झापा, १० असार । झापा जिल्लाको कमल गाउँपालिका–१ स्थित कृष्णे खोलाको किनारमा एक बालकको शव फेला परेको छ ।
आज बिहान करिब ७ः३० बजे अन्दाजी १२ वर्षीय बालकको पहिचान नभएको, शरीरमा कपडा नभएको अवस्थामा शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानपछि मृतकको पहिचान सोही स्थानका स्थानीय मिङमा रेन्जे शेर्पाका छोरा सुसान शेर्पाको रूपमा गरिएको छ । मृतक सुसान शेर्पा असार ८ गते दिउँसो ३ः०० बजेतिर कसैलाई जानकारी नदिई घरबाट निस्केका थिए ।
परिवार र आफन्तजनले खोजी गर्दा पनि पत्ता नलागेपछि उनका बुबाले असार ९ गते तोपगाछी प्रहरी चौकीमा हुलिया निवेदन दर्ता गराएका थिए । हाल घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Facebook Comments Box


