
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, ३० मंसिर । लेखनाथ पुस्तकालय चन्द्रगढीको ३८ औं साधारण सभाले कवि कृष्ण सुवेदी निराकारको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । झापा सदरमुकाम चन्द्रगढीमा वि सं २०३७ साल स्थापना भइ निरन्तर सञ्चालनमा रहेको पुस्तकालयको दुई वर्षे कार्यकालका लागि निराकार नेतृत्वमा सर्वसम्मत समिति गठन भएको हो । समितिको उपसभापतिमा खगेन्द्रा खुसी, सचिव हरिकिशोर आचार्य, सहसचिव उषा गुरूङ र कोषाध्यक्षमा गोविन्द कोइराला सर्वसम्मत चयन भएका हुन् । यसैगरी सदस्यहरूमा क्रमशः निर्मला बास्तोला दंगाल र जनार्दन उप्रेती निर्वाचित भएका छन् भने बाँकी ४ जना सदस्य समितिले मनोनयन गर्ने छ । पुस्तकालयका कार्यवाहक सभापति हरिप्रसाद न्यौपानेको सभापतित्व तथा प्राध्यापक डाक्टर गंगाप्रसाद…
झापा, ३० मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ रूपैयाँका दरले मूल्य घटाएको जनाएको छ। घटाइएको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निमगले जनाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रूपैयाँ पर्छ ।
ताप्लेजुङ, ३० मंसिर । ताप्लेजुङको तेल्लोकमा सम्पन्न तेस्रो सिरीजङ्गा गोल्ड कपको उपाधि इलाम सन्दकपुरको देउराली स्पोटिङ कल्बले उपाधि हात पारेको छ । आज तेल्लोक माविको खेल मैदानमा भएको खेलमा ज्यू स्टार झापालाई दुई शून्य गोल अन्तरले पारजित गर्दै देउराली स्पोटिङ कल्बले तेस्रो संस्करणको सिरिजङ्गा गोलको नयाँ विजेता टोली बनेको हो । देउराली सुटिङको जीतमा एक गोल उपहार पाएको थियो । पहिलो हाफको २४औँ मिनेटमा अविसेक लिम्बूले आत्मघाती गोल गर्दै देउराली स्पोटिङ इलामले सुरुवाती अग्रता लिएको थिए । पहिलो हाफमा एक गोल गरेको इलामले दोस्रो हाफमासमेत एक गोल गरेको थियो । इलामका लागि दोस्रो हाफको २२औँ मिनेटमा विकेश लिम्बूले गोल गर्दै…
झापा, ३० मंसिर । प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भइसकेको छ । विषयगत समिति सभापति चयनको पनि चार महिना भइसकेको छ । तर सङ्घीय संसद्को संयुक्त समिति सभापति चयन अझै हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर समिति सञ्चालनमै परेको छ । जसको पछिल्लो उदाहरण हो– शुक्रबार सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ । शुक्रबार करिब चार घण्टाको बैठकमा चार पटक नै सभापति परिवर्तन भए । ज्येष्ठ सदस्यको रोलक्रम अनुसार चार पटक अध्यक्ष फेरिए । स्थायी सभापति चयन नहुँदा संसदीय सुनुवाइमा लगातार यो अभ्यास हुँदै आएको छ । सुनुवाइ समिति सभापति नेपाली कांग्रेसले पाउने गरी भागबन्डा टुङ्गिए पनि चयन भएको छैन…
झापा, ३० मंसिर । चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन् । चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन् । तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानीसमेत जम्न थालेको छ । चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ । हिमाली जिल्ला मनाङमा रातिको तापक्रम माइनस १७ डिग्रीसम्म ओर्लेको छ । मनाङ सदरमुकाम चामेसमेत यतिबेला सुनसान बन्दै गएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार अहिले सदरमुकाम चामेको तापक्रम रातिको समयमा माइनस १७ डिग्रीमा झर्ने गरेको छ । दिउँसोमा भने तापक्रम शून्यमा भरेको छ । ुचिसो अधिक बढेको छ ।…
