बिर्तामोड, ५ असार । कोशी प्रदेश स्काउटको सहकार्यमा स्थानीय स्काउट कार्यालय बिर्तामोडले ७४औं स्काउट स्थापना दिवसको अवसरमा प्रभातफेरी र वृक्षारोपण गरेको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन गर्दै महेन्द्र रत्न माविबाट रयाली सुरु भई दुर्गा मावि गरामनीको प्राङ्गणमा कोण सभा गर्दै वृक्षारोपन गरिएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिका नगर उपप्रमुख नगेन्द्र संग्रौला, नगर शिक्षा शाखा प्रमुख तिलचन निरौला, देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठ लगायत नगरका निजी, सामुदायिक विद्यालय गरी करिब ५०० बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
वृक्षारोपन कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, शिक्षिका लगायतले २५० बढी विरुवा रोपण गरेका थिए ।
Facebook Comments Box


