
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
पाल्पा, १२ असार । जिल्ला प्रहरी कार्यालय पाल्पाले सासुको हत्या गर्ने ज्वाइँलाई २१ वर्षपछि पक्राउ गरेको छ । २०६१ साल असार १९ गते पाल्पाको साबिक सिलुवा गाविस ९ हाल पूर्बखोला गाउँपालिका १ गुनडाँडामा ५५ वर्षीया सासु चिनीसरा सार्कीको हत्या गरी फरार रहेका सोही स्थानका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई २१ वर्षपछि पाल्पा प्रहरीले पक्राउ गरेको हो । पूर्ण बहादुर भारतमा लुकिछिपी बसेको र नेपाल फर्किने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले आज बिहान करिब ४ बजेको समयमा बाँके जिल्ला नेपालगन्ज उप महानगरपालिका–१५ स्थित जमुनाह भन्सारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख पवनकुमार भट्टराईले जानकारी दिनुभयो । मृतको छोरीले…
मुम्बई, १२ असार । सलमान खान एक क्रिकेट क्लबका प्रमुख बनेका छन् । शाहरुख खानलाई पछ्याउँदै अर्का बलिउड अभिनेता सलमान खान पनि क्रिकेटको दुनियाँमा प्रवेश गरेका हुन् । भारतीय संचारमाध्यमका अनुसार उनी एक क्रिकेट क्लबका मालिक बनेका छन् । तर, आइपीएल चाहिँ होइन । इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल)को लागि उनी दिल्लीको एक क्लबका प्रमुख बनेका हुन् । नयाँ दिल्ली क्लब र सलमानको संलग्नताले यो लिगको द्रुत विकास र बढ्दो सांस्कृतिक प्रवर्धनमा मद्दत गर्ने आयोजकको विश्वास छ । आइएसपीएललाई भारत रत्न सचिन तेन्दुलकर, एसियाली क्रिकेट परिषद्का सदस्य तथा क्याबिनेट मन्त्री आशिष शेलार, मीनल अमोल काले र सुरज समत सम्मिलित कमिटीले…
डा. दिजा खनालप्रसूति तथा स्त्री रोग विशेषज्ञतेस्रो महिनामा केही लक्षणहरू पहिलो दुई महिनाकै निरन्तरता हुन सक्छन्, भने केही नयाँ लक्षणहरू पनि थपिन्छन् । गर्भावस्थाको तेस्रो महिना के गर्ने, के नगर्ने ? पहिलो त्रैमासिक लगभग समाप्त हुन्छ र नयाँ लक्षणहरू देखिन सक्छन्।थकान, चिडचिडापन र भावनात्मक उतारचढाव अनुभव गर्न सक्छन्।अत्यधिक वान्ता, गर्भपातको जोखिम र संक्रमणको सम्भावना हुन सक्छ, जसको समयमा चिकित्सकको परामर्श आवश्यक हुन्छ। तेस्रो महिनासम्म आइपुग्दा गर्भावस्थाको पहिलो त्रैमासिकको लगभग अन्त्यतिर पुगिसकेको हुन्छ । यो महिनामा प्रवेश गर्दा महिलाले अनुभव गर्ने लक्षणहरूमा केही पहिलेका निरन्तर देखिन्छन् भने केही नयाँ लक्षणहरू थपिन पनि सक्छन् । वाकवाकी र रिंगटा लाग्ने जस्ता समस्या यस…
यशोदा अधिकारीकाठमाडौँ, १२ असार । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार हिमाल बचाउ अभियानका अभियन्ता आङ छिरिङ शेर्पालाई दिइने भएको छ । मदन भण्डारी फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरी जननेता भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा यही असार १४ गते उक्त पुरस्कार प्रदान गरिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा पुरस्कार छनौट समितिका संयोजक एवम् फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलले हाम्रा हिमालहरू दुःख पीडामा छन् भन्ने अभियानलाई अन्तर्राष्ट्रिय रुपमा विस्तार गरी जलवायु परिवर्तन, हिमाल बचाउ र सफाइ अभियानका साथै नेपालको पर्यटन विकासमा समेत विशिष्ट योगदान पुर्याए बापत शेर्पालाई पुरस्कृत गरिन लागिएको जानकारी दिनुभयो । २०६८ सालदेखि प्रत्येक वर्ष जननेता मदन…
काठमाण्डौ, १२ असार । सरकारले यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनता ‘खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । खाद्य सुरक्षाका लागि धानको उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको हो । कृषि विभागले २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा यही असार १५ गते आउँदो आइतवार जलवायु अनुकूलित प्रविधिको अनुसन्धान तथा धानको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम गर्दैछ । विभागले खुमलटारमा रोपाइँ, किसानलाई सम्मान, रैथाने बालीको संरक्षण, प्रविधिको प्रचारप्रसार, जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असर न्यूनीकरणका लागि विज्ञसँग अन्तरक्रिया कार्यक्रमको तयारी गरेको हो । विभागका महानिर्देशक प्रकाश सञ्जेलले किसान र अन्य…
