
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
शिवसताक्षी, १ असार । झापाको शिवसताक्षीमा जग्गा धनीपूर्जा वितरणका लागि निस्सा वितरण गर्न थालिएको छ । नगरको वडा नं. १ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न शुरु गरिएको हो । शिवसताक्षीमा रहेका भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण पत्र वितरणका लागि पहिलो चरण निस्सा वितरण नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउनुभयो । उहाँले अन्य वडाहरुमा भन्दा वडा नं. १ र २ मा पहिलेदेखि नै काम भइरहेकाले आजबाट निस्सा वितरण गर्न सुरु गरिएको बताउनु भयो । जग्गा धनी प्रमाण पत्र वितरणका लागि अब काम नरोकिने र क्रमशः ३ देखि ६ नम्बर वडासम्म निस्सा वितरण काम गरिने नगरप्रमुख थोप्राले…
इलाम, १ असार । इलाम नगरपालिका वडा नं. ११ को सोयाक आहाले सडक खण्डमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा परी गाडी धनी जितपुर निवासी विष्णु पराजुलीको घटनास्थलमै मृत्यु भएको छ। उहाँकी छोरी र अर्का एक जना यात्रु गम्भीर घाइते भएका छन् । उनीहरुलाई प्रारम्भिक उपचारपछि दानाबारीबाट बिर्तामोड लगिएको छ। अहिले बिएण्डसी अस्पतालमा थप उपचारका लागि पठाइएको जानकारी प्राप्त भएको छ ।
भद्रपुर, १ असार । झापाकी चर्चित स्रष्टा खगिन्द्रा खुसीको आख्यान कृति (उपन्यास) “खुशीको गाउ”ँ नेदरल्याण्डमा बिमोचन गरिएको छ । विश्व भूटानी साहित्यिक संगठन जिबिएलओको आयोजनामा सम्पन्न तीन दिने साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको दोस्रो दिन जेठ ३१ गते सो उपन्यास बिमोचन गरिएको हो । जिबिएलओका अध्यक्ष कर्ण गुरुङ्गको अध्यक्षता तथा नेदरल्याण्डका लागि नेपालकी राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यमा भव्य कार्यक्रमका बिच विमोचन गरिएको थियो । झापा सदरमुकाम चन्द्रगढी निवासी रेडियोकर्मीको पहिचान बनाएकी खुसी छन्द कविता लेखन, गायन, उद्घोषण र फुटकर रचनामा चर्चित स्रष्ठा हुन् । कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि सेवा लम्साल, सभाध्यक्ष कर्ण गुरुङ्ग स्रष्टा प्रकाश आङ्देम्बे लगायतको बाहुलीबाट उपन्यास…
झापा, १ असार । वैदेशिक रोजगारका सिलसिलामा विभिन्न मुलुकमा रहेका युवाहरुले ‘फियो ड्यामेज’ भएर कलेजोमा पानी जमेर पेट फुल्ने तथा आन्द्रामा समेत समस्या भएका ३० महिने बालकको उपचारका लागि एक लाख ४६ हजार ३२९ रुपैयाँ सहयोग गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित चाँदनी चोकमा हजुरबुवा र हजुर आमाको आश्रयमा बस्दै आएका बालक अनमोल कुमालको उपचार सहयोगार्थ ‘अनमोल कुमाल बचाउ अभियान’ सञ्चालन गरेर संकलित रकम आज बालकको परिवारलाई हस्तान्तरण गरिएको हो । हल्दीबारी गाउँपालिका–३ घर भई हाल कतारमा रहेका भारती बन्धु एकता समाज नेपालका महासचिव तथा झापाली समाज कतारका महासचिव विमल भारती, अर्जुनधारा–५ घर भई हाल कतारमा रहँदै आएका सुजन…
देहरादून, ३१ जेठ । भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने क्रममा हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । बिहीबार पश्चिमी भारतीय सहर अहमदाबादको आवासीय क्षेत्रमा यात्रु विमान ठोक्किँदा कम्तीमा दुई सय ७९ जनाको मृत्यु भएकोमा आफन्तहरूले शोक व्यक्त गर्दा यो घातक दुर्घटना भएको हो । उत्तराखण्ड राज्यको केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटनामा पाइलट र सबै छ जना यात्रुको मृत्यु भएको आपत्कालीन प्रतिक्रिया अधिकारी नन्दन सिंह राजावरले एएफपीलाई बताउनुभयो । राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले ‘अत्यन्त दुःखद समाचार’ पछि उद्धार टोलीहरू घटनास्थलमा पठाइएको बताउनुभयो । जिल्ला पर्यटन अधिकारी राहुल चौबेका अनुसार खराब मौसमका कारण दुर्घटना…
