
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १५ जेठ । आज विविध कार्यक्रमका साथ १८ औं गणतन्त्र दिवस मनाइँदैछ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको आज १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो। गणतन्त्र दिवस…
झापा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । आज दिउँसो ३ बजे बस्ने संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दैछन् । नेपालको संविधानको धारा ११९ मा प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । यस वर्ष सरकारले झण्डै २० खर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ। त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त…
बिर्तामोड, १५ जेठ । बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले करका विषयमा खबरदारी गर्न आग्रह गर्नु भएको छ । नगरपालिकाले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफुले तिरेको कर सदुपयोग भएको छ कि छैन भन्ने विषयमा नागरिकले खबरदारी गर्नु पर्ने बताउनु भएको हो । कार्यक्रममा बोल्दै नगर उप प्रमुख संग्रौलाले समयमा कर तिर्न सबैलाई आग्रहसमेत गर्नुभयो । यसैगरी नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सागर मिश्रले करले समग्र नगरको विकासमा योगदान पुर्याएको धारणा राख्नु भयो । नगरपालिकालाई आगामी दिनमा अझै सवल र सक्षम बनाएर लैजाने प्रतिवद्दता व्यक्त गर्दै उहाँले नागरिकबाट उठेको कर के कस्ता कार्यमा खर्च…
झापा, १५ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी…
झापा, १४ जेठ । कास्की केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११ः५६ बजे कास्कीको फुलिबाङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । यत्तिको भूकम्पले खासै क्षति गर्ने सम्भावना नहुने भूकम्पविद् बताउँछन् । यसअघि जेठ ९ गते मात्र बैतडीको सदरमुकाम खलङ्गा केन्द्रबिन्दु ५।१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि यही जेठ ६ गते पनि कास्कीकै सिनुवा आसपास केन्द्र भएर ४।७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
झापा, १४ जेठ । आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन तोलामा एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल दुई हजार पाँच निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भद्रपुर, १४ जेठ । झापाको भद्रपुर नगरपालिका–२ स्थित धार्मिक तथा पर्यटकीयस्थल किचकबधमा आज बिहान सरसफाई गरिएको छ । गणतन्त्र दिवस–२०८२ को अवसरमा जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालय झापाको आयोजना तथा भद्रपुर नगरपालिकाको सहयोगमा सरसफाइ कार्यक्रम गरिएको हो । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले सरसफाई कार्यक्रम शुरु भएको जनाएसँगै सरसफाई गर्न थालिएको थियो । किचकबध धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको संरक्षण र सम्बद्र्धन सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । “पुरातात्विक महत्वको यो थलोमा २२ वर्ष पुरानो संरचना फेला परेको छ”, उहाँले भन्नुभयो, “यसको विकासमा लाग्नु हामी सबैको दायित्व, नगरपालिकाले पनि यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।”…
झापा, १४ जेठ । बेलायतमा १० हजार फिट माथिबाट खसेर एक महिलाको मृत्यु भएको छ । आइतबार ३२ वर्षीय जेड डेमेरलको ‘स्काइ डाइभिङ’ का क्रममा १० हजार फिट माथिबाट जमिनमा बजारिएर मृत्यु भएको हो । उनी अनुभवी ‘स्काइ डाइभर’ थिइन् । उनले ४०० पटकभन्दा बढी हामफालिसकेको बताइएको छ । मृत्यु हुनुभन्दा अघिल्लो रातमात्र प्रेमीसँग उनको ‘ब्रेकअप’ भएको थियो । एक रात अघि जेडका प्रेमी बेन गुडफेलोले उनीसँगको सम्बन्ध तोडेको बताइएको छ । जेडका एक साथीका अनुसार दुवै सँगै बस्थे । उनीहरू स्काइ डाइभिङ पनि सँगै गर्थे । यद्यपि, सो घटनाको दिन उनका प्रेमी बेन कामको सिलसिलामा अन्तै गएको र जेड…
झापा, १४ जेठ । झापा र इलामबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १३ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाइकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका–५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका–९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको हो । त्यस्तै, प्रहरी चौकी बाघखोरले दमक नगरपालिका–३ का २९ वर्षीय किरण राई र भारत बिहारका ३६ बर्षीय मनिश कुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी, इलामको चुलाचुली…
सन्तोष शर्माझापा, १४ जेठ । इलामको रोङ गाउँपालिका यति बेला चर्चामा छ । कृषि क्षेत्रमा गरिएका कामका कारण रोङ यतिबेला चर्चामा रहेको हो । कृषिलाई समृद्धिको सारथिको रुपमा लिएर गाउँपालिका तीन खम्बे कृषि नीतिका साथ अघि बढेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) बताउनुहुन्छ । कृषि नीतिमा उत्पादन, प्रशोधन र बजारीकरणलाई राखिएको उहाँले बताउनुभयो । “अहिले उपभोक्ता ब्राण्डका पछि दौडिरहेका छन्”, उहाँले भन्नुभयो, “हामीले हाम्रा उत्पादनलाई ब्राण्डिङ गर्न जरुरी छ ।” रोङ गाउँपालिकामा उत्पादित कृषिजन्य उत्पादनलाई ‘रोङ’ नामले ब्राण्डिङ थालिएको अध्यक्ष स्याङ्वोले बताउनुभयो । गाउँपालिकाले अहिले कृषकले उत्पादन गरेको उत्पादनलाई प्रशोधन गरेर बजारीकरण गरिरहेको छ । चिया, गुन्द्रुक, करेला, बेसार, सिस्नो,…