
झापा, २९ मंसिर । अध्यागमनका कर्मचारीहरूसँग सेटिङ मिलाई भिजिट भिसामा युवायुवतीलाई विदेश पठाउने गिरोहका दुई जना पक्राउ परेका छन्।
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौं वौद्ध बस्ने निमा छिरीङ ट्राभल्सका कर्मचारी ३७ वर्षीय मनोज तामाङ (लामा) र रामेछापको दोरम्भा गाउँपालिका–७ घर भई हाल गोकर्णेश्वर बस्ने निमा छिरीङ ट्राभल्सका सञ्चालक ३३ वर्षीय पदम लामा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो। भिजिट भिसामा विदेश जान लागेका युवा युवतीहरुलाई नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुसँग सेटिङ मिलाई विदेश पठाउने गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
Facebook Comments Box


