
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, ६ फागुन । बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषिलाई प्रविधि मैत्री बनाउन हरेक वर्ष यस प्रकारका सामग्री वितरण गर्दै आएको बताउनु भयो । उहाँले कृषकहरुको मागलाई ध्यानमा राखेर विभिन्न प्रकारका सिपमुलक तालिम र मेशिन वितरण गर्दै आएको बताउँदै आगामी दिनमा अझै बढाएर लैजाने बताउनुभयो । कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माले कृषकले प्राप्त गरेका सामाग्रीलाई उपलव्धी मुलक बनाउन सबैलाई आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै कृषक लय…
मोरङ, ६ फागुन । मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ–७ स्थितबाट इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा स्थानिय २० वर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल ९६, स्पास्टिन २३८ क्याप्सुल र नाईट्रेजेपाम ४ ट्यापलेट सहित प्रकाउ गरेको छ । त्यसैगरी, सुनसरीको अस्थायीप्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलोले धरान उप महानगरपालिका–१६ का २० वर्षीय निशान तामाङको साथबाट ट्रमाडोल १८२ क्याप्सुल र स्पास्पेन १८२ चक्कीसहित पक्राउ गरेको छ भने उदयपुर त्रियुगा नगरपालिका ३ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलिले स्थानिय २७ वर्षीय…
झापा, ६ फागुन । क्यानाडाको टोरन्टोमा ८० जना सवार एक विमान अवतरण गर्ने क्रममा पल्टिँदा १९ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको एपीले जनाएको छ । मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन प्रशासनले सकुशल निकालेको छ । ७६ जना यात्रु र चार चालक दलका सदस्य रहेको सो विमान स्थानीय समय अनुसार दिउँसो सभा २ बजे दुर्घटना भएको हो । दुर्घटना के कारणले भयो भन्ने स्पष्ट नभएपनि मौसमकै कारण हुन सक्ने अनुमान गरिएको छ । क्यानाडामा ६५ किलोमिटरको गतिमा हिउँ र हावा चलिरहेको र तापमान माइनस ८ दशमलव…
झापा, ६ फागुन । चालु आवको छ महिनामा १० हजार सात सय ७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार एक सय ८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका सात सय ३१ र टिकटकसँग जोडिएका एक सय ५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०र८१ मा कुल १९ हजार सात सय ३०, आव २०७९र८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका…
झापा, ६ फागुन । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ। गृह मन्त्रालयका अनुसार २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सवारी दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सवारी दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको मृत्यु भइसकेको छ। गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सवारी दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ। गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह…
झापा, ६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ तीन पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ९९…
झापा, ६ फागुन । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ । यी हुन् कालोसूचीमा पर्नेहरु
बिर्तामोड, ५ फागुन । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३(० गोलअन्तरले पराजित गर्दै कनकाई अन्तरपालिका महिला फुटबलको च्याम्पियन बनेको हो । कनकाईको जितमा सिम्रन राई र पूर्णिमा राईले गोल गरेकी हुन् । पहिलो हाफको ७ मिनेटमै कनकाईकी सिम्रन राईले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो । खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमा राईले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । यसैगरी, सिम्रन राईले ६०औँ मिनेटमा व्यक्तिगत दुई गोल तथा…
चन्द्र बस्नेतकनकाई, ५ फागुन । कनकाई नगरपालिकाको विकासका लागि सम्पूर्ण नगरबासीको सहकार्य आवश्यक रहेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ। नगरपालिका द्वारा सोमबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो । कनकाई ९ स्थित कृषि बजारको टहरामा आज सोमबार आर्थिक वर्ष २०८१÷८२ को प्रथम चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियोे ।सोही क्रममा उठेका जिज्ञासा्को जवाफ दिने क्रममा नगर प्रमुख पोखरेलले उक्त कुरा बताउनुभएको हो।नगरप्रमुख पोखरेलले कुनैपनि काम सफल पार्न नगरबासीसबैको साथ सहयोग भएमात्रै सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा आएका प्रश्न तथा जिज्ञासाका विषयमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, कृषि…
सन्तोष शर्मा भद्रपुर, ५ फागुन । झापाको भद्रपुरस्थित मेचीरंगशालामा हुन लागेको ‘भद्रपुर झापा गोल्डकप’ को दोस्रो संस्करणको तयारी पूरा भएको छ । मेची रंगशाला परिसरमा आज पत्रकार सम्मेलनमा आयोजक भद्रपुर झापा गोल्डपकका अध्यक्ष दिपेश ढकालले ‘सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको उहाँले बताउनुभयो । “दोस्रो भद्रपुर झापा गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “गोल्डकपका लागि झण्डै दुई महिना लगाएर उत्कृष्ट मैदान बनाइएको छ ।”…