
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कुखुराजस्तै देखिने होआट्जिन चरालाई संसारकै सबैभन्दा दुर्गन्धित पक्षी मानिन्छ । यो एकमात्र यस्तो चरा प्रजाति हो जसले आफ्नो खाना पेटमा कुहाएर अर्थात फर्मेन्टेसन गराएर पचाउँछ । वास्तवमा यसको यहीँ अनौठो पाचन प्रणालीले यसलाई संसारको सबैभन्दा दुर्गन्धित चरा पनि बनाएको छ। होआट्जिन एक अत्यन्तै अनौठो चरा हो । यो अमेजन क्षेत्रका दलदल तथा जलक्षेत्रहमा पाइन्छ । यसको विशेषता यति अनौठो छ कि यसका चल्लाहरूको पखेटामा नै नंग्राहरू हुन्छन्। होआट्जिन करिब ६४ लाख वर्षअघि पृथक रूपमा विकास भएको एक प्राचीन चरा समूहको अन्तिम जिवित सदस्य मानिन्छ। यो चरा शाकाहारी हो र केवल बोटबिरुवामात्र खान्छ । पूर्ण रुपमा शाकाहारी हुनु चराहरूका लागि निकै…
झापा, १४ जेठ । भारतको मौसम विभागले पनि यस वर्ष मनसुनमा सामान्यभन्दा बढी वर्षा हुने चेतावनी जारी गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पृथ्वी विज्ञान मन्त्रालयका सचिव एम रविचन्द्रनले जुनमा १०६ प्रतिशतभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएका छन्। मध्य प्रदेश, छत्तीसगढ, महाराष्ट्र, ओडिसा र वरपरका क्षेत्रमा यसपटक सामान्यभन्दा बढी वर्षा हुने सम्भावना देखिएको हो। पन्जाब, हरियाणा, केरला र तमिलनाडुका केही क्षेत्रमा भने सामान्यभन्दा कम वर्षा हुने अनुमान गरिएको छ। यसपटक भारतमा मनसुन सरदर मितिभन्दा एक हप्ताअघि नै मनसुन सुरु भइसकेको छ। नेपालमा पनि चाँडै मनसुन भित्रिँदै गरेको यहाँका मौसमविद्ले बताएका छन्।
झापा, १४ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा,…
झापा, १४ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । थेबेले ७९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत प्राप्त गर्नुभयो । कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो ।
झापा, १४ जेठ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मौसम बदली वर्षा र हिमपात हुने क्रम जारी छ। यसै क्रममा आज दिउँसो पनि लुम्बिनी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली हुने सम्भावना छ। साथै यस क्रममा देशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपात हुने सम्भावना छ। मौस महाशाखाका अनुसार आज राति बागमती प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी…
झापा, १३ जेठ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट प्रहरीले आज बेलुका एक युवालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित लागूऔषध ब्युरो नियन्त्रण काँकरभिट्टाबाट प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटिसफारीमा सवार शिवसताक्षी नगरपालिका–९ का २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बूलाई पक्राउ गरेको हो । उनीमाथि शंका लागेर शरीर तलासी लिँदा लागुऔषध खैरो हेरोइनजस्तो देखिने प्लाष्टिकबाहेक ४ ग्राम ८०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको छ ।
झापा, १३ जेठ । चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७५ करोड बराबरको पासपोर्ट ९राहदानी० आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १ अर्ब ७५ करोड ५२ लाख ४४ हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट आयात गरेको छ । यसमध्ये १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट फ्रान्सबाट आयात भएको छ भने ४ हजार रुपैयाँको ०.१५ केजी बेलायतबाट आयात भएको हो । उक्त परिमााणमा पासपोर्ट आयात हुँदा एक हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।
बिर्तामोड, १३ जेठ । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित गोकुल जोशी मार्गमा कालोपत्रे सुरु गरिएको छ । कछुवारी देखि दाहाल गाउँसम्मको ७ सय ५३ मिटर खण्डमा आज कालो पत्रे सुरु गरिएको हो । भोलिसम्ममा कालो पत्रे सम्पन्न गर्ने ठेक्केदार कम्पनी जय लक्ष्मी निर्माण सेवाका दिनेश मैनालीले जानकारी दिनुभयो । यस खण्डमा सडक डिभिजन कार्यालय दमकको १ करोड ६४ लाख रुपैयाँ बजेटमा सडक स्तरोनन्तिको भएको हो । यस मार्गमा विभिन्न ३ खण्डमा ठेक्का लागेर काम भईरहेको छ । दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म १ किलोमिटर क्षेत्रमा कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको २ करोड ४४ लाख रुपैयाँ समपुरक बजेटबाट…
झापा, १३ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन यसै साता प्रवेश गर्ने सम्भावना देखिएको जनाएको छ । महाशाखाले आज जेठ १३ गते साँझ ६ बजे मनसुन आगमन अनुगमन बुलेटिन–१ जारी गरी नेपालको पूर्वी क्षेत्रमा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख भए पनि यसपटक अगाडि नै आउने संकेत देखिएको जनाएको हो । ‘मंगलबार भारतको आसामका केही भूभाग तथा भुटान र बंगलादेशको पूर्वी भूभागसम्म मनसुनको आगमन भएको देखिन्छ’, महाशाखाले विज्ञप्तिमा भनेको छ, ‘नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिन्छ।’ भू–उपग्रहबाट प्राप्त…
झापा, १३ जेठ । प्रगतिशील पत्रकार तथा साहित्यकार स्वर्गीय कृष्ण सेन इच्छुकको स्मृति दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ। प्रेस सेन्टर नेपालले देशैभर आफ्नो शाखा कार्यालयमा उनको २३औं स्मृति दिवस मनाएको हो । झापाको बिर्तामोडमा पनि प्रेस सेन्टर नेपाल झापाले स्व. इच्छुकको स्मृति दिवस मनाइएको छ । गौरीशंकर स्मृति प्रतिष्ठानको सभा हलमा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपीन राईले कृष्ण सेन जनपक्षीय पत्रकारको सूत्रधार भएको बताए । उनले नेपाली जनताको जिउने आधारका विषयमा त्यो बेला नै इच्छुकले आफ्ना कलममार्फत जनतालाई सुसूचित गराएको स्मरण गरे । इच्छुकले सुन्दर नेपाल र शान्त नेपाली हुनका लागि…