jhapaonline add

झापा, २५ बैशाख । झापा, मोरङ र इलाम जिल्लामा रहेका नेपाल जेसीसका १६ शाखाले संयुक्त रूपमा आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा रेडक्रसकर्मी एवम् हल्दीबारी डट कमका प्रधान सम्पादक नेत्रविक्रम बिमलीलाई कदरपत्रद्वारा सम्मान गरिएको छ। झापाको प्रसिद्ध धार्मिक स्थल पाउ पाथिभरा मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा बिमलीलाई परोपकारी कार्यमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै जीवन रक्षाको महान अभियानमा प्रेरणाको स्रोत बनेको भन्दै सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेश सांसद क्षेत्र नम्बर १ ुकु का माननीय गोपाल तामाङ, नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सभापति लोकराज ढकाल, नेपाल जेसिसका २०२५ राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइराला तथा कार्यक्रम संयोजक चाराली…

Read More

झापा, २५ बैशाख । विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ओछ्यानमै थलिएका झापाको मेचीनगर १२ स्थित सहरेडाँगी सरस्वती टोलका प्रेम बर्देवालाई आर्थिक सहयोग गरिएको छ । बिर्तामोड ५ स्थित पाथिभरा टोल सुधार संस्थाको जीवनविज्ञान जीवन योग प्रयोगशालाले प्रथम वार्षिक उत्सवको अवसर पारेर आज बर्देवाको घरमै पुगेर आर्थिक सहयोग गरेको हो। पाथिभरा टोलका जेष्ठ नागरिक अध्यक्ष भवानीप्रसाद चिमरियाले बर्देवाकी श्रीमती सम्झना बर्देवालाई नगद १३ हजार हस्तान्तरण गरेका छन्। पाथिभरा टोलका अध्यक्ष नारायणप्रसाद चिमरियाको नेतृत्वमा गएको टोलीले सहयोग प्रदान गरेको हो। विगत केही वर्षदेखि चिमरियाले आफ्नो वैवाहिक वर्ष गाँठ सहित विभिन्न कार्यक्रममा खाद्यान्न नगद लगायतका सहयोग बर्देवालाई गर्दै आइरहेका छन् ।…

Read More

काठमाडौँ, २५ वैशाख। नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस्तो जानकारी गराएको हो । उनका अनुसार मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा देखिएका छन् । ‘‘कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एकभन्दा कम हुनुपर्छ । यानकी प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्दछ । आर्थिक वर्ष २०८०–०८१ को तथ्याङ्कलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा एकभन्दा कम यानकी ०.९२ प्रतिशत रहेको छ…

Read More

गायक प्रमोद खरेल सुरुवातदेखि लगातार ‘भ्वाइस अफ नेपाल’को कोचको रुपमा देखिए । तर, छैटौं सिजनमा उनी देखिएनन् । त्यतिबेला उनले एक सिजनलाई विश्राम लिएको बताएका थिए । कोचको रुपमा नहुँदा पनि दर्शकले प्रमोदको खोजी गरिरहे । उनको माग भैरह्यो । ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन यसैसाता सकिएको छ र निर्माता ‘किड्स संस्करण’ ल्याउने तयारीमा छन् । मे २० देखि ‘भ्वाइस किड्स’ चौंथो सिजनको ब्लाइन्ड अडिसनको छायांकन सुरु हुने तयारीमा छ । यो बीचमा दर्शकलाई खुसीको खबर छ । ‘भ्वाइस किड्स’मा प्रमोद कोचको रुपमा देखिनेछन् । शो निर्देशक लक्ष्मण पौड्यालले कोचको रुपमा प्रमोदले निरन्तरता दिने बताए । ‘अहिलेसम्म उहाँ कोचमा पक्कापक्की…

Read More

काठमाडौं, २५ वैशाख । राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा गरेका छन्। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै उनले आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने घोषणा समेत गरे । ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ’ उनले भने । घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत…

Read More

शशि पन्थीरुपन्देही, २५ वैशाख । भारत– पाकिस्तानको तनावलाई लिएर रुपन्देही जिल्लाका नेपाल–भारत सीमा क्षेत्रमा दुई देशका संयुक्त सुरक्षा गस्तीहरूलाई बढाइएको छ । सीमा क्षेत्रहरूमा सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही जिल्लाका नेपाल–भारतका सीमा क्षेत्रमा साविक भन्दा बढी मोबाइल गस्ती, चेक पोइन्ट बढाइएको सशस्त्र प्रहरी बल हेक्वा २७ नं गणका एसपी मेखराज जोशीले बताउनुभयो । संयुक्त गस्ती र सुरक्षा गस्ती बढाइएको छ एसपी जोशीले भन्नुभयो, एकल गस्ती, सीमा पैदल गस्ती र शङ्कास्पद बस्तु चेक जांचगर्ने काम भएको छ । हाम्रो टोली पनि बढाउने काम गरेका छौँ । दैनिकी समन्वय गरि बोर्डर मिटिङ गरिरहेको सशस्त्र प्रहरी बल नेपाल २७ नं गणका प्रवक्ता मोहन न्यौपानेले…

Read More

झापा,, २५ वैशाख। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९५५ मा बेचबिखन भइरहेको छ । बुधबार प्रतितोला सुन रु एक लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

Read More

झापा, २५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । धर्मशाला स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पन्जाब १५ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै दिल्ली १३ अङ्कसहित पाँचौं स्थानमा रहेको छ ।

Read More

झापा, २५ वैशाख । विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार इलाम नगरपालिका–९ गोलाखर्क बस्ने ५४ वर्षीया माया बराईली आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी कास्की, पोखरा महानगरपालिका–१४ स्थित छाप्रोभित्र अन्दाजी ३२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् भने सिराहाको कल्याणपुर नगरपालिका–३ स्थित सडक छेउमा सोही नगरपालिका–२ चतरीटोल बस्ने ४५ वर्षीय राम उदगार मुखिया पनि मृत अवस्थामा फेला परेका छन् । यसैगरी रौतहटको माधवनारायण नगरपालिका–१ स्थित सडक पेटीमा राजपुर नगरपालिका–४ फतुवा बस्ने ४० वर्षीय रामराज महतो, कपिलवस्तुको महाराजगंज नगरपालिका–१० हर्दौनास्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बचन लोनिया…

Read More

झापा, २५ वैशाख । झापा, मोरङ, सुनसरी, भोजपुर र धनकुटाको विभिन्न स्थानबाट प्रतिवन्धित औषधी र ब्राउन सुगरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २४ गते सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितमा लागू औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलीले ३० वर्षीय मिलन लिम्बुलाई प्रतिवन्धित औषधी Tramadol-३ हजार ९० क्याप्सुल, Dicyclomine-३ हजार ७० ट्याब्लेट रDIAZEPAM-३० एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङ बिराटनगर–१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी–४ का १९ वर्षीय हेमराज बिश्वकर्मा, १८ वर्षीय सुदिप बिश्वकर्मा र सुनसरी इटहरी –४ का १९ वर्षीय एलेक्स सुबेदीलाई…

Read More