भद्रपुर, २१ असार । झापाको भद्रपुर नगरपालिका–३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब ३ बजे भद्रपुर–२ महारानी चोक निवासी अर्जुन लिम्बुका १२ वर्षीय छोरा अर्पण लिम्बु साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।



घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किचकवधबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा खोजतलास गरेको थियो। खोजीका क्रममा अर्पण लिम्बु सोही स्थानमा दिउँसो ४ः२५ बजे मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट अधिकृतसहितको टोली घटनास्थलमा खटिएको छ ।
Facebook Comments Box


