
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सङ्खुवासभा, ८ असार । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् । पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो । पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका–६ खानीडाडाँमा यारबहादुर तामाङका ६ जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । उहाँका अनुसार पहिराले विश्वकर्माको दुईतले घर पछाडितिरको भाग भत्काएको छ । पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घरसमेत जोखिममा परेको छ । फेरि पहिरो जानसक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी…
झापा, ८ असार । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गएराति बानेश्वरस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दमसहितका स्वास्थ्य समस्याका कारण केही दिनअघि उनी अस्पताल भर्ना भएका थिए । काभ्रेको खरेलथोकमा २००३ सालमा जन्मिएका खरेल विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए। उनले २०२५र०२६ सालतिर तत्कालीन नेशनल कलेज ९हाल शंकरदेव क्याम्पस० मा नेपाल विद्यार्थी संघको इकाइ समिति सचिवको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा सुरु गरेका थिए। खरेलले २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा जनआन्दोलन २०६२–६३मा सक्रिय भूमिका निर्वाह गरेका थिए। लोकतन्त्रका…
झापा, ८ असार । विषालु सर्पले डस्दा झापाको गौरीगञ्जमा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको सर्पले डस्दा मृत्यु भएको हो । सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको सोही दिन राति मृत्यु भएको हो ।
झापा, ८ असार । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिएको बर्ड फ्लु नियन्त्रणबाहिर जाँदै गर्दा ललितपुरस्थित जावलाखेल सदर चिडियाखानामा संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन सुरु गरिएको छ। चिडियाखानामा रहेका जीवजन्तुमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि असार २ गते नमुना परीक्षणका लागि पशु सेवा विभाग पठाइएको थियो। परीक्षणपछि असार ३ गते बर्ड फ्लु पुष्टि भएको विभागले जनाएको छ। विभागले तत्काल समन्वय र नियन्त्रणका लागि टोली खटाए पनि चिडियाखाना भने तीन दिनसम्म खुला नै राखिएको थियो। असार ५ गते मात्रै चिडियाखाना प्रशासनले बर्ड फ्लु देखिएको भन्दै अनिश्चितकालका लागि चिडियाखाना बन्द गर्ने सूचना जारी गरेको थियो। संक्रमण पुष्टि भएको विषय समयमै…
झापा, ८ असार । मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गल आसपासका किसानहरू वर्षौंदेखि जङ्गली हात्ती र बाँदरको आतंकबाट पीडित छन्। बाली पाक्ने समय नपुग्दै वन्यजन्तुले क्षति पुर्याउने समस्या यहाँका किसानका लागि सामान्य बनेको छ। तर स्थानीय भूपेन्द्र तामाङका लागि यो समस्या अहिले विगतको कुरा बनेको छ। पेसाले इन्जिनियर रहेका तामाङले छ वर्षअघि ‘टुकु कृषि फार्म’ दर्ता गरेर दुई बिघा निजी जग्गामा ३०० वटा ‘मेकाडामिया नट्स’का बिरुवा रोपे। पोखरास्थित कृषि अनुसन्धान केन्द्रबाट प्रतिगोटा २०० रुपैयाँका दरले बिरुवा खरिद गरी ल्याएका उनले नेपालमै पहिलोपटक यति ठूलो क्षेत्रफलमा यसको व्यावसायिक खेती सुरु गरेको दाबी गर्छन्। ओमेगा–१, ओमेगा–२ र ओमेगा–३ जस्ता पोषक तत्व प्रशस्त मात्रामा…
झापा, ८ असार । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भू(भागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ । अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली भएको छ । मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने लुम्बिनी र कर्णाली प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । सोमबार दिउँसो र राति देशका हिमाली र…
चितवन, ७ असार । प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादबारे आफूले संसद्मा दिएको अभिव्यक्तिको बचाउ गर्दै ब्रिटिस सरकारलाई मध्यस्थकर्ता बनाउन खोजेको नभई ऐतिहासिक प्रमाणको सन्दर्भमा कुरा गरेको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कालापानी र लिपुलेक नेपालको भूमि भएको पर्याप्त प्रमाण नेपालसँग रहेको बताउनुभयो। “हामीले सीमाको विषयमा बोल्दा आपत्ति जनाइयो। कालापानी–लिपुलेकको प्रमाण हामीसँग छ। ब्रिटिस शासनकालका अभिलेख र प्रमाणको कुरा गरेका हौँ, ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ,” उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद दुई देशबीचको कूटनीतिक संवादबाटै समाधान हुनुपर्ने धारणा दोहोर्याउनुभयो। साथै, आफ्नो राष्ट्रियताप्रति प्रश्न उठाइनु दुःखद भएको उल्लेख गर्दै “मेरो…
झापा, ७ असार । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ ।
मोरङ, ७ असार । मोरङको विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकले खुकुरी प्रहार गर्दा तीन जना घाइते भएका छन् । विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिण कार्कीले धारिलो हतियार प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । प्रहरीका अनुसार कार्कीलाई ‘साथीभाइ नेपाल सुधार गृह’ काठमाडौं पठाउने तयारी भइरहेका बेला आइतबार दिउँसो करिब ३ः३० बजे उनले आफू बसेको कोठा थुनेर आत्महत्याको प्रयास गरेका थिए । घटनाबारे जानकारी प्राप्त भएपछि सिआरभी भट्टाचोकबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । सुधार गृहका प्रतिनिधि, आफन्त तथा प्रहरी टोलीले कार्कीलाई सम्झाइ–बुझाइ गरी बाहिर ल्याउने प्रयास गरिरहेका बेला उनले…
बिर्तामोड, ७ असार । बिर्तामोड नगरपालिकाको आयोजनामा आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ स्थित चारपानेमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सरकारी नीति तथा प्रक्रियाका कारण केही विकास निर्माणका कामहरू अपेक्षित रूपमा अघि बढाउन कठिनाइ हुने गरेको बताउनुभयो । नगरपालिकाले आह्वान गरेको बालुवा–गिटीको ठेक्काको सन्दर्भमा बोल्दै उहाँले कुनै पनि आवेदन नपरेकाले नगरबासीलाई आवश्यक गिटी उपलब्ध गराउन समस्या भएको स्पष्ट बनाउनुभयो । नगर प्रमुख प्रसाईंका अनुसार गिटीको सरकारी दर प्रति टिपर ७ हजार २ सय ५० रुपैयाँ (७.५ घनमिटर)भए पनि महँगीको कारण भाउ बढेकोले भ्याटसमेत जोडिँदा मूल्य करिब ९ हजार रुपैयाँ पुग्ने अवस्था छ।…