jhapaonline add

बिर्तामोड, ७ बैशाख । झापाका स्थानीय तहले आगामी नीति कार्यक्रम मार्फत जातीय छुवाछूत तथा विभेद अन्त्य गर्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने जनाएका छन् । आम नागरिकमा विभेदविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नेदेखि आर्थिक उपार्जनका कार्यक्रमहरु बनाउने प्रतिवद्धता जनाएका हुन् । मानव अधिकार मञ्च इलामले आयोजना गरेको दलित समुदायको समस्या पहिचान तथा समाधान सम्बन्धि कार्यशालामा झापाका जनप्रतिनिधिहरुले दलित समुदायको मुद्दालाई प्राथमिकता दिने जनाएका छन् । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले दलित लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने बताए । उनका अनुसार यसअघिका कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै आगामी दिनहरुमा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाए । अध्यक्ष लिङदेनले जातीय विभेद अन्त्य गर्दै समुदायको…

Read More

झापा, ७ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर…

Read More

सन्तो‌ष शर्माकनकाई, ७ बैशाख । झापाको‌ कनकाई नगर‌पालिकामा क्यान्सर‌ र‌ो‌गीको‌ संख्या बढ्दै‌ गएको‌ छ । गत आर्थिक वर्ष २०८१÷८२ मा क्यान्सर‌ नगर‌मा क्यान्सर‌ र‌ो‌गीको‌ संख्या १ सय ११ र‌हे‌को‌ थियो‌ । चालू आर्थिक वर्ष २०८२÷०८३ को‌ नौ‌ महिनाको‌ अवधिसम्म आइपुग्दा उक्त संख्या वृद्धि भई १ सय १६ पुगे‌को‌ नगर‌पालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निर‌ीक्षक नार‌ायण अधिकार‌ीले‌ जानकार‌ी दिनुभयो‌ । कनकाईमा चालू आव २०८२÷०८३ को‌ हालसम्मको‌ अवधिमा क्यान्सर‌, मृगौ‌ला डायलाइसिस÷ ट्रान्सप्लान्ट, मे‌रुदण्ड पक्षघात र‌ क्यान्सर‌का बिर‌ामीको‌ संख्या १ सय ४६ जना र‌हे‌को‌ छ । जसमध्ये‌ सबै‌भन्दा धे‌र‌ै‌ क्यान्सर‌को‌ १ सय १६ जना, मृगौ‌ला डायलाइसिस÷ ट्रान्सप्लान्टका २५ जना र‌ मे‌रुदण्ड पक्षघातका बिर‌ामीको‌ संख्या ५ जना र‌हे‌को‌ छ ।…

Read More

झापा, ७ बैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ । यस दिन गरेको स्नान, दान,…

Read More

झापा, ७ बैशाख । इलाम–झापा मैत्री समाजको कार्यसमितिले पूर्णता पाएको छ। समाजका अध्यक्ष तिलोतमा खत्रीको अध्यक्षतामा बसेको दोस्रो बैठकले दुई जना नयाँ सदस्यहरू मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो । बैठकले रिक्त रहेको सदस्य पदमा किरण प्रसाद सुवेदी र ढुन्डी राज गिरिलाई मनोनित गर्ने निर्णय गरेको छ। नवमनोनित सदस्यहरूलाई कार्यसमितिमा स्वागत गर्दै अध्यक्ष खत्रीले समाजको उद्देश्य प्राप्तिका लागि सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो। नयाँ कार्यसमिति गठन भएपछि पहिलो चरणको कार्यक्रम अन्तर्गत हालै समाजले मन्दिर सरसफाइ लगायतका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कार्यसमितिले पूर्णता पाएसँगै अब समाजका आगामी योजना र सामाजिक गतिविधिहरूलाई थप तीव्रताका साथ अगाडि बढाइने बताइएको…

Read More

झापा, ७ बैशाख । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू–भागमा तातो दिन हुने…

Read More

बुधबारे, ६ बैशाख । झापाको बुद्धशान्ति–३ चिलिमगढीमा हरिणको सिंगजस्तो वस्तु फेला परेको छ । शनिबार राति १०ः३० बजे बुद्धशान्ति–३ चिलिमगढी घाटस्थित इलाका प्रहरी कार्यालय बुधबारे झापा र सशस्त्र प्रहरी बल नेपाल भुटानी सरणार्थि शिविर सुरक्षा बेस टिमाई झापाबाट खटिएको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा चिलिमगढी घाट नजिकै वन्यजन्तुको अंग हरिणको सिंग जस्तो देखिने वस्तु फेला पारेको हो । उक्त वस्तु सुरक्षित राखिएको र वन कार्यालय झापामा बुझाउनका लागि आवश्यक समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ६ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लागेको छ । मधेस र कोशीको तराई भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशलगायत…

Read More

झापा, ६ बैशाख । झापामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुघटनामा दमक नगरपालिका–९ का २७ वर्षीय पदमबहादुर मगरको मृत्यु भएको हो । शनिबार साँझ गौरादह–१ सितापुरीचोकस्थित पाडाजुगी–गौरीगञ्ज सड्क खण्डमा दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र न.१–०१–०१५प.७५ नम्बरको मोटर साइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक दमक–९ का ३३ को दिपबहादुर मगरलाई केही नभए पनि सोही मोटरसाइकल पछाडि सवार पदमबहादुर घाइते भएका थिए । मगरलाई नगर अस्पताल गौरादहमा सामान्य उपचार पश्चात थप उपचारको लागि निम्स अस्पताल दमक पठाएको थियो । थप उपचारका लागि विराटनगर नोबेल अस्पताल रेफर गरिएकोमा आज बिहान ३ः४० बजे उपचारको…

Read More

झापा, ५ बैशाख । झापाको शिवसताक्षीबाट प्रहरीले आज एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । शिवसताक्षी–७ चन्द्रडाँगीका ३२ वर्षीय गंगा बहादुर मगरले आफ्नै घरमा लागू औषध सेवन तथा बिक्री वितरण गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको घरकोठामा खानतलासी गर्दा सुत्ने कोठाभित्र बिक्री बितरणको लागि प्लाष्टिकमा पोको पार्दै गरेको अवस्थामा लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलको पदार्थ १३ ग्राम ३२० मिलिग्राम फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाइएको छ ।

Read More