jhapaonline add

झापा, २१ जेठ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बिमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ । बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बिमाअन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिइएको बताउनुभएको हो । बोर्डले यही जेठ १६ गतेबाट वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो । बोर्डले बिमामा भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान नगर्न आग्रहसमेत गरेको थियो । त्यसैगरी, सेवाग्राहीलाई समेत…

Read More

झापा, २१ जेठ । मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने…

Read More

बिर्तामोड, २० जेठ । आईपीओ निष्कासनको तयारीमा रहेको इष्टर्न सहारा कम्पनी लिमिटेडको विशेष साधारणसभा बुधबार बिर्तामोडमा सम्पन्न भएको छ। ‘दिगो समृद्धिका लागि हरित लगानी’ भन्ने मूल नारासहित स्थापना भएको कम्पनीको विशेष साधारणसभा अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सभाबाट कम्पनीको कुल पुँजी दुई अर्ब २० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको छ। उक्त पुँजीमध्ये एक अर्ब ७६ करोड रुपैयाँ संस्थापक शेयर तथा ४४ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइने जनाइएको छ। कम्पनीका प्रबन्ध सञ्चालक कृष्ण रानाभाटले विशेष साधारणसभाको आवश्यकता, औचित्य तथा कम्पनीका गतिविधिबारे जानकारी गराउँदै आगामी पुस…

Read More

झापा, २० जेठ । झापाको मेचीनगरमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ ५ः२० बजे मेचीनगर नगरपालिका–७ स्थित सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल इङ्गलिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार भारतको किशनगञ्ज गलगलिया निवासी ३२ वर्षीय अजय माझी र मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा साँझ ५ः५० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। मृतक…

Read More

अर्जुनधारा, २० जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयका विद्यार्थीाई शैक्षिक सामग्री, प्रोत्साहन रकम र विद्यालय पोशाक प्रदान गरिएको छ । आज एक विशेष कार्यक्रमका बीच विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री, एसईई परीक्षा–२०८२ मा उत्कृष्ट अंक ल्याउने उत्तीर्ण विद्यार्थीलाई प्रोत्साहन रकम र १०५ जना विपन्न तथा जेहन्दार विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडा (आकाश) को अध्यक्षता एवम् अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्य रहेको थियो । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको नगर प्रमुख गोम्देनले बताउनुभयो । पछिल्लो समय महारानीगञ्ज माविले…

Read More

झापाको कनकाई नगरपालिकाले पूर्वाधारको क्षेत्रमा फड्को मार्दै गएको छ । पूर्वाधार निर्माणको सवालमा नगरपालिका घ वर्गमा रहेको कनकाई नगरपालिकामा पुँजीगत र चालू खर्च उल्लेख्य छ । नगरपालिकाले पूर्वाधारका क्षेत्रमा गरेको काम–कारबाहीका सन्दर्भमा केन्द्रित रहेर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेसँग झापा अनलाइनकाका लागि सन्तोष शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश :- नगरका प्रमुख पूर्वाधार योजनाहरूको अवस्था कस्तो छ ?चालु आर्थिक वर्षमा कनकाई नगरपालिकाको त्यस्ता ठूल्ठूला योजनाहरू थिएनन् । जे थिए साना–साना योजनाहरू थिए । ३ करोडभन्दा बढीका योजनाहरू थिएनन् । ती योजनामध्ये सुरुङ्गा पुलको योजना सम्पन्न हुने चरणमा छ । जनपथ मार्ग पनि सम्पन्न हुने चरणमा छ । लक्ष्मी मार्ग लगायतका पक्की सडकहरू…

Read More

कनकाई नगरपालिका झापा जिल्लालाई चिनाउने ऐतिहासिकस्थल मध्ये कनकाई नदी र हिन्दु धार्मिक आस्थाको केन्द्र कोटीहवन रहेको धार्मिक एवम् पर्यटकीय नगरी हो । स्थानीय तहको पुनर्संरचना पछि साविक सुरुङ्गा गाविस र घैलाडुब्बा गाविसलाई समेटेर २०७१ बैशाख २५ गतेको नेपाल सरकारको निर्णय अनुसार यस क्षेत्रको प्रसिद्ध धार्मिक महत्व बोकेको कनकाई नदीको नाममा यस नगरपालिकाको नामाकरण गरिएको थियो । कूल ५३ हजार ८८ जनसंख्या रहेको कनकाई नगरपालिका ७९.१ वर्ग किलोमिटरमा फैलिएकोछ । यो नेपालकै पहिलो विद्युत् चुवहावट मुक्त र बन्द निषेधित नगरपालिका हो । स्थानीय तह पुनर्संरचनापछि पहिलो जननिर्वाचित नगरप्रमुखको रुपमा राजेन्द्रकुमार पोखरेलले सफलतापूर्वक कार्यभार सम्हालनुभयो भने दोस्रो कार्यकाल समेत उहाँले निर्वाह गरिरहनु…

Read More

झापा, २० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । हिजो घटेका सबैजसो विदेशी मुद्राको मूल्य आज बढेको हो । आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा थियो । यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो…

Read More

झापा, २० जेठ । महोत्तरीको सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान्–श्रीमती घाइते भएका छन्। मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५–६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद हुँदा २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादवमाथि गोली प्रहार भएको थियो । गोली लागेर दुवै जना घाइते भएका हुन् । घाइतेहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, २० जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको…

Read More