jhapaonline add

बिर्तामोड, २१ असार । उहिले–पहिलेजस्तो किताबी ज्ञानले मात्र मानिसले आफ्नो भविष्य बनाउन सक्दैन । त्यसकारण अहिले प्राविधिक र गरिखान सक्ने जनशक्ति उत्पादन गर्ने शिक्षाप्रति आकर्षण छ । गरिखाने जनशक्ति उत्पादनका लागि अहिले धेरै शिक्षण संस्थाहरु पनि खुलेका छन् । त्यसमा पनि कतिपय नामका छन् भने कतिपय कामका । यसै सेरोफेरोमा विद्यार्थीको सुन्दर भविष्य निर्माण गर्ने शिक्षण थलोको रुपमा आदर्श स्कुल अफ म्यानेजमेन्टले स्थापित भइरहेको छ । आफ्नो गरिमालाई अझ ओझिलो बनाइरहेको छ । बिर्तामोडमा विसं. २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब होटल म्यानेजमेन्टको ब्लक सुरु गर्‍यो, त्यतिबेला विद्यार्थीको संख्या चानचुन ८० थियो । तर आज आदर्श स्कुल अफ म्यानेजमेन्टको नाममा…

Read More

भद्रपुर, २१ असार । झापाको भद्रपुर नगरपालिका–३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ। शनिबार दिउँसो करिब ३ बजे भद्रपुर–२ महारानी चोक निवासी अर्जुन लिम्बुका १२ वर्षीय छोरा अर्पण लिम्बु साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किचकवधबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा खोजतलास गरेको थियो। खोजीका क्रममा अर्पण लिम्बु सोही स्थानमा दिउँसो ४ः२५ बजे मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट अधिकृतसहितको टोली घटनास्थलमा खटिएको छ ।

Read More

झापा, २१ असार । नेपालले एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको युकेएम ओभलमा आज सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । सिङ्गापुरले दिएको एक सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ र १० रनको महत्वपूर्ण योगदान दिए । साथै शिवान्स बजगाईले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाए । सिङ्गापुरका लागि कपिस भेन्कटरमनले चार विकेट लिए भने युवान पाण्डेले दुई विकेट लिए । साथै भेदान्स गुप्ता र…

Read More

नवलपरासी पश्चिम, २१ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित झरहीखोलामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ। महेशपुर–भुजहवा भित्री सडकखण्डको मोडमा शुक्रबार बिहान लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई लु २ ख ६५४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) विरदत्त पन्तले जानकारी दिए। दुर्घटनामा परी प्रतापपुर गाउँपालिका–४ पाचपेडाका २१ वर्षीय भोला राजभर र रामग्राम नगरपालिका–१५ डिगौलका १८ वर्षीय राहुल राजभर गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न बससहित चालक रामग्राम इमिलिटोलका ३१ वर्षीय सद्दाम अली…

Read More

झापा, २१ असार । झापामा डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु भएको छ । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत ११ वर्षीया बालिकाको मृत्यु भएको हो । झापा शिवसताक्षीका सुमन राईकी छोरी सुरविरा राईलाई स्वास्थ्यमा समस्या भएपछि बिहीबार बीएण्डसीमा भर्ना गरिएकोमा हिजो बिहान उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिनु भयो । यस वर्ष पहिलो पटक झापामा डेंगुबाट मृत्यु भएको हो । गत वर्ष झापामा डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको थियो । मनसुन सुरु भएसँगै झापामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । डेंगुबाट संक्रमित हुनेहरूमा अधिकांश बिर्तामोडका रहेका छन् । फोकल पर्सन बरालका अनुसार…

Read More

सन्तोष शर्माझापा, २१ असार । झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा समेत पर्याप्त वर्ष नहुँदा धान रोपाइँ प्रभावित भएको हो । हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला धान रोपाइँ गरिसकेको बताउनुभयो । “अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि सारिसकेको थिएँ”, उहाँले भन्नुभयो, “छ्र्यार–छ्र्यार पानी पर्छ, पानी नभएर रोपाइँ गर्न सकिएको छैन ।” डेढ बिघामा खेती गर्दै आउनुभएका उहाँले सिञ्चाइका लागि वैकल्पिक स्रोत समेत नभएकाले समस्या भएको बताउनुभयो । उहाँले धानको बिउ समेत पहेंलिन थालेको बताउनुभयो । गत वर्ष यति बेला जिल्लामा करिब २५…

Read More

झापा, २१ असार । झापाको मेचीनगर नगरपालिका–१० स्थित ढाड चोकको भित्री सडक खण्डमा आज बिहान सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। महामती फर्निचर उद्योगबाट नागाडुव्वातर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी बिहान करिब ९:३० बजे आफैँ अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा मेचीनगर–११ निवासी ३२ वर्षीय चालक राज कररिया गम्भीर घाइते भएका थिए। घाइते कररियालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा बिहान १०स्०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनाको समयमा सिटी सफारीमा अन्य कोही सवार नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

झापा, २१ असार । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ। खेल उज्वेकिस्तानको राजधानी तासकन्दस्थित मिलि स्टेडियममा नेपाली समयअनुसार शनिबार साँझ ९ः१५ बजे सुरु हुनेछ। अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउन नेपाल र उज्वेकिस्तान दुवै टोलीलाई जित आवश्यक छ। समूह चरणको अन्तिम खेल दुवैका लागि ‘फाइनल सरह’ बनेको छ, किनभने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। नेपाल र उज्वेकिस्तानले समूह चरणमा समान ६ अंकसहित उत्कृष्ट प्रदर्शन गरेका छन्। दुवै टोलीले दुई खेलमा समान १७ गोल गरेका छन् र अहिलेसम्म कुनै गोल खाएका छैनन्। नेपालले पहिलो खेलमा लाओसलाई…

Read More

सन्तोष शर्माझापा, २१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूलो लगानी भए पनि सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्ने बताउनुभएको छ । झापाको हल्दिबारी शुक्रबार पूर्ण साक्षर पालिका घोषणा गर्नुहुँदै प्रमुख अतिथि लिङ्देनले सरकारले सामुदायिक विद्यालयमा ठूलो लगानी गरे पनि नतिजा खस्किनुको कारण खोज्नैपर्ने समय आएको बताउनुभयो । “कहाँ कमजोरी भयो, यति धेरै लगानी गरेर पनि सामुदायिक विद्यालयको परीक्षा परिणाम राम्रो हुन सकेको छैन ?”, उहाँले भन्नुभयो, “निजी विद्यालयभन्दा किन कमजोर छ ?” भौतिक पूर्वाधारदेखि शिक्षक÷कर्मचारीको तलब, तालिम सबै कुरामा निजीभन्दा धेरै रहेको बताउनुहँुदै झापा क्षेत्र नं. ३ का सांसद समेत रहनुभएका लिङ्देनले शिक्षक अभावका भएको ठाउँमा समेत…

Read More

झापा, २१ असार । एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले बलिङ गर्दैछ । मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको ट्समा सिङ्गापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका छ्न । यससँगै नेपालले पहिले बलिङ गर्दैछ । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

Read More