मोरङ, ६ फागुन । मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको मिक्लाजुङ–७ स्थितबाट इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा स्थानिय २० वर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल ९६, स्पास्टिन २३८ क्याप्सुल र नाईट्रेजेपाम ४ ट्यापलेट सहित प्रकाउ गरेको छ ।
त्यसैगरी, सुनसरीको अस्थायीप्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलोले धरान उप महानगरपालिका–१६ का २० वर्षीय निशान तामाङको साथबाट ट्रमाडोल १८२ क्याप्सुल र स्पास्पेन १८२ चक्कीसहित पक्राउ गरेको छ भने उदयपुर त्रियुगा नगरपालिका ३ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलिले स्थानिय २७ वर्षीय दिपेश चौधरीलाई ५७ एम्पुल लागूऔषध औषधी सहित नियन्त्रणमा लिएको छ ।
प्रतिबन्धित लागूऔषध पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