झापा, १ असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज झापासहित ३७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ उपत्यकाका तीन जिल्लासहित ३७ जिल्लामा बाढीको जोखिम छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ आज इलाम, झापा, मोरङ, सुनसरी, धनुषा, धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, तेह्रथुम, ओखलढुंगा, मकवानपुर, गुल्मी, पाल्पा, सल्यान, गोरखा, तनहु, स्याङजा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चननपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा…
बिर्तामोड, १ असार । पत्रकार राजेन्द्र गौतम ‘गौतम समाज झापा केन्द्रिय समिति’को सचिव चयन भएका छन् । जेठ ३१ गते सम्पन्न समाजको २७औँ बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट उनी सचिव चयन भएका हुन् । अधिवेशन शनिबार झापाको कन्काईमा सम्पन्न भएको हो । उनले आफ्ना स्वर्गीय बुवा डिल्लीप्रसाद गौतमको स्मृतिमा अक्षयकोष निर्माण गर्ने घोषणा गरेका छन् । रु १ लाख राशीको ‘स्वर्गीय डिल्लीप्रसाद गौतम स्मृति अक्षयकोष’ निर्माण गर्ने घोषणा भएको गौतम समाज मेचीनगरका अध्यक्ष केदार गौतम (भाञ्जा) ले जानकारी दिए । गौतम समाज झापा केन्द्रीय समिति संरक्षक रहने गरि निर्माण गरिने अक्षयकोषको व्याजबाट प्रत्येक बर्ष कक्षा १२ मा उत्कृष्ट अंक…
सन्तोष शर्माभद्रपुर, १ असार । झापाको भद्रपुर नगरपालिकाले प्रदान गरेको आत्मरक्षा तालीम पाएपछि किशोरीहरुमा आत्मरक्षा गर्ने हिम्मत बढेको छ । भद्रपुर नगरपालिका–८ की गुञ्जन पौडेलले तालीम लिएपछि हुन सक्ने सम्भावित दुव्र्यवहारबाट आफूलाई बचाउने सक्ने हिम्मत बढेको बताउनुभयो । “तालीमबाट धेरै कुरा सिक्ने अवसर मिल्यो”, उहाँले भन्नुभयो, “कसैले ह्यारेसमेन्ट गर्न खोज्यो भने लड्ने हिम्मत गर्नुपर्नेरहेछ भन्ने सिकेँ ।” उहाँजस्तै वीरेन्द्र मावि चन्द्रगढीकी छात्रा आकृति लिम्बूले तालीमले आफूलाई सुरक्षित गर्न सक्ने बनाएको बताउनुभयो । आफूजस्तै धेरै साथीहरु तालीमबाट ‘सेल्फडिफेन्स’ गर्न सक्ने भएको उहाँले बताउनुभयो । “कसरी जोगिने भन्ने सिकेँ”, उहाँले भन्नुभयो, “यस्ता तालीम हामी जस्ता सबैले लिनुपर्ने रहेछ ।” तालीमकी प्रशिक्षक मेचीनगर…
झापा, १ असार । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२–८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका छन् । प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान छ । सोही अनुसार सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुनेछ । प्रदेश सरकारहरुले भौतिक पूर्वाधार निर्माणसंगै पूँजीगत खर्च अभिवृद्धि हुनेगरी बजेट ल्याउने तयारी गरेका छन् । संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिशका आधारमा प्रदेशका लागि वित्तीय समानीकरण अनुदानका ६० अर्ब ६६ करोड रुपैँया विनियोजन गरेको छ । त्यसैगरी सशर्त अनुदान ३० अर्ब ३५ करोड, समपूरक अनुदान ३ अर्ब २८ करोड र विशेष…
झापा, १ असार । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ देखि राति १२ बजेसम्म जम्मा १२…