इलाम, १ असार । इलाम नगरपालिका वडा नं. ११ को सोयाक आहाले सडक खण्डमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परी गाडी धनी जितपुर निवासी विष्णु पराजुलीको घटनास्थलमै मृत्यु भएको छ। उहाँकी छोरी र अर्का एक जना यात्रु गम्भीर घाइते भएका छन् । उनीहरुलाई प्रारम्भिक उपचारपछि दानाबारीबाट बिर्तामोड लगिएको छ। अहिले बिएण्डसी अस्पतालमा थप उपचारका लागि पठाइएको जानकारी प्राप्त भएको छ ।
Facebook Comments Box


