jhapaonline add

शशि पन्थीरुपन्देही, २५ वैशाख । भारत– पाकिस्तानको तनावलाई लिएर रुपन्देही जिल्लाका नेपाल–भारत सीमा क्षेत्रमा दुई देशका संयुक्त सुरक्षा गस्तीहरूलाई बढाइएको छ । सीमा क्षेत्रहरूमा सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही जिल्लाका नेपाल–भारतका सीमा क्षेत्रमा साविक भन्दा बढी मोबाइल गस्ती, चेक पोइन्ट बढाइएको सशस्त्र प्रहरी बल हेक्वा २७ नं गणका एसपी मेखराज जोशीले बताउनुभयो । संयुक्त गस्ती र सुरक्षा गस्ती बढाइएको छ एसपी जोशीले भन्नुभयो, एकल गस्ती, सीमा पैदल गस्ती र शङ्कास्पद बस्तु चेक जांचगर्ने काम भएको छ । हाम्रो टोली पनि बढाउने काम गरेका छौँ । दैनिकी समन्वय गरि बोर्डर मिटिङ गरिरहेको सशस्त्र प्रहरी बल नेपाल २७ नं गणका प्रवक्ता मोहन न्यौपानेले…

Read More

झापा,, २५ वैशाख। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९५५ मा बेचबिखन भइरहेको छ । बुधबार प्रतितोला सुन रु एक लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

Read More

झापा, २५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । धर्मशाला स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पन्जाब १५ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै दिल्ली १३ अङ्कसहित पाँचौं स्थानमा रहेको छ ।

Read More

झापा, २५ वैशाख । विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार इलाम नगरपालिका–९ गोलाखर्क बस्ने ५४ वर्षीया माया बराईली आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी कास्की, पोखरा महानगरपालिका–१४ स्थित छाप्रोभित्र अन्दाजी ३२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् भने सिराहाको कल्याणपुर नगरपालिका–३ स्थित सडक छेउमा सोही नगरपालिका–२ चतरीटोल बस्ने ४५ वर्षीय राम उदगार मुखिया पनि मृत अवस्थामा फेला परेका छन् । यसैगरी रौतहटको माधवनारायण नगरपालिका–१ स्थित सडक पेटीमा राजपुर नगरपालिका–४ फतुवा बस्ने ४० वर्षीय रामराज महतो, कपिलवस्तुको महाराजगंज नगरपालिका–१० हर्दौनास्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बचन लोनिया…

Read More

झापा, २५ वैशाख । झापा, मोरङ, सुनसरी, भोजपुर र धनकुटाको विभिन्न स्थानबाट प्रतिवन्धित औषधी र ब्राउन सुगरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २४ गते सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितमा लागू औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलीले ३० वर्षीय मिलन लिम्बुलाई प्रतिवन्धित औषधी Tramadol-३ हजार ९० क्याप्सुल, Dicyclomine-३ हजार ७० ट्याब्लेट रDIAZEPAM-३० एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङ बिराटनगर–१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी–४ का १९ वर्षीय हेमराज बिश्वकर्मा, १८ वर्षीय सुदिप बिश्वकर्मा र सुनसरी इटहरी –४ का १९ वर्षीय एलेक्स सुबेदीलाई…

Read More

झापा, २५ बैशाख । लागुऔषध मुद्दामा कारगारमा रहेकालाई छुुटाई दिन सहजीकरण गर्ने भन्दै रकम असुल्न खोज्ने एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्युटर अपरेटर राम लखन बनियालाई अख्तियारले नियन्त्रणमा लिएको हो । उनीमाथि लागुऔषध मुद्दामा कारगारमा रहेका सेवाग्राहीसँग छुुटाई दिन सहजीकरण गर्ने भन्दै घुस लिएको आरोप छ । बुधबार अख्तियारको टोलीले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनुभयो ।

Read More

झापा, २५ बैशाख । आज विश्व स्मृति एवम् मेलमिलाप दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरुलाई आह्वान गरेअनुरुप विभिन्न राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज एवं दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन् । न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ ।

Read More

झापा, २५ बैशाख । दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ । मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताउनुभएको ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गर्नुभएको बताइन्छ । सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्र गुरु वशिष्ठसँग जिज्ञासा राखेपछि यसको महत्वबारे उहाँले प्रस्ट…

Read More

झापा, २५ बैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै, बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत नेपालको मौसमी प्रणालीमा कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान महाशाखाले गरेको छ । मुलुकका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका बाँकी भूभागमा मौसम भने सफा रहनेछ । आज राति पनि देशका पहाडी भूभागको मौस आंशिक बदली रहने छ।…

Read More

नकुल काजीमौजूदा संविधानमा हाम्रो लोकतन्त्रलाई जस्तोसुकै बुट्टे शब्दावलीले चिटिक्क सिँगारेर लोक–अपेक्षाको अनुकूल शासकीय शैली अख्तियार गरिने स्वरूप र प्रतिबद्धता अंकित भए पनि गणतन्त्रोत्तर, शासक–मण्डलमा पुगेकाहरू र सो हैसियतमा उभिने उपाय (?)–को नकारात्मक गतिविधिमा अहोरात्र कस्सिइरहेकाहरू बाहेक, देशको कुनै पनि कित्ताका जनताले त्यो अनुरुप सुखद अनुभूति पाइरहेका बुझिँदैन । समग्रतामा नागरिकले जे ‘हुनुपर्छ’ वा ‘हुनु हुँदैन’ भन्छन्, शासकमा रूपान्तरिक भएपछि जुनसुकै दलका नेताले त्यही–त्यही चाहिँ लादिरहेका छन् ! प्रथमतः देशले ओैपचारिक रूपमा गणतान्त्रिक प्रणाली स्वीकारे यताको अवधिमा मात्र होइन, २०४७ सालको परिवर्तनपछिको कालदेखि नै दलहरूले स्वयम् आफैभित्रको प्रजातन्त्र वा लोकतन्त्रको तेजोबध गर्दै प्रमुख नेताको अधिनायकत्व लाद्ने दुष्कर्म गर्दै आएका छन् ।…

Read More