
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २६ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा धान, मकै, सुपारी, माछा, रबर र सागसब्जीसहित छवटा ‘जोन कार्यक्रम’ सञ्चालनमा छन् । कार्यक्रम सञ्चालनपछि यहाँका किसान परम्परागत खेतीक छाडेर सामूहिक रूपमा व्यावसायिक खेतीमा लागेका छन् । बीउ, मल, सिँचाइ र भण्डारणमा प्राप्त अनुदानबाट उनीहरू कलाभान्वित भएका छन् । यहाँ चार हजार १०० हेक्टरमा धानखेतीको सुपरजोन सञ्चालन छ । कचनकबल गाउँपालिकाको सबै सात वडाबाट धानको सुपरजोन कार्यक्रम सुरु भएको थियो । हाल जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम विस्तार भइसकेको छ । कुल ३० वटा वडाको तीन सयभन्दा बढी कृषक समूहका पाँच हजार किसान परियोजनामा आबद्ध रहेको परियोजनाका झापा प्रमुख रवीन्द्र…
झापा, २६ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। माता…
महोत्तरी, २६ असार । धार्मिक एवं पारम्परिक चाडपर्वको समृद्ध संस्कृतिले भरिएको मधेशको प्राचीन मिथिला क्षेत्रमा आज गुरुपूर्णिमा पर्व मनाइँदैछ। हिन्दू परम्पराका अनुयायी मैथिल समुदायले यस पर्वमा गुरुप्रति श्रद्धा, भक्तिभाव र कृतज्ञता व्यक्त गर्छन्। गुरुपूर्णिमा पर्वमा वेद, गायत्री मन्त्र र विशेष दीक्षाको शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गरिन्छ। मिथिला अर्थात् विदेहभूमि प्राचीन कालका विद्वान अष्टावक्र, याज्ञवल्क्य, राजर्षि जनक, गार्गी तथा मैत्रेयीको तप, साधना र ज्ञानको केन्द्रभूमि रहँदै आएको छ। मिथिला संस्कृतिका जानकारहरूका अनुसार यो पर्व परम्पराको निरन्तरता मात्र नभई पारिवारिक र सामाजिक अनुशासनको स्मरण गराउने अवसर हो। लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णव भन्छन्, ‘गुरुकुल परम्पराको शिक्षाले चराचर जगत्…
झापा, २६ असार । वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक क्रोएसिया पुगेका ११ जना नेपाली कामदार फिर्ता आएका छन् । क्रोएसिया प्रवेश भिसामा अत्यन्तै छोटो अवधिको कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाइएको हो । उनीहरूलाई चार दिन अनुसन्धानमा राखेर नेपाल फर्काएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत एवं सूचना अधिकारी अञ्जन न्यौपानेले कामका लागि क्रोएसिया पुगेका उनीहरूको भिसा छोटो अवधिको देखिएपछि त्यहाँका अध्यागमन अधिकारीले शंकास्पद भन्दै फिर्ता पठाएको जानकारी दिए । उनीहरू व्यक्तिगत प्रयासमा गएका हुन् वा म्यानपावर कम्पनीबाट भन्ने विषयमा सोधखोज नगरिएको उनले बताए । अन्यायमा परेको भए उनीहरू आफैंले सम्बन्धित निकायमा उजुरी गर्ने…
मेचीनगर, २६ असार । झापाको मेचीनगरमा पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । गएराति ८ः३५ बजे मेचीनगर–५ स्थित सितापुरमा सोही स्थानका ३७ वर्षीय उत्तम सुब्बा घरदेखि तीन सय मिटर दक्षिण रहेको पैनीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । पैनीमा डुबेर मृत अवस्थामा रहेको २०ः४० बजे इलाका प्रहरी कार्यालय जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका काँकरभिट्टाबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, वाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी,वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज…
बिर्तामोड, २५ असार । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले उपचार कोषलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेका छन् । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई १५ हजार रुपैयाँ सहयोग गरेका हुन् । चौतारीका केन्द्रीय उपाध्यक्ष अधिकारीले संगठनका झापा जिल्ला अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम प्रदान गरे । झापाको एक कार्यक्रममा उनले घोषणा गरेको सहयोग रकम आज पठाउनु भएको अध्यक्ष परियारले जानकारी दिए । पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पत्रकार उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् । उनका अनुसार कोषमा विभिन्न क्षेत्रमा रहेर…
बिर्तामोड, २५ असार । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ का लागि संघका पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीले एक लाख १५ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’लाई उक्त रकम प्रदान गरेका हुन् । बिर्तामोड–४ निवासी सुवेदी यहाँका पुराना व्यवसायीका रुपमा परिचित छन् । उनले विगत लामो समयदेखि गणेश किराना स्टोर संचालन गर्दै आएका छन् । उनी विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थामा समेत आवद्ध छन् । बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीको हितका लागि उदाहरणीय काम गरेको जनाउँदै उनले रकम प्रदान गरेको…
झापा, २५ असार। झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारी स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशावाट आउँदै गरेको प्र।१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । आज ९बिहीवार० ३ः४० बजेको समयमा भएको दुर्घटनामा स्कुटी चालक कचनकवल गाउँपालिका–३ का ६० का श्रीप्रसाद राजबशी र तक्काल नाम ठेगाना नखुलको मोटरसाइकल चालकको मृत्यु भएको हो । स्कुटीमा पछाडि सवार सोही स्थानकी मृतककी बुहारी २७ बर्षिया उर्मिला राजबशी र उनका ३ बर्षिय छारो आयुष राजबशी गम्भीर अवस्थामा रहेको…
अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् । ‘१२ गाउँ’ जस्तो ब्लकबस्टर फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी उनले नाटक ‘शिरीषको फूल’बाट रंगमञ्चको यात्रा सुरु गर्न लागेकी हुन् । कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरले आगामी साउनमा मञ्चन गर्न लागेको उक्त नाटकमा सनिशाले ‘सकम्बरी’ पात्रको भूमिकामा अभिनय गर्ने जनाइएको छ । रंगमञ्चको यात्रा सुरु गर्न सनिशा उत्साहित देखिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘भिडियो र फिल्मको कलाकारिता हुँदै ‘शिरीषको फूल’मार्फत रंगमञ्चको स्टेजमा नयाँ यात्राको अनुभव सुरु गर्न जाँदैछु । ‘शिरीषको फूल’को पात्र ‘सकम्बरी’ मेरो लागि विशेष हुनेछ ।’ उक्त पोस्टमा उनलाई अभिनेत्री स्वस्तिमा खड्का, संगीतकार अर्जुन पोखरेल लगायतले शुभकामना…