालयका सूचना अधिकृत तथा प्रवक्ता जनकबहादुर शाहीले ४९ वर्षका भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिनुभयो । शाहीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने क्रममा अजरबैजानबाट कतार एअरलाइन्सको उडानमार्फत आएका भारतीय नागरिकलाई पक्राउ गरिएको हो । उहाँले साथमा ल्याएको झोलाभित्र लुकाई राखेको अवस्थामा तीन किलो चार सय ग्राम लागू औषध कोकिन बरामद गरिएको हो ।अभियुक्तलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको शाहीले जानकारी दिनुभयो।

Read More

बिष्णुप्रसाद पोखरेलदमक, २७ असार। झापामा केहि समययता गाईगोरुमा लम्पी स्किन रोगको प्रकोप देखा परेको छ । झापाका सबै १५ वटै तहमा यसको सङ्क्रमण देखिएको र गाईगोरु मर्ने क्रम बढिरहेको बताइएको छ । जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिँदै १४२ वटा गाईगोरुको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाले जनाएको छ । १० हजारभन्दा बढि गाईगोरु सङ्क्रमित बनेको ६१ वटा गाईगोरु सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले जानकारी दिनुभएको छ । बाह्रदशी र मेचीनगरमा यसको प्रकोप सबैभन्दा बढि देखिएको पनि भट्टराईले बताउनुभएको छ । बाह्रदशीमामात्र तीन हजारभन्दा बढि गाईगोरु सङ्क्रमित भएका…

Read More

शिवसताक्षी, २७ असार । नेकपा एमाले निकट युवाहरुको लोकप्रिय संगठन राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी अध्यक्षमा शिवराज राई निर्वाचित भएका छन् । युवा संघको तेस्रो नगर अधिवेशनबाट राई चिर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा संजोक दाहाल निर्वाचित भएका छन् ।  विहीबार शिवसताक्षीको शिवगञ्जमा भएको अधिवेशनमा युवा संघ नगर अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसक्दा चुवानी प्रकृयाबाट चयन गरिएको युवा संघ झापा जिल्ला अध्यक्ष फुर्वा लामाले जानकारी दिए । अन्य पदमा भने सर्वसम्मत चयन भएको उनले बताए । त्यस्तै कमिटीको सचिवमा हेमराज पाण्डे, उपसचिव द्वयमा शुशिला राजवंशी, विरबहादुर कटुवाल, कोषाध्यक्षमा सचिव श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । कमिटीमा १५ सदस्य…

Read More

झापा, २७ असार । झापा र सुनसरीबाट असार २६ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक झापाले गोप्य सूचनाको आधारमा दमक नगरपालिका-४ का १९ बर्षीया प्रिया तामाङ, दमक-५ का १९ बर्षीय सुमित सुन्दास, २१ बर्षीय प्रविन चेम्जोङ र दमक-१० का २७ बर्षीय मनोज खनाललाई ३५० क्याप्सुल र ३५० चक्की सहित दमक-४ बाट नियन्त्रणमा लिएको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय इटहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ का २६ बर्षीय धिरेन राई र २७ बर्षीय धिरज मगरलाई २ ग्राम ब्राउन सुगर सहित इटहरी-४ स्थितबाट नियन्त्रणमा लिएको हो ।

Read More

झापा, २७ असार । गत वैशाखयता विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ। यस अवधिमा विपद्‍मा परेर २६ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै चट्याङबाट २४ जनाले ज्यान गुमाएका छन् । चट्याङमा परेर १५५ जना घाइते भएका छन् । चट्याङपछि आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । त्यसैगरी, जनावरको आक्रमणबाट ११ जना, उच्च हिमाली भेगमा लेक लागेर ११ जनाको मृत्यु भएको छ। यस अवधिमा वर्षा, बाढी र पहिरोमा परेर १५ जना, असिना र हावाहुरीबाट आठ जना, सर्पको…

Read More

झापा, २७ असार । पाकिस्तानको बलुचिस्तान प्रान्तको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले बसमा यात्रा गरिरहेका नौ जनालाई ओरालेर गोली हानी हत्या गरेका छन् । क्वेटाबाट पञ्जाब जाँदै गरेका दुई यात्रुबसलाई लक्षित गरी बिहीबार साँझ यात्रुहरूलाई बसबाट ओरालेर मारिएको घटना भएको हो । बीबीसी उर्दूका अनुसार झोबका सहायक आयुक्त नवीद आलमले नौ जनाको मृत्यु पुष्टि गर्दै मृतकको शव पञ्जाब पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । सरकारी अधिकारीहरूका अनुसार हमला बन्दुकधारीहरूले घेरेको क्षेत्रमा भएको थियो । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिदले कलात, मास्तुङ र झोबमा आतंककारी आक्रमण भएको पुष्टि गर्दै भन्नुभयो, “सुरक्षा बलले तीनै स्थानमा तुरुन्त कारबाही गरेको छ। हामी जनताको सुरक्षाका लागि…

Read More

कनकाई, २७ असार । झापाको कनकाई नगरपालिकाका २ सय ८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनी पुर्जाको प्रमाणपत्र वितरण गर्ने भएको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । उहाँले शनिवार प्रधानमन्त्री ओलीको हातबाट कनकाई-३ स्थित सुरुङ्गामा रहेकोे कनकाई उद्योग वाणिज्य संघको हलमा कनकाई नगरपालिकाका विभिन्न वडाका २ सय ८ जनालाई धनीपुर्जा वितरणको सम्पूर्ण तयारी पूरा गरिसकिएको कनकाई नगरपालिका भुमि इकाई समितिकी संयोजक रन्जिता कट्टेलले जानकारी दिनुभयो । २०७४ सालदेखिनै कनकाई नगरपालिकाले यस क्षेत्रका सुकुम्वासी, अव्यवस्थित बसोबासी, दलितहरुका लागि धनीपुर्जा वितरणको कामहरु गरिरहेको थियोे । यसअघि कनकाईका विभिन्न वडाका १सय ६० जनालाई धनीपुर्जा वितरण…

Read More