jhapaonline add

बिर्तामोड, २२ जेठ । झापाको बिर्तामोडमा काठमाडौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सी (केआइईसी) को शाखा सञ्चालनमा आउने भएको छ । यही जेठ २५ गतेदेखि बिर्तामोडको भद्रपुर रोडमा केआइईसी शाखा सञ्चालनमा आउने भएको हो । कन्सल्टेन्सीको केन्द्रीय कार्यालयले जेठ २५ गते आयोजना गर्न लागेको ‘केआइईसी रोड शो’ (शैक्षिक मेला) कै अवसरमा शाखा उद्घाटन हुने सञ्चालक आलोक कार्कीले जानकारी दिनुभयो । पाँच देशका १२ युनिभर्सिटीको प्रतिनिधि आउँदैरोड शोमा पाँच वटा मुलुकका १२ वटा युनिभर्सिर्टीका प्रतिनिधिले त्यहाँ अध्ययन गर्न चाहने विद्यार्थीलाई निःशुल्क परामर्श दिने सञ्चालक कार्कीले बताउनुभयो । रोड शोमा केआईईसीका प्रबन्ध निर्देशक राजेन्द्र रिजाल आउने उहाँले बताउनुभयो । रोड शोमा अस्टे«लिया, क्यानाडा, यूके, यूएसए…

Read More

मोरङ, २२ जेठ । मोरङको ग्रामथान गाउँपालिका–७ स्थितबाट लागुऔषध गाँजा ओसारपसारमा संलग्न २ जनालाई सवारी साधनसहित प्रहरीले पक्राउ गरेको छ । जेठ २० गते राति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारी र हरैंचाबाट खटिएको प्रहरी टोलीले ग्रामथान–७ कलाबन्जार चौक स्थितमा शंकास्पद अवस्थामा रहेका प्रदेश १–०४–००१ प ९८३५ मोटरसाइकलमा सवार जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामत र भारत अररिया पर्वाहा ग्राम पञ्चायतका ३२ वर्षीय विकासकुमार साहुलाई नियन्त्रणमा लिई सोधपुछको क्रममा उनीहरुले नजिकै रहेको होम पाइममा गाँजा लुकाई राखेको भनि जानकारी गराएकोमा उक्त स्थानबाट १२ पोका (३४७.११० किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा…

Read More

झापा, २२ जेठ । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जेठ २१ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भारत दार्जिलिङका २४ वर्षीय अभिजित सिंहलाई १३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै, सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे धरानले धरान–१७ का २२ वर्षीय टाइटस कार्कीलाई प्रतिबन्धित औषधि ४ हजार ४१० ट्याब्लेटसहित उनकै घरबाट नियन्त्रणमा लिएको छ ।

Read More

संखुवासभा, २२ जेठ । संखुवासभाको मादी नगरपालिका–९ फविङ स्थित पिलुवाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर पाँचखपन नगरपालिका–९ की १३ वर्षीया समिक्षा लिम्बूको मृत्यु भएको छ । त्यस्तै, चैनपुर नगरपालिका–२ की १३ वर्षीया छोरी दिक्षा राई घाइते भएकी छिन् । जेठ २१ गते पिलुवा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएको जानकारी पाउनासाथ प्रहरी चौकी नुनढाकीबाट प्रहरी टोली खटिएको थियो । स्थानीयबासीको सहयोगमा समिक्षा लिम्बूलाई मृत अवस्थामा र दिक्षा राईलाई घाइते अवस्थामा उद्दार गरेको थियो । दिक्षा राईको बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा थप उपचार भइरहेको छ ।

Read More

झापा, २२ जेठ । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाइको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड–५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो । गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालीको निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । विभिन्न संघ संस्थाका पदाधिकारी सहित गायत्री माताका भक्तजन सहित दुई सय भन्दा बढी बढुक, स्काउटतथा धार्मिक एवम् सामाजिक व्यक्तिहरुको सहभागीतामा निकालिएको ¥याली बिर्तामोड नगरपरिक्रमा पछि मन्दिर परिसरमा पुगेको थियो । यस अवसरमा मन्दिर निर्माण समितिका संस्थापक अध्यक्ष रौनक वंशल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विवेक अग्रवाल लगायतले मन्दिरमा आएका श्रद्धालुभक्तजनलाई स्वागत गरेका थिए । पूर्वमै पहिलो पटक अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण…

Read More

झापा, २२ जेठ । झापाको दमक नगरपालिका–७ पशुहाटडाँडास्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुबहाक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधवार साँझ दमकबाट केर्खातर्फ जाँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र–१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एकआपसामा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दमक–४ का ३६ वर्षीय मिलन थापा गम्भीर घाइते भएका थिए । घाइते थापालाई उपचारको लागि आर्य न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रमम गएराति ८ः३८ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस चालक गौरादह नगरपालिका–४ का ३२ वर्षीय सरकार टुडु र दुवै…

Read More

झापा, २२ जेठ । नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। नेदरल्यान्ड्सलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो । बुधबार राति सकिएको शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शानदार जित निकालेको हो । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो। सन् २०२४ को फेब्रुअरीमा घरेलु मैदानमा भएको त्रिकोणात्मक शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई १ खेलमा पराजित गर्दा १ खेलमा हार भोगेको थियो। स्कटल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले १७ बलअगावै ४ विकेटको क्षतिमा भेट्टायो । त्रिकोणात्मक शृंखलाअन्तर्गत आगामी आइतबार नेपालले स्कटल्यान्डविरुद्ध…

Read More

झापा, २२ जेठ । विदेश पठाइदिन्छु भन्दै रकम लिएर सम्पर्कविहीन भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ललितपुर, ललितपुर महानगरपालिका–५ बस्ने महोत्तरी गौशाला नगरपालिका–१२ कान्ति बजार घर भएका ५५ वर्षीय बिरबहादुर घिसिङ र काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका ३९ वर्षीय दिनेश खड्का पक्राउ परेका हुन् । बिरबहादुरले नर्वे र डेनमार्क पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट पाँच लाख १० हजार रुपैयाँ र दिनेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका…

Read More

भद्रपुर, २२ ज्ठ । चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा रु ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् रु ४३ करोड ७४ लाख ४७ हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार…

Read More

रौतहट, २२ जेठ । रौतहटमा बुधबार साँझ ट्रक र विद्युतीय गाडी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। पूर्व–पश्चिम लोकमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा ट्रक र विद्युतीय सोकोन गाडी आपसमा ठोक्किँदा गाडीमा सवार सर्लाहीको रामनगर–१ खैर्वाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धीरेन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको गाडी र विपरीत दिशाबाट गइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक आपसमा ठोक्किएको हो ।

Read More