jhapaonline add

बिर्तामोड, ३ चैत । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ क्लबले आयोजना गरेको तीन दिने कार्यक्रम १८५ किलोमिटर साइकल यात्रापछि सम्पन्न भएको हो । कार्यक्रम फागुन ३०, चैत १ र २ गते भएको थियो । क्लबका अध्यक्ष आकाश श्रेष्ठका अनुसार राइडरहरुले झापाका विभिन्न १२ वटा पालिकाहरुको यात्रा गरेका थिए । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबरी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइएको क्लबका सचिव हिमाल खरेलले जानकारी दिए । पहिलो दिन ६० किलोमिटरको यात्रा भएको थियो । पर्यटन कार्यालय काँकरभिट्टाबाट…

Read More

झापा, ३ चैत । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो । नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ । विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा…

Read More

झापा, ३ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययन थालेको हो । अध्ययनका क्रममा धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादनलागत आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ । विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिनुभयो । स्थलगत अध्ययन प्रक्रियाले किसानद्वारा उत्पादित धानको सही मूल्य सुनिश्चित गर्न सहयोग गर्ने उहाँलेविश्वास व्यक्त गर्नुभयो…

Read More

झापा, ३ चैत । वैदेशिक रोजगार सम्बन्धी कसुरमा झापाबाट पक्राउ परेका एक व्यक्तिलाई वैदेशिक रोजगार बिभाग ताहाचल काठमाडौंमा बुझाइएको छ । मेचीनगर नगरपालिका–६ का ३२ बर्षीय सौभाग्य थापालाई नियन्त्रणमा लिएर वैदेशिक रोजगार बिभागमा बुझाइएको हो । विभागमा बुझाउने पत्र प्राप्त अनुसार उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा खटिएको प्रहरी टोलीले गत चैत १ गते पक्राउ गरेको थियो । पक्राउ गरी चैत २ गते बिहान ८ः३० बजेको समयमा भद्रपुरबाट बुद्ध एयरको जहाजद्धारा वैदेशिक रोजगार बिभाग ताहाचल काठमाडौं लगेर बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

झापा, ३ चैत । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना…

Read More

झापा, २ चैत । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको फेला पारेको हो । अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगले १४।२ केजीका ६ हजार ३ सय ७७ वटा सिलिन्डर डिपोमा थुपारेर राखेको तर बजारमा पठाउन आनाकानी गरेको पाएपछि विभागले अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई ३ लाख रुपैयाँ तत्काल जरिबाना गरेको छ । विभागले जरिबाना मात्र नगरी मौज्दात…

Read More

शिवसताक्षी, २ चैत । झापाको शिवसताक्षी नगरपालिकाले नगरभित्रका सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले विभिन्न वडामा सडक निर्माण तथा कालोपत्रे गर्ने काम धमाधम अघि बढाएको हो । नगरपालिकाका अनुसार दुधे–शिवगञ्ज सडक अन्तर्गत थप ६ सय मिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ। त्यस्तै नगरको गौरवको आयोजनाका रूपमा अघि बढाइएको रिङ्गरोड परियोजना अन्तर्गत वडा नं. ४ मा ७३५ मिटर र वडा नं. १० मा १ किलोमिटर सडक निर्माणको काम जारी रहेको छ। वडा गौरवका योजनाअन्तर्गत विभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ। जसअनुसार वडा नं. १० को ट्याक्रामा ३०० मिटर,…

Read More

बिर्तामोड, २ चैत । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि चैत १ गते सञ्चालन इजाजतपत्र प्राप्त गरेको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०६९–०२६७८ रहेको छ । संस्था प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीमा दर्ता रहेको छ । साविकको डिभिजन सहकारी कार्यालय भद्रपुर झापामा दर्ता भएको सहकारी संस्थाको झापा जिल्लाको बिर्तामोड, अर्जुनधारा, कनकाई,…

Read More

बिर्तामोड, २ फागुन । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको अध्यक्षमा एकराज प्रधान सर्वसम्मत निर्वाचित भएका छन् । संघको प्रथम झापा जिल्ला अधिवेशनबाट प्रधानको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । झापाको बिर्तामोडमा आज (सोमबार) सम्पन्न संघको प्रथम अधिवेशनले प्रधानको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिता तामाङ, सचिवमा सुरज प्रधान, सह–सचिवमा अभिषेक धमला र कोषाध्यक्षमा अस्मिता साँखी चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा भरत प्रसाई, रवि किरण बान्तवा, सरोज भट्टराई, टिकाराम बास्तोला, देवीचन्द्र बास्कोटा, राजेश आचार्य, सोफिया खड्का, सन्देश सहनी, वीरेन्द्र तिवारी, सबिना लिम्बु, बिजयराज भट्टराई र सपना रिमाल रहेका…

Read More

झापा, २ फागुन । चालु आर्थिक वर्ष ०८२–०८३ को पहिलो ८ महिनामा देशको पूर्वी नाका काँकडभिट्टा हुँदै तेस्रो मुलुकबाट ६ हजार ७९१ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आ।व। को साउनदेखि फागुनसम्ममा काँकडभिट्टा नाकाबाट अमेरिका, बेलायत, भूटान लगायतका मुलुकका पर्यटक नेपाल भित्रिएका हुन् । कार्यालयका अनुसार साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा १ हजार ८५०, माघमा १एक हजार ३९५ र फागुनमा १ हजार पाँच जना पर्यटक नेपाल भित्रिएका हुन् । सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका ३ हजार १३३ जना नेपाली सोही नाका भएर नेपाल फर्किएको समेत…

Read More