
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ६ कात्तिक । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई…
झापा, ५ कात्तिक । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो । तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५–२२ ले पराजित गरेको छ भने खेलको दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २७–२५ ले पराजित भएको हो । अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ ।
सरोज भट्टराईशिवसताक्षी, ५ कात्तिक । झापाको शिवसताक्षीमा पहिलोपटक आयोजना हुन लागेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ । आगामी कात्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर अहिले कुर्सी जडानको काम जारी रहेको आयोजक झापा महिला गोल्डकप समितिले जनाएको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार खेलमैदानमा फाइनल घाँस काट्ने र मञ्च सजाउने अन्तिम तयारी भइरहेको छ । मञ्चमा तीन सयजना बस्नका लागि कुर्सी जडान भइरहेकाले बाँकी प्याराफिटमा करिब तीन हजारभन्दा बढी दर्शक अटाउने व्यवस्था मिलाइएको छ । साथै, खेलमैदानको पूर्व, उत्तर र दक्षिण भागमा अस्थायी प्याराफिट…
सुनसरी, ५ कात्तिक । सुनसरीको दुई स्थानहरुबाट कात्तिक ४ गते प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरी टोलीले देश भारत सुपौलका २० वर्षीय नवि हुसेन र सप्तरीका १९ बर्षीय मोहमद खुसिदलाई ब्राउन सुगर ५ सय ३० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरी टोलीले प्र १–०२–००३ ह ८७०५ नम्बरको सिटि रिक्सामा ४ वटा बोरामा राखेर लैजादै गरेको १ सय २० किलोग्राम गाँजासहित देश भारत सुपौलका २० बर्षीय मोहमद इम्तियाज पक्राउ परेका हुन् । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।
संखुवासभा, ५ कात्तिक । संखुवासभाको खाँदवारी नगरपालिका–९ का ५५ वर्षीय कर्णबहादुर कुमालको हत्यामा संलग्न सोही स्थानका २६ वर्षीय बिक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ४ गते साँझ बिक्रमले आफ्नै घर नजिकै आएका कर्णलाई पुरानो रिशिविको कारण आवेशमा आएर खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाबारेमा जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरी टोलीले घटनास्थलको कानूनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल खाँदबारी संखुवासभा पठाएको थियो भने हत्यामा संलग्न बिक्रम कुमाललाई खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।
सन्तोष शर्माझापा, ५ कात्तिक । झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल (एनजीओ) ले चार लाख ५० हजार बढी मानिसलाई सेवा दिएको छ । संस्थाले विगत तीन दशकको अवधिमा ३५ वटा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग साझेदारी गरी ३५ वटा जिल्लामा ६६ वटा विभिन्न परियोजनाहरू सञ्चालन गरी चार लाख ५० हजारभन्दा बढी मानिसलाई प्रत्यक्ष सेवा पु¥याएको सहारा नेपालका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो । स्थानीय तह र साझेदार संस्थासँगको सहकार्यमा गरी गरिब तथा सीमान्तकृत समुदायका लागि सुरक्षित आवास निर्माणदेखि लिएर वित्तीय साक्षरतासम्मका कार्यक्रम गरिएको उहाँले बताउनुभयो । झापा र मोरङका चार हजारभन्दा बढी सीमान्तकृत परिवारलाई सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरिएको छ भने…
झापा, ५ कात्तिक । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो”, उहाँले भन्नुभयो । विसं २००७ मा…
झापा, ५ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।…
भद्रपुर, ५ कात्तिक । जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय का सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता संख्या छ लाख ८२ हजार ९९३ पुगेको छ । यसअघि झापामा छ लाख ८० हजार ३७१ जना मतदाता थिए । अन्तरिम सरकारले अध्यादेश मार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ ।“मतदाताको सूचीमा नाम लेखाउन आउने क्रम चलिरहेको छ,” सूचना अधिकारी न्यौपानेले…
भद्रपुर, ५ कात्तिक । झापाको भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ । ‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय साहले बताए । भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन् । समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठुलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो…