
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सरोज भट्टराईशिवसताक्षी, ६ असार । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ मा चालु आर्थिक वर्षका विकासका कामहरु अन्तिम चरणमा पुगेका छन् । आर्थिक वर्ष २०८१ ÷०८२ मा वडा गौरवको आयोजना लगायत अन्य आयोजनाहरुको कामहरु ९० प्रतिशत सम्पन्न भएको वडा नंं ५ को कार्यालयले जनाएको छ । वडाले चालु वर्षमा सडक र सामाजिक विकास तर्फका कामहरु धेरै गरेको पाइएको छ । शिवसताक्षीको ५ नम्बर वडामा चालु वर्षमा ४.५ किमी सडक कालोपत्रे भएको छ । संघीय सरकारबाट ४ करोड र प्रदेश सरकारबाट विनियोजित २५ लाख रकमबाट ४.५ किमी सडक कालोपत्रे भएको वडाध्यक्ष सिकिन पासवानको भनाई छ । शिवगञ्ज, आमबाढी जनता हुँदै श्यालमारा…
झापा, ६ असार । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ । ३८ जना यात्रु सवार भे १ ख ४०८५ नम्बरको बस गए राति करिब ११ बजेतिर बाढीले बगाएको हो । बस बाढीले बगाए पनि त्यसमा सवार तीन जना शिशुसहित ३८ जना यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए। बाढीले बगाएको बस घटनास्थलबाट एक किलोमिटर तल फेला परेको छ।
झापा, ६ असार । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ। यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १ हजार ८४२ जनाले प्रहरी जवान बन्ने अवसर पाउने भएका छन् । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै पद थप गरिएको जानकारी दिएको हो । नयाँ थपिएकोसहित अब खुलातर्फ ९९३ जनाको माग गरिएको छ। यस्तै, समावेशी समूहतर्फ आदिवासी, जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० तथा अमर अशक्त प्रहरी परिवारका लागि ३७ पदमा…
झापा, ६ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। आज राति देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको…
झापा, ५ असार । मोरङ विराटनगर महानगरपालिका–३ भित्रि सडक खण्डमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । असार ४ गते दिउँसो को १ क ९५३ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०१–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक मोरङ सुन्दरहरैंचा–१२ का २० वर्षीय पृतम बजगाईं र स्कुटर पछाडि सवार ५० वर्षीय सुशील बजगाईंलाई तत्काल उपचारका लागि विराट टिचिङ्ग अस्पताल लगिएकोमा पछाडि सवार सुशील बजगाईंलाई चिकित्सकले चेकजाँचको क्रममा मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न टिपर चालक मोरङ कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कुलदिप चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको…
झापा, ५ असार । पर्साको ठोरी नाका हुँदै भारतको दिल्लीबाट अबैधरुपमा खाडी मुलुक जान लागेका चार महिलासहित पाँच जनालाई सशस्त्र प्रहरीले सीमा नाकाबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीबल नेपाल बोर्डर आउट पोष्ट ठोरीबाट खटिएको सशस्त्र प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडी मुलुक कुवेत र ओमान जान लागेका उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये इलामका दुई महिलाले ओमान जाने बताएका छन् भने रोल्पाका दुई महिला नयाँ दिल्लीमार्फत खाडीमूलक जान लागेको बताएका छन् । सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले उनीहरुलाई भारत लैजान लागेको आशङ्कामा चितवनको माडी नगरपालिका वडा नम्बर–८ का दीपक खड्कालाई पनि नियन्त्रणमा लिएर…
झापा, ५ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ बस्ने दाङको घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखाको धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरुङ रहेका छन् । पक्राउमध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै तीन जना पीडितबाट छ लाख र सुरेशले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट चार लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौँ–७ बाट बुधबार र सुरेशलाई काठमाडौँ–२६ बाट मङ्गलबार…
बिर्तामोड, ५ असार । कोशी प्रदेश स्काउटको सहकार्यमा स्थानीय स्काउट कार्यालय बिर्तामोडले ७४औं स्काउट स्थापना दिवसको अवसरमा प्रभातफेरी र वृक्षारोपण गरेको छ । कार्यक्रमको औपचारिक उद्घाटन गर्दै महेन्द्र रत्न माविबाट रयाली सुरु भई दुर्गा मावि गरामनीको प्राङ्गणमा कोण सभा गर्दै वृक्षारोपन गरिएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिका नगर उपप्रमुख नगेन्द्र संग्रौला, नगर शिक्षा शाखा प्रमुख तिलचन निरौला, देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठ लगायत नगरका निजी, सामुदायिक विद्यालय गरी करिब ५०० बढी विद्यार्थीको सहभागिता रहेको थियो । वृक्षारोपन कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, शिक्षिका लगायतले २५० बढी विरुवा रोपण गरेका थिए ।
झापा, ५ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज ९असार ५, बिहीबार० पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने अधिकांश नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ। आज पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, पर्सा, चितवन, नवलपुरपूर्व, नवलपुरपश्चिम, गुल्मी, अर्घाखाँची, पाल्पा,…
झापा, ५ असार । गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद आजका दिनदेखि बदर भएको निर्णय गरेको हो । गुण्डा नाइकेका रूपमा परिचित मनाङेले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको अभियोग थियो । आक्रमणमा मनाङेको समूहले चक्रेको हात नै छिनाएको थियो । २०८१ कात्तिक २० गते सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले…