
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १ असार । मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटना हुँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको छ। बेलबारी नगरपालिका–४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवलदार जितेन्द्र चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए। पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन पनि घाइते भएका छन्। विमलाको कान…
झापा, १ असार । झापाको अर्जुनधारा नगरपालिकामा गएराति पौडी खेल्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । अर्जुनधारा–११ माता मन्दिरस्थित सीएम स्वीमिङ पुलमा काठमाडौं महानगरपालिका–१४ बाफल घर भई विगत दुई महिनादेखि बिर्तामोड बसपार्कमा बस्दै आएको ४० वर्षीय केशव पाठक पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । डुबेर घाइते भएका उनलाई साथीहरुले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १ असार । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशको एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…
मोरङ, ३१ जेठ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान् श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उहाँको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो । मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ…
सन्तोष शर्माभद्रपुर, २६ जेठ । झापाको भद्रपुर नगरपालिकामा २१ वटा योजनाकाल लागि करिब रू ४२ करोड बढी बजेट संघीय सरकारले विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले यहाँका विभिन्न २१ वटा योजना निर्माणार्थ रू ४१ करोड ९५ लाख बजेट विनियोजन गरेको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । नगरप्रमुख गणेश पोखरेल भद्रपुर–६ स्थित राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको संग्रहालय भवनका लागि रू तीन करोड, भद्रपुर–८ स्थित मेची रंगशालाका लागि रू तीन करोड, भद्रपुर–८ स्थित गिरिजाप्रसाद कोइराला स्मृति सभा गृहका लागि रू तीन करोड, भद्रपुर–५ र ६ सिटी गार्डेन–बहलमानपट्टि हुँदै झिम्की चोकसम्म सडक निर्माणार्थ रू…
बाजुरा, २६ जेठ । बाजुराको बुढीगंगा नगरपालिका– ६, बाम्का बजारमा शुक्रबार दिउँसो लागेको भीषण आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बुढीगंगा नगर प्रमुख रामबहादुर बानियाँले हालसम्म १९ करोड ६ लाख ४० हजार ९सय ९९ रुपैयाँ बराबरको क्षतिको विवरण सङ्कलन भएको बताउनुभयो । आगोले २० वटा पसल पूर्ण रूपमा र १४ पसल आंशिक रुपमा जलेका छन् । आगलागीपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ दिने निर्णय गरेको छ भने बुढीनन्दा नगरपालिका र स्वामिकार्तिक गाउँपालिकाले एकरएक लाख, त्रिवेणी नगरपालिकाले १० लाख र बुढीगंगा नगरपालिकाले पाँच लाख सहयोग गर्ने निर्णय गरिसकेका छन् । यस्त, विभिन्न निकायबाट…
झापा, २४ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम…
झापा, २४ जेठ । आज वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन…
कनकाई, २४ जेठ । कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आज आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन् । स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरूलाई करेन्ट लागेको थियो । घाइते हुनेहरूरुमा कनकाई ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की रहेका छन् । घाइतेहरूको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आजै…
झापा, २४ जेठ । आज शनिबार पनि देशभर विभिन्न स्थानमा मौसम बदली वर्षा र हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ। आज राति कोसी प्रदेशलगायत देशका पहाडी…