jhapaonline add

झापा, १० असार । इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा आज इलामकी ४१ वर्षीय महिलाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । ती महिला झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन् । सोमबार अस्पतालमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा मृत्यु भएको यो पहिलो केश हो । मृतकको शव परिवारले बुझिसकेको प्रहरीले जानकारी दिएको छ । कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको…

Read More

झापा, १० असार । एसीसी पुरुष यू-१६ इस्ट जोन कप अन्तर्गत मलेसियामा जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हासिल गरेको छ। मंगलबार जापानविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भयो। जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो। जय थापा सुरुवाती विकेटका रूपमा आउट भएपछि, प्रसिद्ध जैसी (३३) र शिवांश बजगाईं (३८) ले ६९ बलमा ७६ रनको अविजित साझेदारी गर्दै सहज जित सुनिश्चित गरे। यसअघि बलिङतर्फ शुभमको उत्कृष्ट प्रदर्शनले जापानलाई ३४.३ ओभरमा ८० रनमा समेटियो। उनले १० ओभरमा ३ मेडन राख्दै १५ रन खर्चिएर ५ विकेट लिए। अभय यादवले २ विकेट लिए भने सुशील रावल…

Read More

झापा, १० असार । झापा जिल्लाको कमल गाउँपालिका–१ स्थित कृष्णे खोलाको किनारमा एक बालकको शव फेला परेको छ । आज बिहान करिब ७ः३० बजे अन्दाजी १२ वर्षीय बालकको पहिचान नभएको, शरीरमा कपडा नभएको अवस्थामा शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानपछि मृतकको पहिचान सोही स्थानका स्थानीय मिङमा रेन्जे शेर्पाका छोरा सुसान शेर्पाको रूपमा गरिएको छ । मृतक सुसान शेर्पा असार ८ गते दिउँसो ३ः०० बजेतिर कसैलाई जानकारी नदिई घरबाट निस्केका थिए । परिवार र आफन्तजनले खोजी गर्दा पनि पत्ता नलागेपछि उनका बुबाले असार ९ गते तोपगाछी प्रहरी चौकीमा हुलिया निवेदन दर्ता गराएका थिए…

Read More

झापा, १० असार । मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेटमैदानमा भर्खरै भएको टसमा जापानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ । नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो । त्यस्तै यता जापानले भने भुटानलाई पराजित गरेको थियो । एसियाली क्रिकेट परिषद् ९एसिसी०को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।…

Read More

भद्रपुर, १० असार । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा रु एक अर्ब छ करोड ४३ लाख अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् रु ४७ करोड ४३ लाख ८७ हजारले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार चालु…

Read More

न्यूयोर्क, १० असार । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताउनुभएको हो । प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ । त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन् । राष्ट्रपति ट्रम्पले दुबै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले अन्त्यमा सबैलाई एकताको सन्देश दिँदै भन्नुभएको…

Read More

झापा, १० असार । आज देशैभरका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गर्दैछन् । देशभरका सात सय ५३ स्थानीय तहमध्ये सोमबारसम्म ४० स्थानीय तहले बजेट सार्वजिनक गरिसकेका छन् । बजेट सार्वजनिक गर्न बाँकी रहेका स्थानीय तहले आज सार्वजनिक गदैछन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने प्रावधान छ । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने…

Read More

सन्तोष शर्माभद्रपुर, १० असार । झापाको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रू ८० करोड बढी बजेट सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाको सभा हलमा आयोजित नगर सभाको १६ औं अधिवेशनमा नगर उपप्रमुख राधा कार्कीले रू ८० करोड पाँच लाख २८ हजार बराबरको बजेट सार्वजनिक गर्नुभयो । नगरको वास्तविक आवश्यकतालाई पहिचान गरी बजेट निर्माण गरिएको उपप्रमुख कार्कीले बताउनुभयो । चालू आर्थिक वर्ष २०८१÷ ८२ मा रू १ अर्ब २ करोड २० लाख १९ हजार बजेट रहेकोमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रू २२ करोड १४ लाख ९१ हजार न्यून बजेट सार्वजनिक भएको छ । “विगतका वर्षहरूमा हामीले…

Read More

झापा, १० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाव्दारा आज यहाँ जारी बुलेटिनका अनुसार कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र…

Read More

झापा, ९ असार । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमलस्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ । भन्सार छली भारतबाट नेपालतर्फ ल्याइएको मोबाइल पार्ट्स तथा इलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक शम्शेर बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले ३ लाख ५५ हजार ७०० बराबरको सामान नियन्त्रणमा लिएको हो । टोलीले सो सामग्रीलाई मेची भन्सार कार्यालय काँकरभिट्टा झापामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभएको छ। बरामद सामग्रीमा विभिन्न प्रकारका मोबाइल पार्टपुर्जा तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरू रहेका छन्। यसरी भन्सार चोरी नियन्त्रणमा…

Read More