jhapaonline add

झापा, १४ कात्तिक । गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ६ दशमलव २६ प्रतिशत घर खाली अवस्थामा रहेको हो । बिनाअध्ययन र प्रयोजन बैंकसँग कर्जा लिएर र भूकम्पपछि सरकारसँग अनुदान लिएर घर बनाउँदा अनुत्पादक क्षेत्रमा पैसा खनिएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को क्रममा गरिएको घरपरिवार सर्वेक्षणको सोमबार सार्वजनिक भएको प्रतिवेदनले नेपालका कुल २५ प्रतिशत जनता ऋणमा परेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ भदौ ३० देखि असोज १८ सम्म ९२० दिन० घर…

Read More

झापा, १४ कात्तिक । नेपालीको महान् पर्व दसैँमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो । चाडपर्व मनाउन काठमाडौँ उपत्यकासँगै अन्य सहरी क्षेत्रबाट ठुलो सङ्ख्यामा सवारीसाधन बाहिरी जिल्लामा गएकाले पनि डिजेल, पेट्रोलको माग बढेर खपतमा वृद्धि भएको हो । अन्य समयको तुलनामा चाडपर्वका बेला सवारीसाधन बढी गुड्ने भएकाले पनि इन्धनको खपत बढी हुने गर्छ । दसैँ मनाउन सहरबाट गाउँ गाउँमा अधिकांश मानिस जाने हुँदा सवारीसाधनसँगै जहाजको उडान धेरै हुने गर्छ । नेपाल आयल निगमका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्षको दसैँमा डिजेल, पेट्रोलको खपतमा वृद्धि भएको…

Read More

कनकाई, १४ कात्तिक । अन्तराष्ट्रिय झापाली समाजको नवनिर्वाचित अध्यक्ष र महासचिवलाई यहाँस्थित रोटरी क्लब अफ सुरुङ्गा लगायतका संघ–संस्थाले स्वागत सम्मान गरेको छ । आइतबार झापाको बिर्तामोडमा सम्पन्न चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष कुमुन्द ढुङ्गाना, महासचिव नविन पोखरेल र अन्तराष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष झापा सुरुङ्गा निवासी समेत रहनुभएका दिनेश पोखरेललाई विशेष कार्यक्रमका बीच रोटरी लगायतका संघ–संस्थाले सोमबार सुरुङ्गामा स्वागत सम्मान गरेको हो । रोटरीका अध्यक्ष शिव कडेँल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, रोटरी क्लब अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेती, जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकीय स्थलका अध्यक्ष ख्याम सिटौला, कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओली, सुरुङ्गा जेसीजका…

Read More

झापा, १३ कात्तिक । अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट पाँचजना पक्राउ परेका छन् । कतारबाट ल्याएको अवैध सुनसहित अमृतधन राई, नजिर मन्सुरी, कारी ईसार केवट, अर्जुन भट्टराई, अनिष थापा (यम) रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २६ लाख ५१ हजार ८९५ रुपैयाँ ४७ पैसा पर्ने सुनको ढिक्का थान–३ (जम्मा तौल २१४.३६ ग्राम) र सिक्री थान–३ (जम्मा तौल ५०.०१ ग्राम) र नगद १ लाख १० हजार रुपैयाँ बरामद गरेको छ । कतारको उडान मार्फत् नेपाल आउने केही व्यक्तिले भन्सार छली अबैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई सिनामंगल शम्भुमार्गबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूलाई…

Read More

झापा, १३ कात्तिक । नेकपा (एमाले) ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उनले बताए । यस्तै, पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए । पार्टीले वडा कमिटीको अधिवेशनसँगै…

Read More

खोटाङ, १३ कात्तिक । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो । सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा प्रहरीले छलफलका लागि जनाउँदै कार्यालयमा बोलाएर षडयन्त्रपूर्वक सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको सञ्चालक समितिका एक पूर्वसदस्यले आरोप लगाएका छन् । “ऋणीहरुविरुद्ध हामीले…

Read More

झापा, १३ कात्तिक । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाइ छ । उनका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट सङ्कलित खसीबोका काठमाडौँसम्म लगेर बिक्री गरिएको थियो । संस्थाको कृषि क्षेत्रका प्रमुख…

Read More

मोरङ, १३ कात्तिक । मोरङको बेलबारी नगरपालिका–८ भलुवाई स्थितमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा मोरङको बेलबारी नगरपालिका–१० की २८ वर्षीया सुनिता राजवंशीले घाइते भएकी थिइन् । माटोको ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनीसँगै माटो खोज्न गएकी गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् । सुनितालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्याउना साथ डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More

झापा, १३ कात्तिक । बाह्य अर्थतन्त्रका सूचकमा सुधार भएसँगै आन्तरिक अर्थतन्त्रको सूचकमा पनि क्रमशः सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि खुम्चिरहेको आयात तेस्रो महिना अर्थात् असोज महिनामा आएर आयातमा वृद्धि भएसँगै सुधारको संकेत देखिएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तेस्रो महिनामा मात्रै आयातमा वृद्धि भएको जनाएको छ । चालु आवको साउन र भदौमा आयात पनि ऋणात्मक हुँदै आइरहेको थियो । जसका कारणले मुलुकको राजस्व संकलनमा पनि प्रत्यक्ष असर पार्दै आइरहेको थियो । असोजमा दशैं÷तिहारलगायतका पर्वलाई लक्षित गरेर वस्तु तथा सामानको आयात वृद्धि भएसँगै आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । नेपालको अर्थतन्त्र आयातित वस्तुमा लगाइने…

Read More

झापा, १३ कात्तिक । पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ । गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ । सो उद्योगका लगानीकर्ता सुप्रब धितालले उद्योगले जग्गा व्यवस्थापन गरी वातावरण प्रभाव मूल्याङ्कनको प्रक्रिया अघि बढाइसकेको जनाउँदै छिट्टै उद्योग सञ्चालनमा ल्याउने गरी तयारी अघि बढेको बताए । उनले यो उद्योगमा ५०४ जनालाई रोजगारी प्रदान गरिने जनाउँदै तीमध्ये अधिकांश बर्दिया…

Read More