एजेन्सी, १२ असार । इजरायली सेनाले गाजामा गरेको आक्रमणमा कम्तीमा ९० जना मारिएका छन् । गाजामा रहेका अस्पताल र राहत केन्द्रमा गएको २४ घण्टामा इजरायलले गरेको आक्रमणमा ९० जनाको ज्यान गएको अलजजिराले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको बताइरहेकै समयमा आक्रमण भएको हो । पछिल्लो समय गाजामा राहत लिन पालो कुरेर बसेकाहरू आक्रमणमा परिरहेका छन् । गाजामा इजरायली सैन्य अड्डा र राहत केन्द्र नजिकै छ । त्यहाँ भीड जम्मा हुनेबित्तिकै इजरायली आक्रमणको जोखिम बढ्ने गरेको छ ।
झापा, १२ असार । काठमाडौँको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगाएको छ । गएराति ग्राण्डिबाट बानियाटारसम्म करिब डेढ किलोमिटर कार बगेको हो । बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारबाट दाङ घर भएर टोखा बस्ने ३४ वर्षीया भावना वलीको उद्धार गरिएको छ । गएराति १० बजे भएको सो दुर्घटनाको उद्धारमा प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरञ्जन थापा र ट्राफिक प्रहरी खटिएका थिए । सो कारले नम्बर नखुलेको भाडा कारलाई साइड दिने क्रममा ईभीगाडी बाटोमा भासिएर खोलामा खसेको थियो । उद्धार गरिएकी महिलाको ग्रिनसिटी अस्पतालमा उपचार हुँदै छ । कार कञ्चनपुर घर भएर धुम्बाराही बस्ने ३५ वर्षीय…
झापा, १२ असार । यस वर्षको एसइई परीक्षा नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयका अनुसार उत्तरपुस्तिका परीक्षण सकिएको छ र प्राप्ताङ्क इन्ट्रीको अन्तिम चरणमा काम भइरहेको छ । यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिए पनि शिक्षक आन्दोलनका कारण ढिलाइ भएको हो । गत वर्ष चैत ७–१९ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
झापा, १२ असार । पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन तथा वातावरण मन्त्रालयले तत्काल प्रभावकारी परियोजना कार्यान्वयन गर्ने भएको छ। योजनालाई सफल बनाउन सम्बन्धित विकास साझेदारसँग अन्तरक्रिया गरी सुझावहरू सङ्कलन गरिएको छ। वनमन्त्री ऐनबहादुर शाही ठकुरीले तत्काल र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। राहत प्रक्रिया सरल बनाउने र आधुनिक प्रविधिसहित स्थानीय सहभागिता सुनिश्चित गरिनेछ। २००० देखि हालसम्म हात्तीको आक्रमणबाट ३४५ जनाको ज्यान गएको छ भने मानिसको आक्रमणबाट ५५ हात्ती मरेका छन्। हात्तीका कारण कृषि, पशु र घरगोठमा ठूला क्षति हुने गरेको छ। सहसचिव बुद्धिसागर पौडेललगायत वक्ताहरूले शिक्षाद्वारा चेतना फैलाउने, वैकल्पिक खेती प्रोत्साहन गर्ने र बिमा…
कञ्चनपुर, १२ असार । भारतको उत्तराखण्डस्थित रुद्रपुर र काशीपुर क्षेत्रबाट बन्धक बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई ‘किन इन्डिया’ संस्थाको पहलमा गड्डाचौकी नाका हुँदै स्वदेश फिर्ता गरिएको हो। उद्धारपश्चात गड्डाचौकी नाकामा ओर्लिएका पीडितहरूले आफूहरूलाई बन्धक बनाउने गिरोहविरुद्ध नाराबाजी गर्दै उद्धारकर्ताप्रति आभार व्यक्त गरेका थिए। उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर भारत लगिएको र त्यहाँ पुगेपछि कोठामा थुनेर खानपान तथा आवतजावतमा कडाइ गरिएको उनीहरूको भनाइ छ। एक पीडितले भने, “हामीलाई २३ हजार भारु लिएर जागिरका लागि लगियो, तर त्यहाँ पुगेर थुनेर राखियो, न त काम थियो, न राम्रो खाना।” उद्धार गरिएकामध्ये चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुम…