झापा, २५ बैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै, बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत नेपालको मौसमी प्रणालीमा कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान महाशाखाले गरेको छ । मुलुकका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका बाँकी भूभागमा मौसम भने सफा रहनेछ ।
आज राति पनि देशका पहाडी भूभागको मौस आंशिक बदली रहने छ। पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। हिमाली भागका एकदुई स्थानमा आज राति पनि हल्का वर्षा र हिमपात पनि हुनसक्ने अनुमान छ।


