
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
चितवन, ७ असार । प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादबारे आफूले संसद्मा दिएको अभिव्यक्तिको बचाउ गर्दै ब्रिटिस सरकारलाई मध्यस्थकर्ता बनाउन खोजेको नभई ऐतिहासिक प्रमाणको सन्दर्भमा कुरा गरेको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कालापानी र लिपुलेक नेपालको भूमि भएको पर्याप्त प्रमाण नेपालसँग रहेको बताउनुभयो। “हामीले सीमाको विषयमा बोल्दा आपत्ति जनाइयो। कालापानी–लिपुलेकको प्रमाण हामीसँग छ। ब्रिटिस शासनकालका अभिलेख र प्रमाणको कुरा गरेका हौँ, ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ,” उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद दुई देशबीचको कूटनीतिक संवादबाटै समाधान हुनुपर्ने धारणा दोहोर्याउनुभयो। साथै, आफ्नो राष्ट्रियताप्रति प्रश्न उठाइनु दुःखद भएको उल्लेख गर्दै “मेरो…
झापा, ७ असार । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ ।
मोरङ, ७ असार । मोरङको विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकले खुकुरी प्रहार गर्दा तीन जना घाइते भएका छन् । विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिण कार्कीले धारिलो हतियार प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । प्रहरीका अनुसार कार्कीलाई ‘साथीभाइ नेपाल सुधार गृह’ काठमाडौं पठाउने तयारी भइरहेका बेला आइतबार दिउँसो करिब ३ः३० बजे उनले आफू बसेको कोठा थुनेर आत्महत्याको प्रयास गरेका थिए । घटनाबारे जानकारी प्राप्त भएपछि सिआरभी भट्टाचोकबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । सुधार गृहका प्रतिनिधि, आफन्त तथा प्रहरी टोलीले कार्कीलाई सम्झाइ–बुझाइ गरी बाहिर ल्याउने प्रयास गरिरहेका बेला उनले…
बिर्तामोड, ७ असार । बिर्तामोड नगरपालिकाको आयोजनामा आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ स्थित चारपानेमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सरकारी नीति तथा प्रक्रियाका कारण केही विकास निर्माणका कामहरू अपेक्षित रूपमा अघि बढाउन कठिनाइ हुने गरेको बताउनुभयो । नगरपालिकाले आह्वान गरेको बालुवा–गिटीको ठेक्काको सन्दर्भमा बोल्दै उहाँले कुनै पनि आवेदन नपरेकाले नगरबासीलाई आवश्यक गिटी उपलब्ध गराउन समस्या भएको स्पष्ट बनाउनुभयो । नगर प्रमुख प्रसाईंका अनुसार गिटीको सरकारी दर प्रति टिपर ७ हजार २ सय ५० रुपैयाँ (७.५ घनमिटर)भए पनि महँगीको कारण भाउ बढेकोले भ्याटसमेत जोडिँदा मूल्य करिब ९ हजार रुपैयाँ पुग्ने अवस्था छ।…
झापा, ७ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको सचिव पदको आगामी डेढ वर्षे कार्यकालका लागि प्रदीप परियारले कार्यभार सम्हाल्नु भएको छ । पत्रकार महासंघको कार्यालयमा आज भएको बैठकमा महासंघको डेढ वर्षे कार्यकाल पूरा गर्नुभएका सचिव राजु पाठकले आज सचिव परियारलाई माइन्युट हस्तान्तरण गर्नुभयो । पत्रकार महासं झापाको तीन वर्षे कार्यकालका लागि २०८१ मंसिर २८ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याउनुभएको थियो । पहिलो डेढ वर्षे कार्यकालका लागि पाठकले र दोस्रो कार्यकाल परियारले सम्हाल्ने निर्वाचन समितिको निर्णय गरेको थियो । बैठकमा महासंघका पदाधिकारी एवम् सदस्यहरुले महासंघको हरेक गतिविधि एवम्…
