
मोरङ, १३ कात्तिक । मोरङको बेलबारी नगरपालिका–८ भलुवाई स्थितमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ ।
आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा मोरङको बेलबारी नगरपालिका–१० की २८ वर्षीया सुनिता राजवंशीले घाइते भएकी थिइन् । माटोको ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनीसँगै माटो खोज्न गएकी गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् । सुनितालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्याउना साथ डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Facebook Comments Box


