झापा, २५ वैशाख । झापा, मोरङ, सुनसरी, भोजपुर र धनकुटाको विभिन्न स्थानबाट प्रतिवन्धित औषधी र ब्राउन सुगरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख २४ गते सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितमा लागू औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलीले ३० वर्षीय मिलन लिम्बुलाई प्रतिवन्धित औषधी Tramadol-३ हजार ९० क्याप्सुल, Dicyclomine-३ हजार ७० ट्याब्लेट रDIAZEPAM-३० एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङ बिराटनगर–१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी–४ का १९ वर्षीय हेमराज बिश्वकर्मा, १८ वर्षीय सुदिप बिश्वकर्मा र सुनसरी इटहरी –४ का १९ वर्षीय एलेक्स सुबेदीलाई ब्राउन सुगर ३ ग्राम १ मिलिग्राम र प्रहरी चौकी गछियाले सुन्दरहरैचा–३ का २७ वर्षीय गोबर्धन गुरुङ, २६ वर्षीय गुलाब चौधरी, २५ वर्षीय शक्ति राई, २० वर्षीय बिशाल उराउलाई प्रतिवन्धित औषधी ट्रमाडोल– १ हजार ३ सय ३० ट्याब्लेट र ब्राउन सुगर १ ग्राम १८ मिलिग्राम सहित पक्राउ गरेको छ ।
त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी–८ का वर्ष २७ को सुनिल लिम्बुलाई औषधी TRAMADOL-१ सय ५० क्याप्सुल सहित र प्रहरी चौकी शनिश्वरेले अर्जुनधारा–८ का ३२ अर्जुन राजवंशीलाई ब्राउन सुगर ४ ग्राम ४ मिलिग्राम र औषधी ९ एम्पुल सहित पक्राउ गरेको छ ।
सोही दिन धनकुटा छथरजोरपाटी गाँउपालिका–६ स्थितमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सोही स्थानका २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुदिल लिम्बुलाई ब्राउन सुगर २ सय १० मिलिग्राम र निषेधित औषधी–८ क्याप्सुल सहित पक्राउ गरेको छ, भने प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी टोलिले भोजपुर हतुवागढी गाँउपालिका–९ स्थितबाट ब्राउन सुगर ७ सय ५० मिलिग्राम बरामद गरेको छ ।