झापा, ६ असार । झापाको चन्द्रगढीमा अग्रज झापाली स्रष्टा प्रकाश बुढाथोकीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिका १० न. वडा कार्यालयको सभाहलमा वर्तमान साहित्य प्रतिष्ठानको आयोजना भएको एकल कविता वाचन कार्यक्रममा कवि बुढाथोकीले आफ्ना कविताहरु सुनाएर कार्यक्रमलाई साहित्यमय बनाउनुभएको थियो । आफ्ना कविता सुनाउनु अघि उहाँले ‘भद्रपुर मेरो साहित्यिक सिर्जनाको प्रेरणा–भूमि हो । भवानी घिमिरे, हीरा आकाश, नकुल काजी, चूडामणि रेग्मी जस्ता नामूद साहित्यिक हस्तीहरुको कर्मभूमि भद्रपुरमा आएर कविता सुनाउन पाउँदा मलाई गौरव महसूस भइरहेको छ’ भन्नुभएको थियो । अर्का स्रष्टा धनकुटे कान्छाले ३० को दशकदेखिका स्थापित कवि प्रकाशको व्यक्तित्व, कृतित्व, रचना शिल्प, लेखनका साथै सामुदायिक…
बिर्तामोड, ६ असार । बिर्तामोड नगरपालिकाको आयोजनामा नगरस्तरीय बौद्धिक प्रतिभा प्रदर्शनी सम्पन्न भएको छ। महेन्द्र रत्न माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीबीच खुला चित्रकला, कक्षा ४ देखि ५ सम्म बाती कात्ने , कक्षा ६ देखि ८ सम्म तबला वादन तथा कक्षा ९ र १० का विद्यार्थीबीच नेपाली कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरिएको हो। चित्रकला प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयका आशिक मर्डी प्रथम, सहारा साकोसका मौषम महरा द्वितीय, न्युटन्स एकाडेमीकी कास्मी शिवाकोटी तृतीय तथा एभेन्चर एकाडेमीकी स्वीकृति गड्तौला र निधि सेकेण्डरी स्कुलकी तृषिका तिम्सिना सान्त्वना भएका छन्। यस्तै बाती कात्ने प्रतियोगितामा जनता आधारभूत विद्यालयका अमित हेमरम…
झापा, ६ असार । हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू–भागमा…
झापा, ५ असार । झापाको कनकाई नगरपालिकाको स्वामित्वमा रहेको सरकारी मोटरसाइकल चोरी गरी सोही मोटरसाइकल प्रयोग गरेर लागूऔषध कारोबार गरिएको खुलासा भएको छ। प्रहरीले चोरीको सरकारी मोटरसाइकलमा ब्राउन सुगर बोकेर भारतबाट नेपाल प्रवेश गरिरहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति करिब ८ः२० बजे झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्ती क्षेत्रमा शंकास्पद अवस्थामा रहेको मे १ ब ३१८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कनकाई नगरपालिका–३ निवासी ३७ वर्षीय बलबहादुर सुवेदी र शिवसताक्षी नगरपालिका–९ निवासी २२ वर्षीय नगेन्द्र दर्जी रहेका छन्। टाघनडुब्बा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा…
बुद्धशान्ति–१ मा संघ–प्रदेशको ३ करोड ७८ लाखको २८ योजनाः कृषि, सिँचाइ, खानेपानी र तटबन्ध प्राथमिकतामा
झापा, ५ असार । विकास निर्माणका योजना धेरै भित्र्याउने र प्रभावकारी कार्यान्वयन गर्ने वडाका रूपमा परिचित बुद्धशान्ति गाउँपालिका–१ ले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि पनि संघ र प्रदेश सरकारबाट उल्लेख्य संख्यामा योजना ल्याउन सफल भएको छ। वडामा आगामी वर्षका लागि २८ वटा योजना स्वीकृत भएका छन्, जसका लागि कुल ३ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वडाध्यक्ष अनिल वाग्लेका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ मा पनि दुई दर्जनभन्दा बढी योजना वडामा परेका थिए भने आर्थिक वर्ष २०८१र८२ मा ३० भन्दा बढी योजना कार्यान्वयनमा ल्याइएका थिए। यसले बुद्धशान्ति–१ विकास योजनाको आकर्षक केन्द्रका रूपमा स्थापित भएको देखिन्छ। चालु आर्थिक…