jhapaonline add

झााप, ३२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा…

Read More

झापा, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमले पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

Read More

बिर्तामोड, ३१ असार । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो । नेकपा एमाले बिर्तामोड इञ्चार्ज अम्बिर कुमार लिङदेन ११ हजार, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई ११ हजार र पार्टीका बिर्तामोड ५ का उपसचिव एवम् नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडको उपाध्यक्ष उपेन्द्र बानियाँले ५ हजार १ सय रुपैयाँ रकम कोषलाई…

Read More

बिर्तामोड, ३१ असार । साहित्य चौतारी बिर्तामोड झापा नेपालको २६ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ । संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ अभिनेता टंक शर्मा गौतमको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले औचित्यसहित संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका तत्कालिन सचिव डिकमान बिरहीले रचना गरेको स्वागत गीत गाएर स्वागत गरिएको कार्यक्रममा मनिषा भट्टराईले गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा चर्चित देउडा गायक तथा वरिष्ठ सर्जक नन्दकृष्ण जोशी र उनकी श्रीमती प्रार्थना खनाललाई भिपधज साहित्य चौतारी वर्ष संगीत विशिष्ठ…

Read More

अर्जुनधारा, ३१ असार । झापाको अर्जुनधारा नगरपालिकाले आज १२ जना अपाङ्गता भएकाहरूलाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले आज एक कार्यक्रमका बीच उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो । अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा सहजता ल्याउने उद्देश्यले सहायक सामग्री वितरण गरिएको नगर प्रमुख बलदेव सिंह गोम्देनले बताउनुभयो । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, अर्जुनधारा नगरपालिका तथा करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत उनीहरूलाई सहायक सामग्री वितरण गरिएको छ। सहायक सामग्री वितरण गर्नुहुँदै नगर प्रमुख गोमदेनले प्राप्त सामग्रीको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुलीले अपाङ्गता…

Read More

नयाँ दिल्ली, ३१ असार । कयौँ सुपरहिट भारतीय धारावाहिकका निर्माता तथा निर्देशक ८० वर्षीय अभिनेता धीरज कुमारको निधन भएको छ । मंगलबार मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उनको मृत्यु भएको हो । धीरज कुमारलाई शनिबार निमोनियाका कारण अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । ‘मल्टीपल अर्गन फेलियर’का कारण बिहान ११ः३० बजे धीरज कुमारको मृत्यु भएको उनी निकट को नजिकको स्रोतले बताएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । धीरज कुमारले १९६० को दशकमा एक प्रसिद्ध पत्रिकाद्वारा आयोजित ट्यालेन्ट हन्ट प्रतियोगितामा भाग लिएपछि अभिनयको दुनियाँमा प्रवेश गरेका थिए । यो प्रतियोगतामा जितेर स्वर्गिय बलिउड अभिनेता…

Read More

१. काँचो दूध – हातलाई सफा र चम्किलो बनाउनको लागि काँचो दूधले हात मसाज गर्नु राम्रो हुन्छ । जसले हातको फोहर मैला निकाल्नुका साथै छालालाई सुन्दर बनाउन मद्दत गर्छ । २. कागति – कागतिमा सीट्रिए एसिड हुन्छ । त्यसैले यसलाई हातमा रगडेर लगाउनाले हात चम्किलो बनाउँछ र हातको रंगमा फरकपन पैदा गर्छ । ३. गोलभेंडाको रस – गोलभेंडाको रसमा थोरै कागकिो रस मिसाएर हात मसाज गर्नाले हातमा फोहर मैला हट्नुका साथै हातलाई गोरो बनाउन मद्दत गर्छ । ४. आलुको रस – काँचो आलुको रस निकालेर २० मिनेट जति हातमा लगाएर सफा पानीले धूने गर्नाले हात चमक पैदा हुन्छ । यो…

Read More

काठमाण्डौ, ३१ असार । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै छन् । खेल बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । यसअघि आज दिउँसो तीन बजे बङ्गलादेश र भूटान खेल्ने छन् । यसअघि नेपालले आफ्नो पहिलो खेलमा शुक्रवार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो । नेपाल दुई खेलमा तीन अङ्कसहित दोश्रो स्थानमा छ । दुई खेलमै पारजित श्रीलङ्का अङ्क तालिकाको पुछारमा छ । समान खेलमा ६ अङ्कसहित बङ्गलादेश शीर्ष स्थानमा छ । दुई खेलमा तीन अङ्कसहित भुटान तालिकाको तेश्रो स्थानमा छ । प्रतियोगितामा…

Read More

झापा, ३१ असार। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो । मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताउनुभयो । उहाँले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको छ ।

Read More

उदयपुर, ३१ असार। उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागि चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी–२ का २९बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थपअनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

Read More