
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
वीरगन्ज, १७ असार । असारे धानबालीलाई लक्षित गर्दै सरकारले भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट आयात गरेको ३० हजार मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाहबाट रेल मार्फत वीरगन्ज आउने क्रम शुरु भएको छ । एक साता अगाडी भारतको कोलकाता बन्दरगाह आइपुगेको मल नेपाल ल्याउन बोरामा प्याकिङ गर्ने काम सम्पन्न भएसँगै वीरगन्ज आउने क्रम शुरु भएको कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । आदित्य बिरला कम्पनीले यो मल भारतबाट नेपालसम्म ल्याउन लागेको हो । भारत सरकारबाट उक्त कम्पनीले यो कन्साइन्मेन्टको मल आपूर्तिको ठेक्का पाएको थियो । यसअघि कृषि सामग्री कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल आयात…
झापा, १८ असार । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार एक सूचना जारी गर्दै यससम्बन्धी जानकारी गराएको हो । विभागको मौसम पूर्वानुमान महाशाखाले असार १८ देखि २० गतेसम्म विशेषगरी बाढी, पहिरो र डुबानको जोखिम रहेको जनाएको छ । वर्षाका कारण नदी, खोलानाला र पहाडी भेगमा बग्ने पानीको बहाव बढेर दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले जोखिमयुक्त स्थान, खोलानाला तथा तटीय क्षेत्रमा नजान अनुरोध गरिएको छ। यस्तै यात्रा गर्दा मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न र अत्यावश्यक बाहेकका…
झापा, १८ असार । झापाको कचनकवल गाउँपालिका–४ बाट प्रतिबन्धित लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य किसनगञ्ज जिल्ला जियापोखर गिलाबारी का २३ वर्षीय मोहमद तौसिफ र उत्तर दिनाजपुर जिल्लाको मजलिसपुरका २१ वर्षीय प्रवेज आलम रहेका छन् । मंगलबार राति ८ः३० बजे मोजिमिल मियाँको जग्गा नजिकै शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछमा उनीहरूले तजेमुल मियाँको खेतबाट पानी तान्ने मोटर चोरी गरी मजमुल मियाँको जग्गामा लुकाएर राखेको बताएका थिए । उनीहरूको तलासी गर्दा तौसिफको पेन्टको गोजीमा प्रतिबन्धित लागुऔषध कोकिन जस्तो देखिने सेतो धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ…
दमक, १८ असार । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो करिब १२ः३० बजे दमक नगरपालिका–९ क्याम्पसमोड क्षेत्रबाट सोही वडाको देउराली टोलका १९ वर्षीय सागर कुमाल पक्राउ प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो । कुमालले बोकेको कालो झोलामा बिक्री वितरण गर्ने उद्देश्यले राखिएका ९ पत्ता Diyse–20 लेखिएको औषधि र ९ पत्ता ट्रामाडोल फेला परेको थियो । कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी, १८ असार । झापाको शिवसताक्षी नगरपालिकाको सेवा निवृत्त शिक्षकसहित विभिन्न विधामा ६१ जनालाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिकाले शैक्षिक सम्मान गर्दै सेवा निवृत्त शिक्षक, दीर्घ सेवी शिक्षक, २०८० सालमा कक्षा ८, एसईई र कक्षा १२ मा सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट हुने छात्रछात्रालाई सम्मान गरेको हो । यस अवसरमा सामुदायिक विद्यालयमा २५ वर्ष निरन्तर सेवामा रहेका २३ जना शिक्षकहरूलाई सम्मान गरिएको छ । त्यसैगरी, सेवा निवृत्त ११ जना शिक्षकहरूलाई अवकाशपछि सम्मान गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै, २०८० सालमा कक्षा ८, एसईई र १२ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्र्थीहरूलाई नगद र सम्मान पत्र प्रदान…
झापा, १८ असार । झापा गाउँपालिका–६ झाटीमा शनिबार साँझ ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय राधेश्याम मण्डलको सिमेन्टको खम्बा, बाँसको भाटा र टिनको छानो भएको भान्साघरमा बेलुकी ८ः४० बजे खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट अचानक आगो सल्किएको थियो । विस्फोटपछि आगलागी फैलिएर भान्साघरसँगै रहेको मण्डलको अर्को टिनको छानो र टाटीले बेरेको घर समेत पूर्ण रूपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत सामग्रीहरू पूर्ण रूपमा नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबाट कुनै मानवीय वा चौपाय क्षति भने नभएको जनाइएको छ ।…
सिराहा, १८ असार । सिराहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार एक शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिबार बिहान ३५ वर्षीय स्थानीय अजय महरा मृत अवस्थामा फेला परेपछि प्रहरीले मृतककी श्रीमतीसहित अर्का एक युवकलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार घटना रहस्यमय देखिएको छ। यथार्थ पत्ता लगाउन धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षणका लागि पठाइएको जानकारी दिइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। महराको शव छिमेकीको खेत नजिकै रहेको आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा फेला परेको…
म्याग्दी, १८ असार । म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सीमामा रहेको ओखरबोटस्थित तामाखानी उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमरएस दोङयी मिनरल्स प्रालिले खानीको खोज तथा उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तयार गर्ने तयारी गरेको हो। मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार भूगर्भविद्हरुको टोलीले खानीमा तामाको मात्रा पहिचान गर्नुका साथै सम्भावित वातावरणीय असर तथा न्यूनीकरणका उपायहरूबारे विस्तृत अध्ययन गर्नेछ। कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाहरूको सुझाव सङ्कलन गर्न गत हप्ता ओखरबोटमा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। साथै, मङ्गलबार सात दिने सार्वजनिक सूचना जारी गर्दै प्रभावित समुदाय तथा सरोकारवालाहरूबाट थप सुझाव मागिएको छ।…
झापा, १८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागलगायत बाँकी प्रदेशमा साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…
झापा, १७ असार । झापाको भद्रपुर र मेचीनगरबाट आज लागुऔषधसहित दुई जनालाई प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज साँझ भद्रपुर नगरपालिका–५ मेची बिटस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका बुद्धशान्ति गाउँपालिका–४ का २९ वर्षीय दिपक सम्बाहाम्फेलाई लागुऔषध ब्राउनसुगर मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीमाथि शंका लागेर चेकजाँच गर्दा ब्राउनसुगरजस्तो देखिने ३.०८ ग्राम पदार्थ प्लास्टिकको पोकामा मलद्वारभित्र लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, आज लागुऔषध ब्युरो नियन्त्रण काँकरभिट्टा कार्यालयबाट खटिएको प्रहरीले मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलमा सिटी रिक्सा (ना १० ह ६५००) चालक…