jhapaonline add

राधा लुइटेलफिदिम, २५ असार । लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सनमा क्षति पुगेपछि अवरुद्ध भएको मेची राजमार्ग सुचार भएको छ । अवरुद्ध भएको पाँचथरस्थित हेंवा खोलाको डाइभर्सन मर्मतपछि १५ घण्टापछि सुचारु भएको हो । फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा मङ्गलबार साँझ ६ बजे आएको बाढीले डाइभर्सनमा क्षति गर्दा यातायात पूर्णरूपमा ठप्प भएको थियो । सडक डिभिजन कार्यालय इलाम, सुरक्षा निकाय र स्थानीयवासीहरूको सक्रिय प्रयासपछि बुधबार बिहान डाइभर्सन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो । डाइभर्सन मर्मत गरी पुनः राजमार्गमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल कुमार बुढाथोकीले जानकारी दिनुभयो । यो सडक पाँचथरको हिलिहाङ, याङवरक तथा…

Read More

काठमाडौँ, २५ असार। स्वास्थ्य बिमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताउनुभएको छ । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गर्नुभएको छ । ‘‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं,’’ मन्त्री पौडेलले बुधबार बिहान आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ । मन्त्री…

Read More

जाजरकोट, २५ असार । जाजरकोटको नलगाड नगरपालिका–४ पिपलचौरमा बिषालु च्याउ खाँदा एकै घरका तीन बालबालिका बिरामी परेका छन्। मगबहादुर सिंहका १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह बिरामी परेका हुन्। छिमेकी नवराज शर्माका अनुसार सालघारी जङ्गलबाट टिपेर ल्याइएको च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन्। नगर अस्पताल दल्लीमा तीनै जनाको उपचार भइरहेको अस्पतालका डाक्टर नवीन ध्यारले जानकारी दिनुभयो। चिकित्सकहरूले बर्खाको समयमा नचिनिएको च्याउ नखान सुझाव दिएका छन्।

Read More

तेह्रथुम, २५ असार । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन् । लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो । वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु १० लाख मूल्यबराबरको सिस्नु प्रशोधन गर्ने मेसिन अनुदानमा चैते सामुदायिक वनले प्राप्त गरेको छ । आगामी साउनदेखि उक्त…

Read More

झापा, २५ असार । झापा भद्रपुर नगरपालिका–७ मा स्थित चिया पसल नजिक हुलाकी लोकमार्गबाट मंगलबार साँझ प्रहरी टोलीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। उनीहरुलाई नियन्त्रणमा लिने क्रममा एक व्यक्तिलाई गोली प्रहार गरी पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकरी दिनुभयो । मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो, काँकडभिट्टाबाट खटिएको टोलीले शंकास्पद रुपमा रहेका दुई जनालाई जाँच गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गर्दै भाग्न प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड गोली चलाएको प्रवक्ता खड्काले बताउनुभयो । प्रहरीले भारत बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय…

Read More

झापा,२५ असार । रसुवामा मंगलवार आएको भीषण बाढीले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने अझै १९ जना बेपत्ता रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार राति चितवनको त्रिशूली नदी किनार १५ किलोमा एक शव फेला परेको थियो। उक्त शव रसुवाबाट बेपत्ता भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको भएको पुष्टि भएको छ। प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार हालसम्म बेपत्ता हुनेमध्ये दुई जना प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन्। घटनामा ५७ जनाको सकुशल उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धारका लागि ३८३ जना प्रहरी परिचालन गरिएको छ। बाढीले नेपाल–चीन सीमाको मितेरी…

Read More

झापा, २५ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…

Read More

ताप्लेजुङ, २५ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मंगलबार साँझ सिदिङ्वा–३ थुङरुङुवाका ३५ वर्षीय राजकुमार लिम्बु (देवान) लाई घरमै बसेको अवस्थामा चट्याङ लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ। सोही दिन सिदिङ्वा–५ लिम्बुदिनका १७ वर्षीय मिसन लिम्बु पनि चट्याङ लागेर घाइते भएका छन्। मेघगर्जन सुरु भएपछि घरको विद्युत लाइनको एमसीबी झार्ने क्रममा उनी चट्याङको चपेटामा परेका हुन्। प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार लिम्बुको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ र अहिले उनको साब्लाखु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

Read More

तानसेन, २४ असार । पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । नेपालको पहिलो संसद्मा पाल्पाबाट निर्वाचित भएका पुराना राजनीतिज्ञ रेग्मीको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो । पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए । उनी पछिल्लो समय अस्वस्थ थिए । काठमाडौँ मध्यबानेश्वरमा बस्दै आए पनि केही समयअघि अष्ट्रेलिया गएका रेग्मीको उतै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालको पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी अत्याधिक मतका साथ विजयी भएका थिए । रेग्मी २०३४ सालमा पञ्चायती व्यवस्थाको समर्थक भएर मन्त्रीसमेत…

Read More

भद्रपुर, २४ असार । भद्रपुरमा प्रहरीले गोली प्रहार गरी लागूऔषध ब्राउनसुगर कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले आज दिउँसो भद्रपुर–८ स्थित ओमसाई पाथीभरा हस्पिटल अगाडि गोली प्रहार गर्दै दुई जना कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीको गोली प्रहारबाट एक कारोबारी घाइते भएका छन् । उनको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Read More