झापा, ६ फागुन । क्यानाडाको टोरन्टोमा ८० जना सवार एक विमान अवतरण गर्ने क्रममा पल्टिँदा १९ जना घाइते भएका छन् ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको एपीले जनाएको छ । मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन प्रशासनले सकुशल निकालेको छ । ७६ जना यात्रु र चार चालक दलका सदस्य रहेको सो विमान स्थानीय समय अनुसार दिउँसो सभा २ बजे दुर्घटना भएको हो ।
दुर्घटना के कारणले भयो भन्ने स्पष्ट नभएपनि मौसमकै कारण हुन सक्ने अनुमान गरिएको छ । क्यानाडामा ६५ किलोमिटरको गतिमा हिउँ र हावा चलिरहेको र तापमान माइनस ८ दशमलव डिग्री सेल्सियस रहेको क्यानाडाको मौसम विज्ञान सेवाले जनाएको छ । क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले घटनालाई गम्भीर रुपमा नजिकबाट नियालिरहेको बताएका छन् ।


