
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
शिवसताक्षी, ११ जेठ । झापा शिवसताक्षीको झिलझिलेमा बृहत उभौली साकेला पर्व मनाइएको छ । किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित उभौली साकेला पर्व मनाइएको हो । शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेर सुरु भएको साकेला साँस्कृतिक पर्वमा किराँत समुदायहरुले आफ्नो भेष भुषा लगाएर मुन्दुमी गीत, च्याब्रुङ नाच, साकेला नाचहरु प्रस्तुत गरेका छन् । नगरप्रमुख मेगाहाङ्ग थोप्राले नेपाल बहुजाति, बहुभाषिक बहुसांस्कृतिक देश भएकाले यहाँका सबै जात जाति, भाषा धर्म, पहिचान र संस्कृति उतिकै महत्वपूर्ण रहेको बताए । शिवसताक्षी नगर भित्रै धेरै जातजातिहरुको बसोबास रहेको उहाँको आफ्नै संस्कृति र पहिचान छ । यहाँका धर्म संस्कृति र परम्पराहरु…
बिर्तामोड, ११ जेठ । बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले सामाजिक कार्य गरेर जन्मदिन मनाएका छन्। आफ्नो जन्मदिनको अवसरमा उनले छुट्टा छुट्टै सामाजिक कार्यका लागि आर्थिक सहयोग गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा भट्टराईले आज ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । संघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष , नेपाल निर्यात व्यवसायी महासंघको केन्द्रिय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघ को बिशिष्ट सदस्य समेत रहेका भट्टराईले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा भट्टराईले रकम हस्तानतरण गर्दै हरेक वर्ष राहत कोषमा योगदान पुर्याउने बताउंदै…
विराटनगर, १० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने बताएका छन् । उनले सहकारी अपचलनमा संलग्नलाई निर्ममताका साथ कानुनी कारबाहीमा ल्याइने स्पष्ट पारे । विराटनगरमा आज आयोजित ‘सहकारी ऐन र कार्यान्वयनका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाब वा प्रभावमा नपरी काम गर्न निर्देशन समेत दिए । मुख्यमन्त्री कार्कीले सहकारीका सदस्यको पैसा अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न सरकार तयार बताउँदै भने, ‘सिद्धान्तभन्दा बाहिर गई सञ्चालन भएका सहकारीहरू एक न एक दिन समस्यामा पर्छन् ।’ थोरै थोरै बचत गरेर धेरै बनाउला भन्ने सर्वसाधारण अहिले सडकमा रहेको भन्दै उनले तिनलाई…
झापा, १० जेठ । जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८’ जारी भएको आज १४ वर्ष पूरा भएको छ । तर ऐन कार्यान्वयन पछि पनि जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमी आउन सकेको छैन । यस अवधिमा पानी, चुल्हो छोएको र अन्तरजातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिको हत्या भएको छ भने कैयौँ सामाजिक बहिष्करणमा परेको समता फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार ऐन लागू भएपछि राजेश नेपाली (पर्वत), रुपमती कुमारी दास (मोरङ), नवराज विक (जाजरकोट) मनवीरे सुनार (कालीकोट), शिवशङ्कर दास (सप्तरी), सेते दमाईं (दैलेख), झुमा विक (ताप्लेजुङ), सङ्गीता परियार (तनहुँ) र अस्मिता सार्की (झापा) को…
भद्रपुर, १० जेठ । भद्रपुर ९ प्रकाशपुर स्थित कैलाशेश्वर शिव पञ्चायन मन्दिर परिसरमा बैशाख १६ देखि २४ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत महापुराणबाट ३१ लाख ६० हजार ९५८ रूपैया आम्दानी भएको छ भने ७ लाख ७७ हजार ७७२ रूपैया खर्च भएको सार्वजनिक गरिएको छ । पुराण आयोजक समितिले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको विवरण अनुसार २३ लाख ८३ हजार १८६ रूपैया खर्च कटाएर बचत भएको जानकारी दिएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा पुराण मूल आयोजक समितिका अध्यक्ष चुडामणि मैनालीको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सरोकारवाला राखेर पुराणको आम्दानी खर्च सार्वजनिक गरिएको थियो । अध्यक्ष मैनालीले…
झापा, १० जेठ । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट जेठ ९ गते प्रतिबन्धित औषधी, लागू औषध गाँजा र ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काकँडभिट्टा झापाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का ३३ बर्षीय मोहन चौधरी र मेचीनगर-१५ का ३४ बर्षीय डिपलेस मेचेलाई ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले भोजपुरको हतुवागडी गाउँपालिका-६ का २० बर्षीय संतोष संकर र मोरङको केराबारी गाउँपालिका-५ का२१ बर्षीय सरोज कार्कीको साथबाट १ ग्राम ८ सय ९० मिलिग्राम…
कचनकवल, १० जेठ । झापाको कचनकवल गाउँपालिका–६ स्थित सर्पदंश उपचार केन्द्र बनियानीमा विषालु सर्प गोमनले डसेको एक भारतीय बिरामीको सफल उपचार भएको छ । भारत बिहार राज्यको डिगलबैंकका ४० वर्षीय अजय हास्दाको सफल उपचार भएको हो । हास्दालाई गोमनले डसेको सर्पदंश उपचार केन्द्र बनियानीका मेडिकल अफिसर डा. दिपेन राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ को यो पहिलो विषालु सर्पदंशको घटना हो । शुक्रबार साँझ हास्दा मकैबारीमा काम गरिरहेका बेला केही चिजले टोकेको महसुस गरे पनि बेवास्ता गर्नुभयो । तर, घर फर्किएर खाना खान बस्दा चक्कर लागेपछि सर्पले टोकेको आशंका गरिएको थियो । परिवारले तत्कालै उनलाई नजिकैका…
झापा, १० जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन…
झापा, १० जेठ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । शुक्रबार बेलुका मेचीनगर नगरपालिका–१० खयरडाँगीमा लागुऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी दुई युवालाई पक्राउ गरेको हो । प्रहरी टोलीले मेचीनगर–१० खयरडाँगीका ३३ वर्षीय मोहन चौधरी र मेचीनगर–१५ का ३४ वर्षीय डिपलेस मेचेलाई शंका लागि चेक जाँच गर्दा मोहन चौधरीले मलद्वारमा लुकाएको अवस्थामा ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिकसहित ६ ग्राम १५० मिलिग्राम र प्लाष्टिक बाहेक ५ ग्राम १७० मिलिग्राम फेला परेको थियो । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी…
झापा, १० जेठ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायतका देशमा बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ । दूतावासले आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ ।