jhapaonline add

सन्तोष शर्माभद्रपुर, ११ असार । झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार जना कारोबारीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ । लागुऔषध कारोबारीलाई पक्राउ गरेसँगै जिल्ला प्रहरी कार्यालय झापामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । आज दिउँसो भद्रपुर नगरपालिका–७ बाट नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दिपेश लामा र बेलकोटगढी–११ का २३ वर्षीय राम तामाङलाई दुई ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भद्रपुर–७ स्थित आनिमार्गमा बा.प्र. ०१–०२५च ०८७७ नं. को कारलाई रोकेर चेकजाँच गर्दा उनीहरुले लुकाई छिपाई…

Read More

चन्द्र बस्नेतकनकाई, ११ असार । झापाको कनकाई नगरपालिका–३ मा सञ्चालित ३ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना र कनकाई–३ को आर्थिक सहयोगमा गत बैशाख २१ गतेदेखि शुरु भएको ३ महिने तालिम आज सम्पन्न भएको हो । सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष पुष्पा भट्टराई (कडेल)को सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं रहनुभएको थियो । प्रमुख अतिथि चौलागाईंले यस्ता तालिम नगर तथा वडामा अतिआवश्यक रहेको मनन् गर्दै आगामी दिनमा समेत वडाको तर्फबाट बजेटको व्यस्थापन गर्दै प्राथमिकतामा राख्ने बताउनुभयो । ३ महिनासम्म सिकेको सिपलाई सकेसम्म सदुपयोग गर्दै अगाडि बढ्न…

Read More

झापा, ११ असार । रौतहटको चन्द्रपुर नगरपालिका–१० निबुवाटोलमा ट्वाइलेटको सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर–१० निबुवाटोलकी गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी दुई वर्षीया खुश्बु साहको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । खेल्ने क्रममा मंगलबार साँझ उनीहरू छिमेकी हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका हुन् । ट्वाइलेटको सेप्टिक ट्याङकीमाथि प्लाइले मात्रै ढाकेको र खेल्ने क्रममा दुबै बालबालिका सेप्टिक ट्याङकीमा खसेर डुबेको उहाँले बताउनुभयो । सेप्टिक ट्यांकीबाट निकालेर उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा गएराति नै…

Read More

बुद्धशान्ति, ११ असार । बुद्धशान्तिका पत्रकारहरुको छाता संगठन बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन गरिएको छ । बुधबार प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको छ । उद्घाटन पश्चात प्रमुख अतिथि वाग्लेले एउटा झोलाबाट सुरु गरिएको क्लबले आज व्यवस्थित कार्यालय सञ्चालन गरेर सदस्यहरुलाई क्रियाशील बनाएकोमा खुसी व्यक्त गरेका थिए । उनले कार्यालय सञ्चालन गर्नु मात्रै ठुलो कुरा नभएर नियमित सञ्चालन गर्नु चुनौती रहेको बताउँदै आगामी दिनमा कार्यालय व्यवस्थापनका लागि वडाले गर्न सक्ने सहयोग गर्ने समेत जनाएका छन् । कार्यक्रममा प्रेस…

Read More

झापा, ११ असार । चितवनमा श्रीमान्–श्रीमतीले एकैपटक भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमानसँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे…

Read More

झापा, ११ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनमा आजसमेत तीन दिन शुक्रबारसम्म कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू, साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि बढ्न सक्ने तथा कोसी, नारायणी नदी, कन्काई र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने आकलन रहेकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ। जिल्लाका हिसाबले चाहिँ…

Read More

बनियानी, १० असार । देशकै सबैभन्दा होचो भूभाग रहेको झापाको सदूर दक्षिणी कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६६ करोडबढीको बजेट सार्वजनिक गरेको छ । आज आयोजित गाउँसभाको १६ औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले आ.व. ०८२/०८३ का लागि ६६ करोड १९ लाख ७९ हजार ५३० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा आन्तरिक स्रोततर्फ १० करोड एक लाख पाँच हजार ९७७, राजश्व बाँडफाँडतर्फ संघबाट १० करोड ९४ लाख ५९ हजार ५५३ र कोशी प्रदेशबाट ७३ लाख चार हजार, वित्तीय समानीकरण अनुदानतर्फ संघबाट १२ करोड ७६ लाख र प्रदेशबाट एक करोड १८ लाख ९७ हजार, सशर्त अनुदानतर्फ संघबाट २७…

Read More

अर्जुनधारा, १० असार । झापाको अर्जुनधारा नगरपालिकाले तयार पारेको स्थानीय पाठ्क्रम ‘हाम्रो अर्जुनधारा’ यहाँका विद्यालयलाई हस्तान्तरण गरिएको छ । आज नगरपालिकाको सहभाहलमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख बलदेवसिंह गोम्देन र स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजक बद्रीप्रसाद ओलीले पुस्तक सार्वजनिक गरेसँगै स्थानीय विद्यालयलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरको शिक्षा नीतिलाई सुधार गर्दै लगिने बताउनुभयो । स्थानीय पाठ्क्रम निर्माणमा केही विषय छुट भएमा कक्षा–१ देखि ५ को स्थानीय पाठ्यक्रममा समेटिने उहाँले बताउनुभयो । स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक ओलीको पुस्तकलाई सबै कुराले पूर्ण बनाउने प्रयास गरिएको बताउनुभयो । उहाँले केही छुटेको भए अर्को कक्षामा थप…

Read More

अर्जुनधारा, १० असार । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ९५ करोड नौ लाख २१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा आज नगरसभाको १७ औं नियमित अधिवेशनमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजििनक गरेको हो । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख खड्गमाया पराजुलीले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा नगरका बहुवर्षीय योजनालाई निरन्तरता दिँदै भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सडक, उद्योग, खेलकुद, पर्यटन, वन वातावरण तथा विपद व्यवस्थापन लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । नगरले पूर्वाधार विकास सम्बन्धी आयोजनाका लागि…

Read More

शिवसताक्षी, १० असार । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ लागि ९१ करोड ४२ लाख बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज भएको १६ औं नगरसभाबाट नगर उपप्रमुख नरमाया कार्की ९१ करोड, ४२ लाख बराबरको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । जसमध्ये सशर्त कार्यक्रमका लागि रु ४८ करोड, ३२ लाख, २७ हजार, नगर योजना, विषयगत शाखा तथा वडागत योजनाका लागि रु २७ करोड, र चालु खर्चका लागि १७ करोड १० हजार बराबर रकम रहेको छ । सामाजिक सुरक्षा तथा संरक्षण भत्ताका लागि छुट्टै रु ४० करोड रकम विनियोजन गरेको उपप्रमुख नरमाया कार्कीले बताउनु भयो ।…

Read More