झापा, २५ बैशाख । लागुऔषध मुद्दामा कारगारमा रहेकालाई छुुटाई दिन सहजीकरण गर्ने भन्दै रकम असुल्न खोज्ने एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्युटर अपरेटर राम लखन बनियालाई अख्तियारले नियन्त्रणमा लिएको हो । उनीमाथि लागुऔषध मुद्दामा कारगारमा रहेका सेवाग्राहीसँग छुुटाई दिन सहजीकरण गर्ने भन्दै घुस लिएको आरोप छ ।
बुधबार अख्तियारको टोलीले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनुभयो ।
Facebook Comments Box


