झापा, १४ जेठ । कास्की केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११ः५६ बजे कास्कीको फुलिबाङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । यत्तिको भूकम्पले खासै क्षति गर्ने सम्भावना नहुने भूकम्पविद् बताउँछन् ।

यसअघि जेठ ९ गते मात्र बैतडीको सदरमुकाम खलङ्गा केन्द्रबिन्दु ५।१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि यही जेठ ६ गते पनि कास्कीकै सिनुवा आसपास केन्द्र भएर ४।७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Facebook Comments Box



