
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर नगरपालिकाको निःशुल्क प्लास्टिक सर्जरी हुने सूचना !
झापा, १० साउन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४१० निर्धारण भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३५० निर्धारण भएको थियो । गत बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० र चाँदी चार…
अर्जुनधारा, १० साउन । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् । मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक यहाँ पक्राउ परेका छन् । शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खानलाई शङ्का लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो ।
झापा, १० साउन । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएपछि कोसी प्रदेशको सत्ता समीकरण पनि परिवर्तन हुने भएको छ। नयाँ सहमतिसँगै हाल सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिने निश्चित देखिएको छ। हाल कोसी प्रदेशमा एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा कांग्रेस–एमाले गठबन्धन सरकार छ। एमाले र नेकपाबीच भएको सहमतिअनुसार कोसी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्नेछ। यद्यपि सत्ता समीकरण परिवर्तनसँगै मुख्यमन्त्री कार्कीको स्थानमा एमालेकै नेता तथा कोसी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन सकारात्मक रहेको चर्चा सार्वजनिक…
झापा, १० साउन । अविरल वर्षासँगै आएको पहिरो, सडक कटान र सम्भावित बाढीका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड आज पनि प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै १० वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ। प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा लामो समयदेखि रातिको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। यसैगरी इलामको मेची राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामाबगर–रामेछाप सडक, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, मुस्ताङको जोमसोम–कोरला…
कपिलवस्तु, १० साउन । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे.१ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा सात सदस्यीय टोली घटनास्थल पुगेको थियो। घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइए पनि उपचारकै क्रममा आइतबार राति १ः५० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार मृतक…
झापा, १० साउन । राजनीतिक स्थिरता, सुशासन, समृद्धि तथा प्रादेशिक विकासलाई गति दिने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति भएको छ। सहमतिअनुसार दुवै दलले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। सरकारको नेतृत्व कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले लिने सहमति भएको छ। मधेस र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। तीनबुँदे सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक…
भद्रपुर, १० साउन । झापामा एक वर्षमा ६०१ जनामा डेङ्गु सङ्क्रमण भएको छ । आर्थिक वर्ष २०८२/०८३ को एक वर्षको अवधिमा ६०१ जनामा डेंगु संक्रमण देखिएको हो । डेङ्गु सङ्क्रमणको दर पछिल्लो समय उल्लेख्य रूपमा घटेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर दुई हजार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएका थिए । स्वास्थ्य कार्यालयका प्रमुख व्रिजकुमार दासका अनुसार डेङ्गु सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा प्रजनन गर्ने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका १५ वटै स्थानीय तहमा प्रत्येक वर्ष ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिँदै आएको छ। उहाँका अनुसार स्थानीय तहसँगको समन्वयमा…
झापा, १० साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ ।…
झापा, ९ साउन । झापाको मेचीनगर नगरपालिका–६ पिङ्की ठ्याक क्षेत्रमा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । आज दिउँसो करिब २ः०० बजे लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका झापा अर्जुनधारा नगरपालिका–११ शिवालय निवासी २१ वर्षीय विवेक जबेगुलाई पक्राउ गरेको हो। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक विवेक कटुवाल तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठको कमाण्डमा खटिएको टोलीले शङ्काका आधारमा शरीर तलासी लिने क्रममा प्लास्टिकसहित ७ ग्राम ५९० मिलिग्राम तथा प्लास्टिकबाहेक ६ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो…