jhapaonline add

मेष: घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। वृष: धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। मिथुन: आफन्त र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। कर्कट: वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। माया प्रेममा समीपता बढ्नेछ। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक…

Read More

झापा, १३ असार । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा कचनकवल प्राविधिक शिक्षालय भवनको शिलान्यास गरिएको छ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमका बीच प्राविधिक शिक्षालय भवनको शिलान्यास गर्नुभयो । युवाले प्राविधिक शिक्षा प्राप्त गर्न सके आय आर्जनको क्षमता विकास हुनुका साथै स्वदेश वा विदेश जहाँ रहे पनि उनीहरुले राम्रो काम र दाम पाउने नेता सिटौलाले बताउनुभयो । उहाँले प्राविधिक शिक्षालयको बजेट कुनै पनि हालतमा नरोकिने भएकाले समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य बसन्त बानियाँ, झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । कचनकवल प्राविधिक शिक्षालयका…

Read More

झापा, १३ असार । हाल कोसी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अनि कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा–हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

झापा, १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १ लाख ६७ हजार ५९७ जना परीक्षार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । बोर्डका अनुसार उत्तीर्ण दर यो वर्ष ६१.८१ रहेको छ।

Read More

झापा, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक भएको छ । यस पटक एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत आज साँझ २०८१ सालको एसइईको नतिजाबारे जानकारी दिनुभयो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । सार्वजनिक गरिएको नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । ८१ हजार ३८५ जनाले ३.२ देखि ३.६…

Read More

झापा, १३ असार । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो। विभागका महानिर्देशक प्रकाश सञ्जेलका अनुसार वर्षे र चैते दुवै मिलाएर ५९ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा खेती क्षेत्र १.२८ प्रतिशतले घटे पनि उत्पादकत्वमा सुधार आएपछि कुल उत्पादन ४.०४ प्रतिशतले वृद्धि भएको जनाइएको छ। सरकारी तथ्यांकअनुसार, मुलुकलाई आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टनको अभाव छ। चालु आर्थिक वर्षको जेठ…

Read More

वीरगञ्ज, १३ असार । वीरगन्ज महानगरपालिका–२८ स्थित सडक खण्डमा आज दिउँसो ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सोही ट्याक्टरले च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–२८ बगहीमा आज दिउँसो ट्र्याक्टर पल्टिँदा बगही निवासी स्थानीय पन्नालाल पटेलका १७ वर्षीय छोरा आकाश पटेल र राजेश पटेलका १८ वर्षीय छोरा गोलु पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर दुर्घटनामा वीरगन्ज महानगरपालिका–२८ इनर्वाका १९ वर्षीय जयकुमार मण्डल गम्भीर घाइते भएको र उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ । पर्साको भेडाहा खोलाबाट बालुवा लिएर बगही जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर आज…

Read More

झापा, १३ असार । झापाको अर्जुनधारा नगरपालिकाबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । अर्जुनधारा–६ की ५९ वर्षीया अमृतमाया लिम्बु र इलाम नगरपालिका–१२ घर भई हाल झापाको अर्जुनधारा–१ स्थित निर्माणाधीन पुलमा काम गर्दै आएका २० बर्षीय रोशन भट्टराईलाई १ किलो ८ सय ८८ ग्राम ६ सय ३० मिलिग्राम गाँजासहित प्रहरी चौकी शनिश्चरेले पक्राउ गरेको हो । त्यस्तै, प्रहरी चौकी भरौल सुनसरीको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–४ स्थितबाट चेकजाँचको क्रममा को. १ ह ९५१० नम्बरको अटो भित्रबाट लुकाई छिपाई राखेको ७५ किलो गाँजा बरामद गरेसँगै अटो चालक इटहरी–१० का ४५ बर्षीय सुरतलाल चौधरीलाई नियन्त्रणमा लिएको छ ।

Read More

सन्तोष शर्मा झापा, १३ असार । झापामा हात्तीको आक्रमणबाट ७२ जना मानिसको मृत्यु भएको छ । आर्थिक वर्ष २०६७/०६८ देखि २०८१/०८२ को हालसम्म सात जना गैर नेपालीसहित ७२ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका डा. सुमन भलले जानकारी दिनुभयो । सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । चालू आर्थिक वर्ष २०८१/०८२ को साउन महिनादेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । पछिल्लो १५ वर्षको तथ्यांक हेर्दा औषतमा बर्सेनि पाँच जनाको मृत्यु भएको देखिन्छ । जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविक मार्ग निर्माण, वन क्षेत्रमा…

Read More

झापा, १३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ६७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा, क्यानेडियन…

Read More