रौतहट, २२ जेठ । रौतहटमा बुधबार साँझ ट्रक र विद्युतीय गाडी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्।
पूर्व–पश्चिम लोकमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा ट्रक र विद्युतीय सोकोन गाडी आपसमा ठोक्किँदा गाडीमा सवार सर्लाहीको रामनगर–१ खैर्वाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धीरेन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको गाडी र विपरीत दिशाबाट गइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक आपसमा ठोक्किएको हो ।
Facebook Comments Box