झापा, २९ मंसिर । अध्यागमनका कर्मचारीहरूसँग सेटिङ मिलाई भिजिट भिसामा युवायुवतीलाई विदेश पठाउने गिरोहका दुई जना पक्राउ परेका छन्। काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौं वौद्ध बस्ने निमा छिरीङ ट्राभल्सका कर्मचारी ३७ वर्षीय मनोज तामाङ (लामा) र रामेछापको दोरम्भा गाउँपालिका–७ घर भई हाल गोकर्णेश्वर बस्ने निमा छिरीङ ट्राभल्सका सञ्चालक ३३ वर्षीय पदम लामा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो। भिजिट भिसामा विदेश जान लागेका युवा युवतीहरुलाई नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुसँग सेटिङ मिलाई विदेश पठाउने गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
इलाम, २९ मंसिर । इलामका गुरुङ समुदायले तमु ल्होसार यस पटक इलाम बजारमा मनाउने भएका छन् । उनीहरूले पुस १५ गते पर्ने आफ्नो सांस्कृतिक पर्वको अवसरमा पुस १३, १४ र १५ गते विशेष कार्यक्रम आयोजना गरिएको जनाएका छन् । इलाममा पत्रकार सम्मेलन आयोजना गरी ल्होसा पर्व मूल आयोजक समितिले त्यस अवसरमा आयोजना गरिने विविध कार्यक्रमबारे जानकारी दिएको हो । आयोजक समितिका प्रचार संयोजक मानबहादुर गुरुङका अनुसार पुस १५ मा हि–ल्हो (बिरालो वर्ष) को बिदाइ र मुप्ही ल्हो (गिद्ध वर्ष)को स्वागतमा ल्होसार मनाइँदैछ । ल्होसार पर्व प्रायः घर–घरमै मनाउने गरिएपनि यो वर्ष जिल्लाभरको गुरुङ समुदाय एकत्रित भएर इलाम सदरमुकाममा मनाउने तयारी…
बिर्तामोड, २९ मंसिर । लेखक तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोड ः उद्भव र विकास’ बारे शुक्रबार परिचर्चा कार्यक्रम गरिएको छ । कार्यक्रम वीरता रिडर्सको आयोजनामा बिर्तामोडमा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् साहित्यकार लीला उदासीले ‘बिर्तामोड’ पुस्तक बिर्तामोडबासी मात्र नभएर यस क्षेत्रसँग सरोकार राख्ने सबैको सार्वजनिक सम्पत्ति भएको बताए । उनले यस पुस्तकलाई मिलेसम्म बिर्तामोड नगरपालिकाभित्र पाठ्यक्रममै समावेश गर्न जोड दिएका छन् । ‘बिर्तामोडमा बस्नेले कम्तीमा बिर्तामोडलाई बुझ्न जरुरी छ’, उनले भने, ‘त्यसका लागि यो पुस्तक पढ्न र संग्रहित गर्न आवश्यक छ ।’ कार्यक्रममा वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले पुस्तकमा रहेका विषयवस्तु र कमी कमजोरीलाई प्रस्ट पारेका…
अर्जुनधारा, २९ मंसिर । कालिकापीठ कालीस्थानको १९ औं बार्षिक अनुष्ठानको अवसर पारेर विश्व शान्तिको कामनासहित श्रीमद् ब्रह्म महापुराण एवं धनधान्याचल महायज्ञ आयोजना गरिने भएको छ । कालिकापीठ ब्यवस्थापन समितिका अध्यक्ष ज्योतिषाचार्य पं। लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले ब्रह्म महापुराण, धनधान्याचल महायज्ञ आयोजना गर्ने निर्णय गरेको हो । पुराणमा कालिका संस्कृत विद्यापीठका प्राचार्य एवं महर्षि वैदिक फाउण्डेशनका ध्यान शिक्षक वैदिक धर्मग्रन्थका ब्याख्याता विद्वद्वर आ रघुनाथ रिजालको कथा प्रवचन रहनेछ । पुस ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । बैठकले उपाध्यक्ष डिल्लीराम दाहालको संयोजकत्वमा गान्धारी मिश्र, विन्दु मिश्र, रेनु बस्नेत, रुपनारायण भण्डारी, देवीमाया पोखरेल,…
झापा, २९ मंसिर । झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका–७ पशुहाट स्थितमा को १ ह ९७४५ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अटो चालक जिल्ला झापा दमक नगरपालिका–१ का ३५ वर्षीय प्रकाश श्रेष्ठ, अटोमा सवार २३ वर्षीय अर्जुन लिम्बू र निजकै श्रीमती २७ वर्षीया मनिसा लिम्बू समेतलाई खानतलाशी गरी अटोको डिक्कीमा चेकजाँच गर्दा ५१ ग्राम ब्राउनसुगर सहित उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । त्यसैगरी, उदयपुरको उदयपुरगढी गाउँपालिका–७ हाडेबास स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा रौतामाई गाउँपालिका–४ मालवासेका…