
झापा, १३ कात्तिक । अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट पाँचजना पक्राउ परेका छन् ।
कतारबाट ल्याएको अवैध सुनसहित अमृतधन राई, नजिर मन्सुरी, कारी ईसार केवट, अर्जुन भट्टराई, अनिष थापा (यम) रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २६ लाख ५१ हजार ८९५ रुपैयाँ ४७ पैसा पर्ने सुनको ढिक्का थान–३ (जम्मा तौल २१४.३६ ग्राम) र सिक्री थान–३ (जम्मा तौल ५०.०१ ग्राम) र नगद १ लाख १० हजार रुपैयाँ बरामद गरेको छ ।
कतारको उडान मार्फत् नेपाल आउने केही व्यक्तिले भन्सार छली अबैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई सिनामंगल शम्भुमार्गबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।


