मोरङ, २२ जेठ । मोरङको ग्रामथान गाउँपालिका–७ स्थितबाट लागुऔषध गाँजा ओसारपसारमा संलग्न २ जनालाई सवारी साधनसहित प्रहरीले पक्राउ गरेको छ ।
जेठ २० गते राति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारी र हरैंचाबाट खटिएको प्रहरी टोलीले ग्रामथान–७ कलाबन्जार चौक स्थितमा शंकास्पद अवस्थामा रहेका प्रदेश १–०४–००१ प ९८३५ मोटरसाइकलमा सवार जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामत र भारत अररिया पर्वाहा ग्राम पञ्चायतका ३२ वर्षीय विकासकुमार साहुलाई नियन्त्रणमा लिई सोधपुछको क्रममा उनीहरुले नजिकै रहेको होम पाइममा गाँजा लुकाई राखेको भनि जानकारी गराएकोमा उक्त स्थानबाट १२ पोका (३४७.११० किलोग्राम) गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न दुई जनालाई नम्बर प्लेट नभएको सेतो रङको टाटा सुमो गाडी र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।


